सिरिसिरी हावा दिने पिपलुको छाया
जहाँ गयपनि मलाई चौवाहकै माया
भात मिठो मसिनाको सबले बिस्वास मान
माथिबाट तल हेर्दा फाटभरी धान
पिउपिउ लाग्छ मलाई कुडुलेको पानी
कहिले सुख कहिले दुख यहि हो जिन्दगानी
तोरी फुल्दा बारीभरि सुनको बिहान हुन्छ
चौवाजस्तो स्वर्ग भन अन्त कहाँ कुन छ ?
सिरिसिरी हावा दिने पिपलुको छाँया
जहाँ गयपनी मलाइ चौवाह कै माया ।।