चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन
Ujyaaloonline.com · Wed Apr 17 00:24:33 UTC 2024

काठमाण्डौ – पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उहाँको हिजो निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो । कास्कीको रुपा गाउँपालिका ५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)