हजुरआमाकाे लाैराेः पुस्तक समीक्षा | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

हजुरआमाकाे लाैराेः पुस्तक समीक्षा




   तनिष्क शाक्य - Dec 02 2022

विषयप्रवेश:
‘हजुरआमाको लौरो’ नेपाली बाल उपन्यास हो । यो उपन्यास रामदेव पाण्डेले लेख्नुभएको हो । यसकाे सम्पादन गर्ने काम डा. देवी नेपालले गर्नुभएको हो र ग्राफिक्स लेआउटका काम दीपक सुनारले गर्नुभएको हो । कथामा चित्र राजकुमार प्रजापतिले काेरेका हुन् । पुस्तक ऐरावती प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । यस पुस्तकमा जम्मा १५ अध्यायहरू र ११२ पृष्ठहरू छन् । यसको पहिलो संस्करण २०६८ मा प्रकाशित भएको थियो, दोस्रो संस्करण २०७३ मा प्रकाशित भएको थियो र तेस्रो संस्करण चाहि २०७५ मा प्रकाशित भएको थियो ।

कथावस्तु:
छाया सपना देखेर आफ्नी हजुरआमालाई त्यसबारे भन्दै गर्दा तथा हजुरामा र छाया बिच कुराकानी सुरु हुदा यस कथाको पनि सुरुवात हुन्छ । छायाले आफ्नो सपनामा उसको रिजल्टमा ऊ प्रथम भएको देखी । सपनामा त्यस्तो देखेर छाया आफ्नो हजुरआमा कहाँ गई । हजुरआमा कहाँ पुगेपछि छायाले आफ्नो सपनाको बारेमा आफ्नी हजुरआमा लाई सबै कुरा बताई । छायाको कुरा सुन्दा हजुरआमालाई चिन्ता हुन थाल्याे किनभने सपनामा जे देख्छ त्यसको उल्टै हुन्छ भन्ने हजुरआमाको सोच थियो। हजुरआमाको त्यो कुरा सुनेर छायाले हजुरआमालाई परीक्षाको नतिजा राम्रो आउँछ भनेर भनी । छाया आफ्नो विद्यालयबाट नतिजा लिएर घर फर्कदा उनी धेरै खुसी थिई किनभने ए विपनामा पनि प्रथम भएकी थिई । धेरै हल्ला भएको सुनेर निर्मला पनि हजुरआमा र छाया भएको ठाउँमा आइपुगिन् । निर्मलाले के को हल्ला भइरहेको भनेर सोध्दा उनलाई छायाको परीक्षाको नतिजाको बारेमा थाहा भयो । नतिजामा छाया प्रथम भएकी थिइन् तर उसको नेपालीमा चाहिँ उसकी एकजना साथीकाे भन्दा थोरै अङ्क आएको थियो । त्यो देखेर निर्मला रिसाइन् । एक दिन छाया आफ्ना साथीहरूसँग खेलिरहेकी थिइन् र त्यतिबेला नै निर्मला पनि आफ्नो घरमा आफ्ना साथीहरूसँग कुरा गर्दै थिइन् । निर्मलाका साथीहरूले निर्मलालाई छायालाई होस्टलमा राख्नुपर्छ उसको पढाइ पनि राम्रो हुन्छ र तिमीले उसको धेरै हेरचाह पनि गर्नुपर्दैन र तिनलाई जे गर्नु छ तिमी त्यही गर्न सक्छौं भन्छन् । आफ्ना साथीहरूले निर्मलालाई उक्साउन थालेपछि निर्मलाले पनि छायालाई होस्टल राख्ने निर्णय गरी। निर्मलाले छायाका बुवा बिमललाई पनि घरमा बोलाई सकेका थिइन् र खाना खाने बेला निर्मलाले छायालाई होस्टलमा राख्ने कुरा बिमलसँग गरिन् । पहिले त बिमलले पनि छायालाई होस्टलमा नराख्ने भने तर निर्मला रुन थालेपछि बिमलले पनि छायाको लागि अर्को दिन काठमाडौंमा एउटा राम्रो होस्टल खोज्न जाउँला भनेर भने । होस्टल नपठाउने भनेर हजुरआमाले जति विरोध गरे पनि उनको कुरा कसैले सुनेन। भोलि पल्ट छाया रुँदैरुँदै होस्टल गइन् । छायाले जहिले आफ्नो घरमा फोन गर्थिन् र हजुरआमासँग कुरा गरिरहन्थिन्। उनी दसैँमा घर फर्कँदा निर्मला र बिमल मात्रै त्यहाँ थिए । छायाले हजुरआमा खोई भनेर सोधी र हजुरआमाले नखाई म केही खाँदिन भनेपछि निर्मलाले हजुरआमालाई एउटा कोठाबाट ल्याइन् । त्यो कोठामा हजुरआमा रोइरहेकी थिइन् र ढोका खोलेर आँसु पुछिन् र हतार हतार तल झरिन् । छायाले हजुरआमालाई खाना दिइन् तर उनले खाइनन् तर धेरै अनुरोध पछि हजुरआमाले खाना खानुभयो । खाना खाइसकेपछि छाया क्रिकेट खेल्न गइन् तर केही महत्त्वपूर्ण कुरा ल्याउन बिर्सेकी थिइन् । छाया घर फर्किइन् र आमाले हजुरआमालाई गाली गरेको देखिन् । केही बेरपछि निर्मला रुन थालिन् तर अचानक काका आएर छोए । उनी डराइन् र छाया र काकाको कुरा सुनेर आमाले आफ्नो झुटो आँसु पुछिन् । त्यसपछि उनले सोधिन् कि उनी पहिले नै फर्किइसकेकी छिन् । छाया आफ्नो घरभित्र गएर बिर्सेको कुरा लिएर फर्किइन् । त्यही रात छाया हजुरआमासँग सुत्न गइन् तर निर्मलाले छायालाई आफूसँगै सुत्न बाध्य गरिन् । हजुरआमाबिना छाया निदाउन सकिनन् र त्यसपछि निर्मलाले छायाको नाम पुकार्दा उनले जवाफ दिइनन् र निर्मला र बिमल दुवैले छाया सुतेको ठान्छन् । छायाकी आमाले हजुरआमालाई वृद्धाश्रम पठाउने कुरा गर्छिन् । यो सुनेर छाया धेरै दुखी हुन्छे । भोलिपल्ट ऊ होस्टेल फर्किन चाहँन्न तर ऊ जानुपर्‍याे। उसले आमालाई बोलाइन् र हजुरआमासँग कुरा गरिन् । एक दिन निर्मलाले रुँदै छायालाई फोन गरेर काठमाडौँमा कतै हराएको बताइन् । यो सुनेर छायालाई थाहा भयो कि हजुरआमा वृद्धाश्रममा हुनुहुन्छ । छायाले होस्टेलका गार्डलाई हजुरआमाकहाँ जान बिन्ती गरिन् र धेरै पटक आग्रह गरेपछि गार्डले छोडिदिए । उनले छायालाई आफ्नाे फोन नम्बर दिए र उनी वृद्धाश्रम पुगेपछि उनलाई फोन गर्न भने । उसले छायाको लागि ट्याक्सी बोलाउँछन् र उसको काका उनलाई लिन आएको छ भनी बताउँछन् । छाया वृद्धाश्रम पुग्छिन् र हजुरआमालाई त्यहाँ बस्न आग्रह गर्छिन्। उनले आफ्नो नाम छायाबाट बदलेर सम्झना राख्नुपर्ने भयो र आफ्ना बाबुआमा बितेकाले आफू अनाथ भएको पनि बताइन् । त्यहाँ पुगेपछि छायाले गार्डलाई फोन गरेर सबै कुरा बताउँछिन् । ४ दिन बितिसक्दा पनि छाया होस्टेल नआएकोले रिसेप्सनले निर्मलालाई त्यो जानकारी दिइन् । प्रहरीलाई छायाको बारेमा जानकारी गराइयो र उनीहरूले अपहरणको घटना भएको हुनसक्ने अनुमान गरे । केही दिन खोजी गरेपछि प्रहरीले खोला किनारमा छाया उमेरकी एक बालिकाको शव फेला पारेको थियो । निर्मला र बिमललाई छाया भन्ने लाग्यो र धेरै रोए । वृद्धाश्रममा छाया र उनकी हजुरआमा खाना खाइरहेका थिए र केही मानिसहरूले एउटी केटीलाई वृद्धाश्रममा भएको बारेमा सोधे तर उनीहरूले केही भनेनन् । त्यहाँ पत्रकार थिए र छाया र उनकी हजुरआमालाई वृद्धाश्रममा देखेर निर्मला त्यहाँ गइन् । त्यसपछि निर्मलाले छाया र हजुरआमासँग माफी मागे र केही समयपछि उनीहरूले माफी दिएर घर फर्के । छायालाई पुरस्कृत गर्न लागेका एक मन्त्री पनि त्यहाँ थिए र छाया मञ्चतिर गएर माइक्रोफोनमा आमाले हजुरआमासँग गरेको व्यवहारबारे कुरा गरिन् । यो सुनेर मन्त्रीले आमालाई पनि वृद्धाश्रममा पठाएकाले त्यस मन्त्रीकाे हातबाट पुरस्कार नलिने कुरा गरिन् । छायाको कारणले कोही रिसाए भने कोहीले साथ दिए । अर्को खबर यो थियो कि मन्त्रीले आमालाई राम्रो व्यवहार नगरेको कारण उनको पदबाट हटाइयो। त्यसपछि मन्त्रीले पनि आमालाई घरमा ल्याएर राम्राे व्यवहार गर्न थालिन् । छाया पनि त्यस वर्षकाे उत्कृष्ट बालप्रतिभा पुरस्कारबाट सम्मानित भइन् ।

पात्रहरू:
यस कथामा धेरै पात्रहरू छन। ती सबै पात्रहरूका आफ्नै भूमिका छन् । कथामा सुरुदेखि अन्त्यसम्म आएकी पात्रको नाम छाया हो । छाय यस कथाकी प्रमुख र मुख्य पात्र हुन् । कथामा छायाको साथै रहने प्रमुख सहयोगी पात्र उनकी हजुरआमाको रूपमा देखाइएको छ। यसै गरी कथाका सहयोगी पात्रहरूमा निर्मला, बिमल, निर्मलाका साथीहरू, छायाका साथीहरू, होस्टलको पाले, मन्त्री, गाउँले काका, रिसेप्सनिष्ट, रिपोर्टर, पुलिसहरू र अन्य पात्रहरू छन्। कथाका सुरुमा छाया र उसका उनको हजुरआमाको बिच कुराकानि हुन्छ, छायाको हजुरआमाले छायालाई जहिले असल र ज्ञानी बन्न सिकाईरहेकि हुन्छिन्। छाया जहिले असल बाटोमा र आफ्नो बुढि हजुरआमाको जिवनको लौरो तथा साहरा बनेर बस्थि। यसतै राम्रा राम्रा काम गर्ने मान्छे छाया, यस कथामा असल पात्रको रुपमा देखाइएको छ। छायाकि आमा, निर्मला चाहिँ यो कथामा खराब पात्र हुन्। उनले हजुरआमाले भनेको केही कुरा पनि मान्दैन थिई र उनलाई जहिले पनि गाली मात्र गर्थी। उनले छाया र हजुरामाको इच्छा विरुद्ध गई छायालाई होस्टल पुर्याउने निर्णय गरे र पछि हजुरआमालाई पनि वृद्धाश्रममा जान छोडेकाले निर्मलालाई खराब पात्रको रुपमा लिइएको छ।

परिवेश:
यस बालउपन्यासमा स्थलगत परिवेशमा छायाको जन्मस्थल, उनको घर, पार्क, छात्रावास, सडक, कीर्तिपुर, काठमाडौं, वृद्धाश्रम आदि आएका छन् । अवस्थागत परिवेशमा छाया नामकी केटीलाई काठमाडौंको होस्टेलमा लगिएको देख्न सकिन्छ । केटीले आफ्नो हजुरआमालाई साँच्चै माया गर्थी, छाया जहिले असल बाटोमा र आफ्नो बुढी हजुरआमाको जीवनको लौरो तथा सहारा बनेर बस्थिन् । एक दिन घर फर्किँदा आमाले हजुरआमालाई वृद्धाश्रममा राख्ने भनेको सुनिन् । त्यसैले छाया होस्टेल पुगेपछि हजुरआमालाई भेट्न भागिन् । उनले अन्ततः आफ्नी हजुरआमालाई भेट्टाउँछिन् र उनीसँगै बस्छिन् । केही दिनपछि आमाले छायालाई अपहरण गरेको सोच्छिन् र धेरै रून्छिन् । अन्त्यमा छाया हजुरआमासँगै भेटिन्छिन् र पुरस्कार पनि पाउँछिन् । कालगत परिवेशको रूपमा हामीले ६ - १० वर्षकाे समयमा घटना घटेकाे अनुमान लगाउन सक्छौँ ।

निष्कर्ष तथा सिफारिस:
यो पुस्तक सबै उमेरका लागि साँच्चै राम्रो पुस्तक हो । यसमा आजकाे व्यस्त जीवनका कारणले हाेस् वा देखासिकीका कारणले हाेस् जन्म दिने बुबाआमा उपेक्षित हुनुपरेकाे र वृद्धाश्रममा जानुपरेकाे यथार्थ घटनालाई उजागर गरेकाे छ । यसले हामीलाई हाम्रा आमाबाबुको उचित हेरचाह गर्न प्रेरित गर्दछ । मलाई पनि यो पुस्तक धेरै मन पर्‍याे र त्यसैले म यो पुस्तक मेराे उमेरका साथीहरू र बुबाआमाकाे उमेरका सबै मानिसलाई पढ्नका लागि सिफारिस गर्दछु ।

नाम: तनिष्क शाक्य
कक्षा: ७
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.