सुप्रभ आचार्य · Jan १३, २०२३
आमाले सक्नुहुन्छ पुस्तक कथाकार अन्विका गिरीद्वारा लिखित बालमनाेविज्ञानमा आधारित पुस्तक हाे । उनकाअनुसार याे पुस्तक तयार पार्न उनलाई उनकी छाेरी अवनी गिरीकाे सहयाेग रहेकाे छ । साङ्ग्रिला पुस्तक प्रा.लि. द्वारा प्रकाशित याे पुस्तकमा बालबालिकाले जीवनका समस्याहरू र भाेगाइहरूलाई कसरी निहालिरहेका हुन्छन् । आफ्ना आमाबुबाकाे कामलाई कसरी सहयाेग गर्न सक्छन् भन्ने कुरालाई जीवनकाे दैनिक भाेगाइका माध्यमबाट व्यक्त गर्न खाेजिएकाे छ ।