निरस बन्यो असार पन्ध्र !
merolifestyle.com · Tue Jun 29 07:48:59 GMT 2021
हिलाम्मे खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे–१५ पर्व महोत्तरीवासीका लागि यसपालि निरस भएको छ । कोभिड–१९ महाव्याधि सन्त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो ।
बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसान बताउँछन् । ‘महाव्याधिको चपेटा थियो, समयमा बीउ नपाएर ढिलो भयो, अहिले पानी छैन, रोपाइँका लागि जन (मजदुर) पनि चाहिएका बेला पाइँदैनन्’, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामचन्द्र थापा मगर भन्छन्, ‘पर्व मनाउने कुरा त उही घरमा बसेर आँप, चिउरा खानुमै रहने भयो ।’ पछिल्लोपटक असार–१५ उत्सवमय मनाउने पर्वते परम्पराको यो पर्व यसपालि निरस बनेको थापाको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)