जलवायु न्यायलाई बिर्सन हुँदैन: महासचिव गुटेरेस
newspolar.com · Mon Dec 11 10:03:58 GMT 2023
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताउनुभएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ सकिन २ दिन मात्र बाँकी हुँदा सोमवार सम्मेलन स्थलमा पत्रकार सम्मेलन गर्दे उहाँले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताउनुभएको हो । सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समिक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)