
मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०८३ साल अर्थात् ईस्वीय सन् २०२६ - २०२७ र नेपाल संवत ११४६ - ११४७। यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
बडा दशैं २०८३
असोज: २५ गते घटस्थापना
असोज: ३१ गते फूलपाती
कात्तिक: १ गते महाष्टमी/कालरात्रि
कात्तिक: ३ गते महानवमी
कात्तिक: ४ गते विजयादशमी
कात्तिक: ५ गते पापांकुशा एकादशी व्रत
कात्तिक: ८ गते कोजाग्रत व्रत
तिहार २०८३
कात्तिक: २० गते धनतेरस
कात्तिक: २१ गते काग तिहार
कात्तिक: २२ गते कुकुर तिहार / लक्ष्मीपूजा
कात्तिक: २३ गते गाईपूजा
कात्तिक: २४ गोबर्द्धन, म्ह पूजा
कात्तिक: २५ गते भाइटीका (किजापूजा)