Laingik Bibhedko Wkalat Aamale Saknuohunchha | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ




   सुप्रभ आचार्य - Jan 13 2023

विषय प्रवेशः
आमाले सक्नुहुन्छ पुस्तक कथाकार अन्विका गिरीद्वारा लिखित बालमनाेविज्ञानमा आधारित पुस्तक हाे । उनकाअनुसार याे पुस्तक तयार पार्न उनलाई उनकी छाेरी अवनी गिरीकाे सहयाेग रहेकाे छ । साङ्ग्रिला पुस्तक प्रा.लि. द्वारा प्रकाशित याे पुस्तकमा बालबालिकाले जीवनका समस्याहरू र भाेगाइहरूलाई कसरी निहालिरहेका हुन्छन् । आफ्ना आमाबुबाकाे कामलाई कसरी सहयाेग गर्न सक्छन् भन्ने कुरालाई जीवनकाे दैनिक भाेगाइका माध्यमबाट व्यक्त गर्न खाेजिएकाे छ । आफ्नाे किशाेर अवस्थादेखि नै सामाजिक अभियानमा लागेकी अन्विका गिरीले यस आमाले सक्नुहुन्छ पुस्तकमा महिलाहरूले समाज र परिवारमा आइ- पर्ने समस्या समाधानमा पुर्याउने याेगदान, आँट, हिम्मतलाई सानाे परिवार र समाजकाे कल्पना गरी त्यहाँ हुने दैनिक जीवनका भाेगाइलाई सरल र सहज रूपमा पस्केकी छन् । यस पुस्तकले नेपाली समाजमा महिलाकाे स्थिति, लैङ्गिक विभेद, पारिवारीक जिम्मेवारीका बारेमा गहकिलाे ज्ञान पस्केकाे छ भने यसले महिला सशक्तीकरणकाे पक्षमा कलम चलाएकाे छ । यस कथामा गिरीले गाँउघरकाे सामान्य परिवारमा हुने गतिविधि, व्यवहार, छाेराछाेरी बिचकाे विभेदका विषयमा व्याख्या गर्दै अरूले के भन्लान् भन्ने भावना नराखी जस्ताे सुकै परिस्थितिमा पनि अघि बढ्नु पर्ने र केटाकेटीलाई सानैदेखि घर व्यवहार सिकाउनु पर्ने, सिक्नलाई समय र उमेरले नछेक्ने कुरालाई व्याख्या गरेकी छन् । यस पुस्तकमा प्रयाेग भएका चित्रहरू कुलदीप जंगबहादुर गुरूङले बनाएका हुन् भने भाषागत शुद्धाशुद्धी भुवनहरि सिग्देलले हेरेका हुन् । यसकाे साजसज्जा ध्रुव बस्नेतले गरेका छन् ।

पात्रहरूः
माधवी, उसकाे दाजु प्रकाश, भाइ रमेश, माधवीकी आमा, माधवीकाे बुबा, रश्मी, चाँदनी, गीता मिस, राम काका, माधवीका काकाकाकी, दिलिप र ममता, बिमला काकी र काका, रश्मीका बुबा, आमा र दाइ, ठुली हजुरआमा, परशु काका र काकी, इन्दिरा ठुलीआमा, सन्ताेष दाइ पात्र का रुपमा आएका छन्।

कथावस्तुः
माधवी कक्षा चारमा पढ्ने बालिका हाे भने उसका कक्षा पाँचमा पढ्ने प्रकाश नामकाे दाजु, र कक्षा २ मा पढ्ने रमेश नामकाे सानाे भाइ छ । उसका बाबु आमा खेती किसानी गरेर गुजारा चलाउँछन् भने दैनिक खर्चका लागि हाट बजारमा तरकारी बेचेर आम्दानी गर्छन् जुन काममा माधवी र दाजु प्रकाशले पनि सहयाेग गर्छन् । उनीहरूकाे घर पिच गरेकाे सडकभन्दा टाढा भएकाले उनीहरू प्रायः पैदल नै हिड्छन् । हुन त त्यहाँ बयलगाडा, साइकल र माेटरसाइकल पनि चल्छ तर माधवीकाे घरमा यी सबै कुरा नभएकाले पैदल हिड्नु भन्दा अर्काे विकल्प छैन । लामाे बाटाे भएकाले अध्याराेमै तरकारी बेच्न पुग्नु पर्थ्याे र ढिलाे भयाे भने तरकारी बिक्रिनै हुन्न थियाे । त्यस्ताे सुनसान बाटाेमा आमा वा बुबामात्र जाने कुरा पनि भएन । एक दिन बुबालाई ज्वराे आएकाले माधवी र उसकाे दाजु आमाकाे साथी लागेर बजार गए र तरकारी बेचेर आए ।

एक दिनकाे कुरा हाे माधबीका, बुबा, आमा र दाजु तरकारीहरू बेच्न जाँदा बाटाेमा अध्याराे भएकाले केही बदमासले तरकारी सबै लुटिदिए, बुबाकाे साथमा भएकाे नाेकियाकाे फाेन र आमासँग भएकाे नगद पैसा पनि लुटे । आमाबुबा र दाजुलाई लछारपछार पारी तरकारी बाेक्ने ढाकी पनि नहरमा मिल्काइदिए । त्याे कुराले अध्याराेमा तरकारी बेच्न जाँने काम बन्द भयाे तर माधबीलाई फेरि तरकारीकाे थुप्राे बन्ने कुराले पिर पर्याे । अरूहरूसँग साइकल र माेटरसाइकल हुने भएकाले उनीहरू उज्यालाे हुँदा हिडेर पनि तरकारी बेच्ने गरेकाे र आफ्नाेमा साइकल सम्म नहुँदा माधवीकी आमा राती नै तरकारी बेच्न बजार जानु परेकाे कुरा माधवीलाई थाहा भयाे । आमाले एक दिन साइकल किनेर सिक्न थाल्नु भयाे । बुबाकाे सहयाेगमा रातीराती साइकल सिकेर आमा बजार जान थालेकाे देखेर माधवी र उसका परिवार खुशी भए र आमाले जे पनि सक्नु हुन्छ भनेर मख्ख परे ।

माधवीकाे घर खरले छाएकाे थियाे । एक दिन हुरी र बतास आउँदा घरकाे छाना उडायाे । उनीहरू बिजुली चम्केकाे उज्यालाे र बर्खाले भिजेकाे घरमा प्लास्टिक ओडेर बस्न बाध्य भए । माधवीलाई यि कुराले सारै नरमाइलाे लाग्याे । उसका घरमा भएका खाने सामान, लगाउने लुगा, पढ्ने किताबकापी सबै पानीले भिजाइदियाे । जतन गरेर पढेका किताब भाेलिका दिनमा भाइले नि त्यहि किताब पढ्ला भन्ने आशा माधवीकाे मनमा मलिन भयाे । तर आमाले भिजेका किताब सुकाइ दिनेकुराले केही आशा पलाएर आयाे तर भाेलि भेजेका किताब भाइले प्रयाेग गर्दा दिदीले जतन नगरी किताव पढिछे भन्ला भन्ने भावनाले माधवीलाई खिन्न बनायाे । उसलाई अब घरकाे छाना कहिले बन्ला भन्ने कुराले पनि सताएकाे थियाे । गाँउभरीमा उनीहरूकाे घरकाे छाना मात्रै उडाएकाे कुरा बुबाबाट थाहा भयाे । आमाले कालाे प्लास्टिक खाेजेर छिमेकी काकाहरूकाे सहयाेगमा छाना छाेपियाे । तर प्लास्टिककाे छानामा बस्न माधवीलाई मन परेकाे थिएन । माधवी र दाजुले जस्तापाताकाे छानाकाे रहर गरे तर त्यसका लागी धेरै पैसा लाग्ने कुरा बुबा आमाबाट थाहा पाँउदा माधवीलाई धेरै भनेकाे कतिहाे भन्ने भयाे । उसले साथीहरू र मिसलाई समेत साेधी तर धेरै भनेकाे कति बुझिन । उसले हिम्मत गरेर आमा बुबालाई जस्ता लगाउन अनुराेध गरी र धेरै पैसाकाे बारेमा साेधी । एक दिन आमाबुबाकाे सल्लाह माधवीले सुनेर धेरै पैसा भनेकाे बिस हजार भएकाे थाहा पाइ र दाजुलाइ बताइ । तर घरकाे छाना हाल्न चाहिने बिस हजार जम्मा गर्न सकेकाे थिएन । माधवीकाे परिवार कालाे प्लास्टिककाे छानाे मुनी नै बसेका थिए । कालाे प्लास्टिक लगाएकाले भित्र पनि कालाे नै हुन्थ्याे । माधवीले जुन हेर्न रहर गरी तर कालाे प्लास्टिकबाट जुन हेर्न सकिदैन थियाे । उसले त्याे प्लास्टिक बुबाकाे दारी काट्ने पत्तिले प्वाल पारी र प्वाल सानाेबाट ठूलाे पार्दै गइ र परिवारका सबैले देखिने गरीकाे प्वाल बनाइ । उसकाे याे बदमासीले उसका बुबा आमा पिराेलिए तर उसलाई गाली गरेनन् । त्यसपछि भने माधवीका बुबाले पैसा खाेज्न थाले । माधवी र दाजुले पनि आफूसँग भएकाे खुत्रुके फुटालेर पैसा जम्मा गरे तर एक हजार पनि नभएकाले खिन्न भए । बुबा पनि थकित हुन थालेका थिए । पैसा जसाे तसाे दश हजार त जम्मा भएकाे थियाे तर जस्ताकाे छानाे हाल्न बिस हजार चाहिन्थ्याे । माधवीकी आमासँग कम्मरमा थैलाे हुने गर्दथ्याे । त्याे दिन उनले आफ्नाे थैली खाेलिन् र बुबालाई दश हजार दिइन् । याे कुरा देखेर माधवी र उसकाे बुबा आश्चर्यमा परे र पैसा कँहाबाट आयाे भनी साेधे । माधवीकी आमाले महिलाहरू मिलेर बचत गर्ने गरेकाे र त्यहि बचत सापटि लिएकाे कुरा बताइन् । याे कुराले माधवीका बुबालाई स्तव्ध बनायाे । माधवीकी आमाले आपत पर्दा सापट चलाउनका लागी महिलाहरूले बचत गरेकाे कुराले बुबा लजाएता पनि अब जस्ता हाल्न सकिने कुराले खुशी बनायाे । माधवी र दाजुले राेजेकाे निलाे र राताे जस्ता नभएर सेताे जस्ता बुबाले लिएर आए र बुबाले गाैरवका साथ माधवीकी आमाले गरेकाे बचत सबैलाई सुनाए ।

माधवीकाे बुबाले घरमा हुने जति सबैकाम गर्दथे । उनलाई याे काम महिला काे याे काम पुरूषकाे भन्ने लाग्दैन थियाे । सुरूसुरूमा काममा महिला पुरूषले गर्ने काममा फरक भएकाे व्यवहार गरेता पनि माधवीकी आमा नराम्ररी बिमारी परेपछि भने उनलाई महिलाले गर्ने काम भनेर समाजले छुट्याइदिएकाे भए पनि माधवीकाे कपाल काेर्ने, भान्साकाे काम गर्नमा सरम लाग्दैन थियाे । तर माधवीका वरीपरिकाहरूले आमाले पुरूषका झै साहसीला काम गर्दा बुबाजस्ती आमा र बुबाले महिलाले गर्ने काम गर्दा महिला जस्ताे बुबा भन्ने गर्दथे । माधवीलाई सबै महिलासँग उसकी आमाकाे जस्तै पैसा हुन्छ भन्ने भ्रम थियाे तर जब चाँदनीले सय रूपैया पैसा आमासँग नभएर र बाबुसँग माग्न नसकेर स्कुलकाे बनभाेज कार्यक्रममा जान पाइन तब माधवीले सबै महिलासँग पैसा हुँदाे रहेनछ भन्ने कुराकाे चाल पाइ। उसले वनभाेजमा जाँदा मिस र केटी विद्यार्थीले काम गर्नु पर्दा र सरहरू र केटा विद्यार्थीले खेल्न पाउँदा काममा पनि विभेद हुँदाे रहेछ भन्ने चाल पाई । एक दिन आमाले गाेरूगाडा हाँकेर मिलमा धाँन कुटाउन जाँदा उसका साथीले आमालाई बुबा जस्ताे आमा भन्दा महिलाले र पुरूषले गर्ने काम फरक हुँने रहेछ भनेर जानी । पल्लाघरे काकाकाेमा काकी परसर्दा काकाले र भाइ दाइले खाना नपकाएकाे कुराले माधवी छक्क परी । बुबाले काकाले खाना पकाउन सिक, छाेराहरूलाई पनि सिका भन्दा आफु आइमाइ जस्ताे भनि काकाले बचन लगाउँदा माधवीलाई नरमाइलाे लाग्याे । तर बुबाले माधवी, भाइ र दाइलाई सबै काम गर्न सिकाउनु हुन्थ्याे र आफुपनि आमालाई सबैकाममा सघाउनु हुन्थ्याे तर बुबाले त्याे कुरामा आफुले गर्व गरेकाे कुरा उसले विद्यालयमा बुबाकाे बारेमा लेखेकाे निबन्धकाे बारेमा सुनाउँदा चाल पाइ । उसकाे बुबालाई सबैले घरकाे काम गर्ने भएकाले बिग्रिएकाे मान्छे सम्म भन्ने गर्दथे तर उनले काम कसैकाे नहुने र सबै काम गरे आफ्नै हुने बताउँदथे ।

माधवी कि आमा बाहिरकाे काममा व्यस्त हुन्थिन । उनले साइकल सिकेकाे भएर दिनहुँ बजार गएर तरकारी बेच्दथिन् तर उनलाई हिसाब गर्न समस्या थियाे । दिनहुँ हिसाबमा समस्या आए पछि माधवी र उसकाे दाजुले आमालाई हिसाब सिकाइदिए र उनले पनि हिसाब जानिन् । त्यतिमात्र हैन माधवीकी आमाले छाेराछाेरीमा विभेद गर्दिनथिन् । खानेकुरा, लुगा गिन्दा पनि बराबर गर्दथिन । त्यतिमात्र हैन उनले खेल खेल्दा पनि बराबरी पालाे लगाएर छाेराछाेरीमा समान व्यवहार गर्दथिन । तर माधवीलाई आमाले समान व्यवहार गरेपनि उसकाे दाजुले जब भाइ र दाइ मिलेर स्कुल जाँदा र उसलाई एक्लै पार्दा साथै फुटबलमा उसलाई खेल्न सहभागी नगराउँदा केटा केटी समान नहुने रहेछ भनेर चिन्ता लाग्छ । माधवीले जब केटा केटा सँगै हिड्नु पर्छ केटी सँग हिड्दा अरूले जिस्काउँछन् भन्ने कुरा भाइका मुखबाट सुन्दा अरूका लागी सँगै हुर्कीएका दाजु बहिनी र भाइ अलग भएर हिड्नु पर्दा छक्क लाग्छ र उ दाजुभाइबाट परपर हुन्छे ।

एक दिन माधवीकी मिल्ने साथी रश्मी स्कुल नआएकाे कुराले माधवीलाई चिन्ता लाग्छ र माधवी रश्मीकाे घर जाने निर्णय गर्छे तर उसले रश्मी विद्यालय नआएकाे बारेमा जान्न पाउँदिन । अनायासै एक दिन रश्मीकाे दाजुले महिनाबारी भएर रश्मी लुकेर बसेकाे कुरा बताउँछ त्यसपछि माधवी रश्मीलाई भेट्न भनेर जान्छे । जब ऊ रश्मीलाई भेट्दछे तब उसलाई थाहा हुन्छ कि महिनाबारी हुँदा घाम पनि नहेरी आफ्ना परिवारका सदस्यहरूलाई नभेटी दिसा पिसाबसमेत अध्याराे कुनामा बसेर गर्नुपर्छ भनेर । त्याे कुराले र रश्मीकाे मलिन अनुहारले माधवीलाई पिर पर्छ । तर उसकी आमाले महिनाबारी भनेकाे सबै केटीमान्छेमा हुने प्राकृतिक नियम हाे र याे पाप लाग्ने, लाज लाग्ने कुरा हैन, न त याे कुनै लुकाउनु पर्ने कुरा हाे । याे त सफासुग्घर भएर बस्ने कुरा हाे भन्ने कुराले माधवीलाई आँट पलाउँछ । तर विद्यालयकी शिक्षिकाले समेत महिनाबारीकाे कुरा लुकाउने कुरा हाे भन्दा उसलाई अचम्म लाग्छ । यति मात्र हैन केटाहरू जति नै ठुला हुँदा पनि खेल्न डुल्न हुँने तर केटी मान्छेले कुनै उमेरमा पुगेपछि खेल्न डुल्न नहुने कुराले उसलाई पिर लाग्छ । तर उसकी आमाले उसलाई आँट, भराेसा र हिम्मत जँगाउँदा रमाइलाे लाग्छ । नभन्दै माधवी महिनाबारी हुँदा उसकी आमाले उसलाई घरमा नै राख्नु भयाे । विद्यालय पनि जान दिनु भयाे । याे कुराले माधवीकी साथी रश्मी र मिस छक्क परेका थिए । माधवीकाे यहि कुराले मिसले स्वास्थ्य शिक्षा पढाउँदा निधक्क भएर स्वास्थ्यका बारेमा साेध्ने र बुझ्ने गर्नु पर्छ भनी केटाहरूकाे शारिरीक परिवर्तनका कुराकाे उदाहरण दिएर समाजकाे महिनाबारी प्रतिकाे सङ्कुचित साेँचलाई फराकिलाे पारीदिँदा माधवी उसका केटा साथीले धक नमानी साेधे ।

माधवीकी आमा मेहनती थिइन् । उनलाई आफ्नै एउटा सानै भए पनि दाेकान खाेल्न मन थियाे त्यसका लागी निकै पैसा चाहिन्थ्याे । त्यहि भएर आमाले कसैले केहि चाहियाे भन्याे भने पनि पहिले दाेकान अनि अरूकुरा भन्थिन् । एक दिन माधवीकी साथी रश्मीले विद्यालयमा बर्खे बिदा पछि विद्यालय आँउदा नयाँ कलम ल्याउन थाली । त्याे कलम माधवीलाई नि असाध्यै मन परेकाे थियाे । तर आमाबुबाले सामानकाे जतन गर्न भन्नु भएकाेले गर्दा २ वर्ष देखि एउटै कलमले माधवीले लेखिरहेकी थिइ । उसका अक्षर नराम्रा हुन थालेका थिए तर उसकी आमाले कलम किनीदिन इन्कार गरेकी थिइन् । याे कुरा रश्मीले थाह पाएर रश्मीले बुबालाई भनेर माधवीलाई कलम उपहार दिइन् । माधवीकाे घरमा टिभी थिएन । किन्ने पैसा पनि थिएन । किन्न मन भएर पनि माधवीकी आमाकाे दाेकान खाेल्ने चाहानाले पुरा हुन सकेकाे थिएन । छिमेकी बिमला काकीले नँया टिभी किने पछि पुरानाे टिभि माधवीकाे घरमा ल्याइदिएका थिए । सादा टिभी भएकाे र त्यसमा डिस हाेम जाेड्न नसक्दा टिभी भएर पनि माधवी र उसकाे परिवार खुशी थिएनन् । माधवीले नँया कलमकाे चाहाना र टिभीकाे चाहाना राखेर खाना खान नै बन्द गरी । टिभीकाे निहुँमा त उसले दाजु, भाइ र आफुले निक्कै दिन खाना नखाएर बुबा आमालाई घुर्की लगाए । याे देखेर उसकी आमाकाे दाेकान खाेल्ने चाहाना हरायाे र छाेराछाेरीकाे खुशीका लागी दाेकान भन्दा पनि बढेमानकाे रङ्गिन टिभि किन्ने निधाे गरे । एक दिन सन्ताेष दाइले विदेशमा मिहिनेत गर्नु पर्ने, आफु पढ्न नपाएर विदेश जानु परेकाे कुरा र विदेशमा दुःख हुने कुरा सुनाउँदा माधवीहरूकाे टिभी किन्ने कुरा आमा बुबाकाे सपना चक्नाचुर हुने र आफ्नाे पढाइ खर्च जाेहाे गर्न पनि गाह्राे हुने थाहा पाउँछन् । त्यस पछि उनीहरूले टिभी किन्दा पैसा सकिने तर दाेकान खाेल्दा आम्दानी बढ्ने कुरा राम्ररी बुझे र आमाकाे दाेकान खाेल्न सहमती भए । नभन्दै आमाले एक लाखले दाेकान खाेल्नु भयाे ।

परिवेशः
सचित्र कथा श्रृङ्खलामा स्थलगत र अवस्थागत परिवेश पाइन्छ । यस कथामा माधवीकाे घर, उसकाे घरकाे अवस्था, उसकाे स्कुल, छिमेकी, आमाले तरकारी बेच्ने बजार, उसले पढ्ने विद्यालय, उसले खेल्ने चाैर, डगर स्थलगत परिवेशका रूपमा आएका छन् भने माधवीकाे घरकाे व्यवहार, दाइ र भाइले गर्ने व्यवहार, माधवीका काका, छरछिमेकीले बुबाले गर्ने काममा गरेकाे टिप्पणी, माधवीलाई खेल्दा ठुली आमाले गरेकाे गाली, माधवी वनभाेजमा जाँदा केटाकेटीले दुबैले काम गर्नु पर्ने सबैले खेल्न पाउनु पर्ने भन्दा मिसले गरेकाे गाली, माधवी ठुली हुँदै जाँदा दाजु भाइले एक्लाे पारेकाे परिवेश, विद्यालयमा फुटबल खेलमा सहभागी हुन गाह्राे भएकाे परिवेश, रश्मीले महिनाबारी हुँदा विद्यालय छाेड्नु परेकाे घटना र घर भन्दा टाढा अध्याराे काेठामा दिसा पिसाब सम्म राम्ररी गर्न र सहज ठाँउमा सुत्न नपाएकाे अवस्था, माधवीले रश्मी महिनाबारी भएर लुकेकाे कुरा कक्षाकाेठा भन्दा मिसबाट खानु परेकाे गाली, माधवी आफू महिनाबारी हुँदा उसकी आमाले गरेकाे सहज व्यवहार यस कथाकाे अवस्थागत परिवेशका रूपमा रहेकाे छ । त्यस्तै माधवीकाे परिवार सामान्य भएर पनि बुबा आमाले मिलेर काम गर्दा सहज भएकाे परिवेश, हिम्मत र सहयाेगी भावनाले बुबाले आमालाई सघाउँदा परिवारले सफलता हासिल गरेकाे अवस्था, परिवारकाे सदस्यले एकले अर्कालाई बुझेर एक अर्कामा सम्मान हासिल गरी माधवी र प्रकाशले फुटबल जितेकाे अवस्था पनि अवस्थागत परिवेशकाे रूपमा आएकाे छ ।

निष्कर्षः
आमाले सक्नुहुन्छ कथा सङ्ग्रहले बालबालिकाकाे मनाेविज्ञान बाेलेकाे छ । यस कथाकी मुख्य पात्र माधवीकाे माध्यमबाट हाम्राे समाजमा महिला र पुरूषलाई हेर्ने दृष्टिकाेणलाई व्याख्या गर्दै समाजले जे जस्ताे औला उठाए पनि महिला र पुरूष समान हुन्, दुबैले दुबैकाे सम्मान गर्न सके परिवार सफल हुन्छ भन्ने कुरा माधवीका बुबा आमाले गरेकाे व्यवहारबाट बुझाउन खाेजिएकाे छ । यस पुस्तकमा कथाकारले महिला सशक्तिकरणकाे कुरालाई मुख्य विषयबस्तु बनाउँदै समाजले जे जस्ताे टिकाटिप्पणी गरे पनि त्यसलाई सहज रूपमा लिँदै अघि बढ्नु पर्छ, सिक्नका लागी सानाे ठुलाे भन्ने हुदैन, बालबालिकालाई पनि सानै देखि घर व्यवहार सिकाउनु पर्छ भन्ने सन्देश याे पुस्तकले दिएकाे छ । सरल भाषामा लेखिएकाे याे पुस्तकबाट समाजमा हुने गतिविधि, व्यवहार, छाेराछाेरी बिचकाे विभेदलाई बुझ्न सकिन्छ । त्यही भएर याे पुस्तक मलाई मन पर्छ । यसमा माधवीकी आमाले हरेक कुरामा प्रयास गरेकाे र उनी सफल भएकाे कुरा उल्लेख गर्दै महिला सशक्तीकरणकाे पाटाेलाई जाेडताेडले उठाएकाे छ । यस कथाले बालबालिकाले जीवनका समस्याहरूलाई कसरी हेर्छन्, उनीहरूले आमाबाबुलाई कसरी मद्दत गर्छन्, कसरी जीवनबाट ज्ञान प्राप्त गर्दै जान्छन् भन्ने कुरा देखाउन खाेजिएकाे छ भने प्रस्तुत पुस्तकमा महिलाको सामाजिक समस्या समाधान गर्ने क्षमता र परिवारमा उनीहरुको योगदानलाई केटीमार्फत सरल भाषा र रोचक शैलीमा प्रस्तुत गरिएको छ । माधवीलाई महिनाबारी हुँदा घरमा नै राखेर उसलाई निरन्तर विद्यालय जान दिएकाे प्रसङ्गले यस्ता रूढीवादी परम्पराकाे अन्त्य गर्न महिला नै अघि सर्नु पर्ने र चुनाैतिकाे सामना गर्नु पर्ने सन्देश दिएकाे छ । याे पुस्तक बालबालिकाका लागी मात्र हैन कि किशाेर किशाेरी र बयस्कका लागी पनि उपयाेगी छ किनकी याे पुस्तकका माध्यमबाट सामाजिक, आर्थिक, लैङ्गिक समस्या बुझ्न सहज हुनेछ । याे किताब म सबै विद्यार्थीले पढ्नु पर्ने र विद्यालयकाे पाठ्यक्रममा समावेश गर्न समेत सिफारिस गर्दछु ।

नाम - सुप्रभ आचार्य
कक्षा - ८ ‘गाैरीशङ्कर’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.