मास्क अनिवार्य लगाए लकडाउन हुँदैनः सीसीएमसी प्रवक्ता
nepalnews.com · Mon Aug 03 01:29:54 UTC 2020
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताए। उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताएका छन् ।
सबैले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)