

के नै सुध्रिएला र तिम्रो घरबार सम्बन्ध बिच्छेद पछि "
कसले सुम्पिएला तिमिलाइ प्यार सम्बन्ध बिच्छेद पछि "
तिमिले सम्पुर्ण कागजात प्रमाण जुटाउदा जुटाउदै पनि
न्यायाधीशले खोज्छ जिउने आधार सम्बन्ध बिच्छेद पछि "
एक्लै जिउन चाहन्छेउ " एक्लै जिएर देखाउ शुभकामना
एकल महिलालाई कसले गर्ला स्याहार सम्बन्ध बिच्छेद पछि
एक सरो लुगा" अनि एक मुठि अन्न ले जल्दैन तिम्रो चुल्हो
पापि पेटका निमित्त के गर्छेउ ब्यापार सम्बन्ध बिच्छेद पछि
फलोस् " फुलोस् तिम्रो जिबन अग्रीम शुभकामना तिमिलाई
अब त त्याग्छौ होला घमण्ड र अहंकार सम्बन्ध बिच्छेद पछि !
-सम्योग शर्मा