पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु
hamrakura.com · Sat May 28 00:00:00 GMT 2022
काठमाडौं । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ । उनीहरूले शनिबार दिएको जानकारी अनुसार बिहीबार रातीदेखि अत्यधिक वर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)