संविद ढकाल · Oct ३१, २०२२
प्रस्तुत पायल पढ्न जान्छे एउटा किशोर उपन्यास हो । यसलाई अन्विका गिरीले लेख्नुभएको हो। याे पुस्तक साङ्ग्रिला पुस्तक प्रा.लिद्वारा प्रकाशन भएको हो। उपन्यासको चित्राङ्कन डुडल आर्ट्स् नेपाः प्रा.लिबाट भएको छ । यस बालउपन्यासमा १४ वटा भागहरू छन् । यो उपन्यासले पहिलो भागबाटै सन्देश दिन शुरु गरेको छ । यो उपन्यास कतै रमाइलो तथा नरमाइलो छ । यो उपन्यासमा भएको कथाको बिचमा धेरै कुराले मेरो मन निकै भावुक बनाएको छ । यस उपन्यास मलाई निकै मन पर्याे ।