
विक्रम संवत २०८३ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४७ ईस्वीय सन् २०२६ -२०२७ र नेपाल संवत ११४६ -११४७ । नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८३ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ । हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि प्रस्तुत छः विदाहरूको संक्षिप्त जानकारी ।
१) नयाँ वर्ष - बैसाख १ गते सोमबार ।
२ ) विश्व मजदुर दिवस - बैशाख १८ गते शुक्रवार ।
३ ) चण्डी पूर्णिमा (बैसाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभैाली पर्व - बैसाख १८ गते शुक्रवार ।
४) गणतन्त्र दिवस - जेठ १५ गते शुक्रवार।
५ ) रक्षाबन्धन - भदौ १२ गते शुक्रवार।
६ ) गाईजात्रा - भदौ १३ गते शनिबार (देशभरका नेवार समुदाय र काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
७) श्रीकृष्ण जन्माष्टमी - भदौ १९ गते शुक्रवार।
८) हरितालिका (तीज) व्रत - भदौ २९ गते सोमबार।
९) गैारा पर्व - भदौ १९ गते शुक्रवार ।
१०) इन्द्रजात्रा - असोज ०९ गते शुक्रवार।
११) जितिया पर्व - असोज १८ गते आइतबार (जितिया पर्व मनाउने महिला कर्मचारीको लागि) ।
१२) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते शनिबार ।
१३) घटस्थापना - असोज २५ गते आइतबार।
१४ ) दशैं बिदा (असोज ३१ गते शनिवारदेखि कार्तिक ०६ गते शुक्रवारसम्म (फूलपातीदेखी द्वादशीसम्म) ।
१५) तिहार बिदा (कार्तिक २२ गते आइतवारदेखि कार्तिक २६ गते बिहिवारसम्म (लक्ष्मीपूजा देखि भाइटिकाको भोलिपल्टसम्म )।
१६) छठ पर्व - कार्तिक २९ गते आइतवार ।
१७) अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) - मङ्सिर १७ गते बिहीबार । (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीको लागि मात्र)।
१८) धान्य पूर्णिमा - किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि,ज्यापु दिवस - पुस गते बिहीबार।
१९) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ ) - पुस १० गते शुक्रवार ।
२०) तमू ल्होसार - पुस १५ गते बुधबार |
२१) पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) - पुस २७ गते सोमबार।
२२) माघी पर्व/माघे सङ्क्रान्ति - माघ १ गते शुक्रवार।
२३) सोनम ल्होसार - माघ २४ गते आइतबार ।
२४) वसन्त पंचमी - माघ २८ गते बिहीबार।
२५) सहिद दिवस - माघ १६ गते शनिबार ।
२६) महाशिवरात्री - फागुन २२ गते शनिबार ।
२७) ग्याल्पो ल्होसार - फागुन २५ गते मंगलवार ।
२८) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते शुक्रवार ।
२९) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) - फागुन २४ गते सोमबार ।
३०) फाल्गुनन्द जयन्ती - कार्तिक २५ गते बुधवार (किराँत धर्मावलम्बीहरूको लागि मात्र)।
३१ ) फागु पूर्णिमा - हिमाली र पहाडी जिल्ला लगायत ५६ जिल्लाहरूमा चैत्र ७ गते आइतवार र तराईका देहायका जिल्लामा फागुन ८ गते सोमबार ।
३२ ) घोडेजात्रा - चैत्र २३ गते मंगलवार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३३ ) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।
३४ ) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।
३५ ) सिरुवा पावनिको दिन - (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा) ।
३६ ) मोहम्मद जयन्तीका दिन - (नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र) ।
३७ ) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३८ ) गुरु नानक जयन्ती (नेपाली सिख धर्मावलम्बीहरूको लागि मात्र )।
२०८३ साल शुभ रहोस् ।