परिचयः
प्रस्तुत पायल पढ्न जान्छे एउटा किशोर उपन्यास हो । यसलाई अन्विका गिरीले लेख्नुभएको हो। याे पुस्तक साङ्ग्रिला पुस्तक प्रा.लिद्वारा प्रकाशन भएको हो। उपन्यासको चित्राङ्कन डुडल आर्ट्स् नेपाः प्रा.लिबाट भएको छ । यस बालउपन्यासमा १४ वटा भागहरू छन् । यो उपन्यासले पहिलो भागबाटै सन्देश दिन शुरु गरेको छ । यो उपन्यास कतै रमाइलो तथा नरमाइलो छ । यो उपन्यासमा भएको कथाको बिचमा धेरै कुराले मेरो मन निकै भावुक बनाएको छ । यस उपन्यास मलाई निकै मन पर्याे ।
पात्र:
यस उपन्यासमा पायल , अम्रिता , रन्जना , अमित , हेडसर , पायलका बुबाआमा , पवनी , गाउलेहरू, प्रदीप आदि पात्रहरूकाे भूमिका देखिन्छ । यस उपन्यासको मुख्य पात्र पायल हाे । यस उपन्यासमा अम्रिता सहायक पात्र हुन् । पायलकाे परिवार निम्न परिवारको रुपमा चित्रण गर्न सकिन्छ। यस उपन्यासको खराब पात्र बा आमा हुन् तर अन्त्यमा उनीहरू असल पत्रको रुपमा चिनिएका छन् । तर मुख्य खराब पात्र कोही पनि छैन।
कथावस्तुः
पवनी यादवकाे गाउँकाे खेतमा पानी लगाउने विवादले उनकाे मनमा देखिएकाे बेचैनबाट कथावस्तुकाे आरम्भ हुन्छ तर उनकाे नेतृत्वमा गाउँमा शाखा पैनी खनेपछि याे समस्या समाधान हुन्छ । याे सत्य कथा पायलले हजुरआमाबाट सुनेपछि उसले मनमा एउटा ठूलो सपना सजाउछे । जुन सपना नेता बन्ने थियो।हजुरआमाले पवनी यादवको परिश्रम र सफलता सबै पायललाई सुनाउएपछि र बिस्तारै सबैले पवनीलाई नेता मानेर सम्मान गरेकाे कुराले पायलको मनमाहाैसला थपिएकाे थिए । तर यो भनेको १ / २ वर्षपछि हजुरआमा बित्नुभयो। हजुरआमा बितेपछि बा-आमा पछिकाे मुख्य मान्छे पायल नै थिइन् । उनलाई बिहान विद्यालय जान निकै हतार हुन्थ्यो । उनी बिहान आफ्नो पनि गृहकार्य गर्थिन् र भाइबहिनीहरूलाई पनि पढ्नमा मद्दत गर्थिन्। उनले आफ्नो विद्यालय पुग्दा कहिलेकाहीँ निकै ढिलो हुन्थ्यो । रन्जना र अमितको विद्यालय नजिकै थियो । उनीहरू ४ र ५ कक्षामा पढ्दै थिए पायलको भरमा कहिलेकाहीँ बिहेको कुरा पनि गुन्जिन्न्थियो। उनीहरूको बुबाको साइकलमा स्कूल जान्थेँ। हाल अमृतालाई पछाडि सिटमा राखेर विद्यालय जान्थी । अमृताको खुट्टा साइकलमा अझ पुग्दैन थियो। अरुले साइकल सरर चलाएको देख्दा उनीहरू पनि नयाँ साइकल किन्न उत्साहित भए । उनीहरूले अण्डा बेचेर र अन्य व्यापार गरेर नयाँ साइकल किन्ने विचार गरे। साइकल किन्न ७००० चाहिन्थ्यो तर उनीहरूसँग थोरै पैसा थियो। अमृताले बैरन काकाले साइकल बेच्ने कुरा गरेको सुनी । उसले दिदीलाई त्यो कुरा सुनाई । पायलले हुन्छ भनी । साइकलको मूल्य ५ हजार सुन्दा ,अम्रिताको सातो उड्यो । अमृताले पायललाई साइकलको मूल्य पनि सुनाई । तर उनीहरूले आफूले जन्मा गरेको पैसाको थैली हेर्दा उनीहरूसँग जम्मा २००० हजार ५० रुपया थियो । बैरन काका होचा थिए । हुने साइकलबाट धेरैचोटी लडेका थिए। यसरी नै एकदिन उनी नराम्रो सँग लडे । उनको साइकलको ह्यान्डल पनि भाँचियो । उनको टाउकोमा टुटुल्को उठ्यो। त्यसपछि उनले साइकलको दाम ३५ सयमा घटाए । तर साइकल किन्न पैसा अझ पुगेन । उनीहरूले बुबा आमासँग १००० मागे तर पनि पुगेन। काका निकै जिद्दी थिए। उनले पछि मिलाउदा हुँदैन भन्दा नि मानेनन्। तर संयोगवस प्रदेश सरकारले कक्षा ८ का विद्यार्थीहरूलाई साइकल दिने भन्याे । पायलले पनि आफ्नो लागि साइकल लिई । साइकल बाँड्न मुख्यमन्त्री आएका थिए । भोलिपल्ट पायलले आफ्नो मिल्ने साथीकाे निधन भएको थाहा पाई सबै जना यो खबरले निकै दुखी थिए। केही महिना अगाडि उसको बिहे भएको थियो । श्रृंगार पनि पायल नै गरेकी थिइन् । यो कुराले पायल निकै राेई । सबैजनाले उनलाई एम्बुलेन्समा अस्पताल लगे । डाक्टरलाई साेध्दा सानो उमेरमा बच्चा जन्माएको कारणले उनको मृत्यु भएको रहेछ उनको मात्र हैन सानो बच्चाको पनि मृत्यु भएको रहेछ। पायल आफ्नो साथी मरेको कुराले मात्र होइन आफ्नो बिहे भएपछि पनि त्यस्तै हुने हो कि भनेर पनि डराइरहेकी थिई । पायलको बिहेको कुरा ल्याउने उनकै काका रहेछन्। तर उनले काकालाई चिनेकी थिइनन् । उनलाई त्यो कुराले निकै रिस उठिरहेको थियो । एकदिन उनले यो समस्या समाधानको लागि अम्रिताको उपायबाट हेडसर त्यसको बारेमा निवेदन लेखेर पठाइन् । हेडसरले सम्झाइदिए तर जति सम्झाए पनि पायलका बाआमाले यो कुरालाई मानेनन्। त्यसपछि हेडसरले रिसको झाेकमा तिम्री छोरीले भनेर आएको भनेर भनिदिएछन्। त्यसपछि अमृताले कुटाइ खाई। उसकी एउटी साथी कविता पनि बिहे गर्नुपर्छ भनेर भागेकी थिइन्। एकदिन उनी विद्यालयबाटै वडा कार्यालय गइन्। अमृताले त्यो कुरा थाहा पाइन् । पायलकाे विचार पवनीलाई भेटेर आफ्नो पीडा व्यक्त गर्ने र विद्यालय जाने र थियो तर त्यहाँ धेरै भीड थियो । त्यसैले उनले आफ्नो पीडा व्यक्त गर्न पाइनन् । दोस्रोपटक त्यहाँ आउदा यहाँ बैझनवाली हजुरआमा हुनुहुन्थ्यो । उहाँ पनि पवनी कतिबेला आउछिन् भनेर छट्पटाई रहनुभएको थियो । उहाँ पनि वडा कार्यालय मै हुनुहुन्थ्यो। त्यति बेला पनि धेरै मान्छे भएको कारण पायलले पीडा व्यक्त गर्न पाइनन्। अन्त्यमा अमृताले निवेदन पठाउने उपाय निकाली । घरबाट बाहिर निस्कने बहानामा पायलले बिहे त गर्ने तर त्यसभन्दा अघि विद्यालय जान पाउने सर्तमा पायलले बुबा आमासँग राखेकी थिई तर उसलाई बिहे गर्ने मन थिएन । त्यसपछि एक दिन अमृता र पायलले त्यो चिठी वडा कार्यालयमा गएर दिए। तर पवनीले त्यो कुरा धेरैपछिसम्म पनि बिर्सिन् । अमृता र पायल निकै दुःखी भए । एकचोटि त बैझनवाली हजुरामाले पनि पायललाई साथ दिन्छु भन्नुभएको थियो । केही समयपछि पायल र अमुताले केटा भेटेर कुरा गर्ने र बिहे राेक्ने याेजना बनाए । केटा भेट्ने दिन पनि आयो। पायलले केटालाई घरमा बिहे गर्दिन भनिदेऊ भनेकी थिइन् तर जति प्रयास गरे पनि भएन। अन्त्यमा बुबाआमाकाे पनि केही पार लागेन। सत्यको जित हुन्छ भनेझै पवनीले पायलको घरमा आएर सम्झाइन् । अर्कोतर्फबाट पुलिसको भ्यान पनि आयो । केटातिरबाट केटाले बिहे गर्दिन भन्ने खबर आयाे । त्यसपछि पुलिसको भ्यान आउँदा सबै चकित भए । त्यो भ्यान पायलकी आमाले ल्याउनुभएको रहेछ । यो कुराले सबैजना चकित भए। त्यसपछि दुबै बुबाआमाले आफ्नो गल्ती महसुस गरे। अन्त्यमा पायलकाे पढ्न जाने सपना पनि पूरा भयाे र कथाकाे अन्त्य भयो ।
परिवेशः
यस किशाेर उपन्यासमा खेत, पवनीको घर , पायलको घर, अस्पताल, विद्यालय, वडा कार्यालय, चटपटे पसल, पायलकाे विद्यालय, प्रदिपकाे विद्यालय, बुबाआमाले काम गर्ने फ्याक्ट्री आदि स्थलगत परिवेशका रूपमा आएका छन्। पवनीलाई कसैले सहयोग नगर्नु, आफैंले पैनी बनाउनु, पछि सबैले साथ दिनु, हजुरआमाले कथा सुनाउनु, हजुरआमा बित्नु, पायलको बिहेको कुरा हुनु, पायलले गर्दिन भन्नु, पायल आफ्नो बिहे सुरुमा रोक्न नसक्नु, रानाे आत्तिएपछि अस्पताल लैजानु, पायलले केटोसँग बिहे गर्दिन भन्नु, केटाले नमान्नु पायल र अमृता वडा कार्यालय गएर पवनीलाई भन्नु, पछि उनले त्यो कुरा बिर्सिनु, अमृताले बुबाको कुटाइ खानु, रानाेको मृत्यु हुनु, अन्त्यमा पायलकाे बिहे नहुने पक्का हुनु, त्यसकारण पायल खुशी हुनु, यी सबै घटनाहरू अवस्थागत परिवेशको रुपमा आएका छन् । कालगत परिवेशतर्फ लाग्दा यी सबै घटनाहरू ५ देखि ७ वर्षसम्म भएको अनुमान लगाउन सकिन्छ ।
निष्कर्ष तथा सिफारिसः
यो उपन्यास निकै सन्देशमूलक रहेको छ । यसले उमेर नपुगी विवाह गर्नुहुँदैन भन्रे कुरा अभिभावकलाई सिकाएको छ। यसले पवनी र पायल जस्तै परिश्रमी र साहसी बन्नुपर्छ, जीवनमा जतिसुकै कठिन अवस्था आइपर्दा पनि हार खानुहुन्न भन्ने कुरा सिकाएको छ। त्यसैगरी यो किताब निकै मार्मिक छ । मलाई यो पुस्तक निकै मन पर्याे त्यसैले यो पुस्तक म मेरा भाइ बहिनी र मेरा साथीहरूलाई सिफारिस गर्न चाहन्छु ।
संविद ढकाल
कक्षा ५ ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल
Liked by: