यी हुन् कलाक्षेत्रमा राष्ट्रपति भण्डारीबाट विभूषण पाउनेहरू
nepallive.com · Sun Sep 19 06:30:00 GMT 2021
काठमाडौं– संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवीबाट यस वर्ष कला क्षेत्रका पनि विभिन्न व्यक्ति सम्मानित हुने भएका छन्। वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ कलाबार गौरी मल्ललाई सुप्रबल जनसेवाश्रीबाट सम्मानित गरिएको छ। त्यस्तै, संगीतकार शम्भुजित बास्कोटालाई कीर्तिमानि राष्ट्रदीपबाट विभूषित गरिएको छ।
सरकारले लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, रमेश बुढाथोकी, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, दीपाश्री निरौलालगायतलाई प्रबल जनसेवाश्री चतुर्थबाट सम्मान गरिएको छ। त्यस्तै, सोही पदकबाट लोक गायक चन्द्रप्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान र संगीतकार कस्तुप पन्तलाई पनि विभूषित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)