नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न
kendrabindu.com · Mon Mar 09 13:42:18 GMT 2026

काठमाडाैं । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिकाको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ भव्यताका साथ सम्पन्न भएको छ।
बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन्। ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सप्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भइन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार पाएकी छन्। त्यसै गरी सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन्। उनले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)