आराेहण तिम्सिना · Feb २०, २०२३
‘बास्ना आउने बासुरी’ पुस्तक एक बालउपन्यास हो । यो पुस्तकका लेखक रोशन पोखरेल हुन् र चित्रहरू दुजमान चित्रकारले बनाएका हुन् । यो पुस्तकको सम्पादन कृष्णदीप सिग्देलले गरेका हुन् । यो पुस्तकको पेज डिजाइन समान श्रेष्ठले गरेका हुन् । यो पुस्तकको प्रकाशन साङ्ग्रिला पुस्तक प्रा.लि. ले गरेको हो । यो पुस्तकको मुद्रण सौगात प्रिन्ट्स प्रा.लि. ले गरेको हो । नेपाली समाजकाे निम्नवर्गीय पारिवारिक समस्यालार्इ यस उपन्यासले चित्रण गरेकाे छ ।