
छट्पटीमा बित्छ दिन, बेचैनीमा रात,
म कहिले ढुक्कले निदाएकी छु र ?
आँखा चिम्लिए पनि मन जागै रहन्छ,
सम्झनाले हरेक पल छाती पोलिरहन्छ।
दिनभरि मुस्कानको नाटक गर्छु,
मनभित्र आँधी चलिरहेको हुन्छ।
भीडको बीचमा पनि एक्लै हुन्छु,
आफ्नै पीडासँग लडिरहेको हुन्छु।
रात पर्दा झन् भारी हुन्छ मन,
निद्राले पनि साथ छोडिदिन्छ।
तकियामा झरेका आँसुहरूलाई
चुपचाप अँध्यारोले नै बुझिदिन्छ।
म कहिले ढुक्कले निदाएकी छु र ?
छट्पटीमा बित्छ दिन, बेचैनीमा रात।
मनका घाउहरू बोल्न नपाए पनि,
आँसुहरूले लेखिरहन्छन् मेरो हरेक बात।
-भावना मञ्जु