विदेशबाट फर्केर सामूहिक माछापालन
newspolar.com · Mon Dec 11 06:58:48 GMT 2023
गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।
पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लाग्नुभएको हो । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उहाँहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पाल्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)