
अझै उसको मायाको भोको छ रे भन्देउ है
हर रात उस्लाइ सम्झि रोकोछ रे भन्देउ है
धेरै कोसिस गरे तर भुल्न सकिन उस्लाइ
याद आउदा उस्कै तस्बिर छोकोछ रे भन्देउ है
साचो माया गर्थे तर छाडिगयौ मलाइ
म नअट्ने त्यो मन भित्र कोको छ रे भन्देउ है
आशा त सबै मरिसक्यो तिमिलाइ आफ्नो बनाउने तर
अन्तिम उस्लाइ भेट्ने धोको छ रे भन्देउ है