

पिँजडा सरि भो,
बाध्यता भो परदेश,2
खै कसरी उम्किने हो?
बिरानो भो घरदेश,2
पिँजडा सरि भो,,,,
यस्तो लाग्छ सास फेर्न,,
पैसै तिर्नु पर्ने हो कि?
यै पैसाको लागि कहाँ
कहाँ गिर्नु पर्ने हो कि?
भए साथमा आफ्ना पनि,
आफन्त जस्तो मात्र हुने,
पैसै तिर्नु पर्ने हो कि?
मलामी नि मर्दा रुने,
देखेर नदेखे झै गर्ने,
दृस्ठिबिहिन छन कोहि यहाँ,
सुनेर नसुनेझै गर्ने
बहिरो छन कोहि यहाँ,
आफ्नै मात्र संसार ठूलो,
आफ्नै मात्र लाग्छ दुख,
कहाँ होला मनको शान्ती,
खोजे जस्तो मिल्ने सुख,
-समन खड्का