विषय प्रवेश
‘कालोपाटी’ भन्ने बाल उपन्यासका लेखक कपिलमणि ज्ञवाली हुन् । यस बाल उपन्यासमा सुन्दर चित्रहरू बनाउने काम समित श्रेष्ठ गरेका हुन् । यस पुस्तकको लेआउट शितल सुकुभटुले गरेका हुन् । यस पुस्तकको प्रकाशक एडुकेशनल पब्लिसिङ्ग हाउस हो ।
पात्रहरूः
यस बाल उपन्यासका असल पात्र शशिधर, सविता, काकी, संयोग, हर्क बहादुर, सुनैना, रामबहादुर, हरिलाल ,सुमना हुन् । यस बाल उपन्यासमा खराब पात्र छैनन् । आमा र बुबाले सुनैनालाई स्कुल नपठाएर सुरु सुरुमा नराम्रो पात्र बन्नुभएको थियो तर उनको मनमा परिवर्तन आयो र उनी असल पात्र बन्नुभयो । प्रमुख पात्रहरू सुनैना, आमा, बुबा र संयोग हुन् । यस पुस्तकमा सहायक पात्र हर्क बहादुर, सुमना, रामबहादुर, काकी र हरिलाल हुन् । बाल उपन्यासमा कुनै पनि मानवेतर पात्र छैनन् ।
कथावस्तुः
सुनैना बिहानै उठेर सधैँझैँ काम गर्दै हुन्छे । उसको भाइ सुतिरहेको हुन्छ । आमा कोठाभित्र पस्नुहुन्छ र संयोगलाई उठाएर सुनैनालाई काम आराउनुभयो । त्यसपछि सुनैना सानो हुँदाको कथा लेखिएको छ । सुनैनाको भाइ जन्मेको खुसीमा छैटी राखिएको थियो । सुनैनाले काकीलाई सोधी के म जन्मेको बेला पनि छैटी राखिएको थियो ? काकीले भन्नुभयो छोरी जन्मेको बेला पनि छैटी राख्छन् र । त्यो कुराले सुनैनाको मन दुख्यो र ऊ आमाकहाँ गई र सोधी म जन्मेको बेला किन छैटी नराखेको ? छोरी जन्मेको बेला नि छैटी हुन्छ र । सुनैनाले भनि किन हुँदैन ? तिमी छोरी भएर जन्म्यौँ छोरा भएको भए मात्र छैटी हुन्छ । सविताले सुनैनालाई फकाइन् । भाइको न्वारन गरियो र भाइको नाम संयोग राखियो । सुनैना सात वर्षको भई । भाइ पनि तिन वर्षको भयो र स्कुल जान थाल्यो । भाइ स्कुल गएको देखेर सुनैना धेरै खुसी भई । सुनैना आमाबाट रिसाएकी थिई र आमासँग मुखमुखै बोली त्यसैले आमाले सुनैनालाई हप्काउनुभयो अनि सुनैना आफ्नो कोठा भित्र पसी। सुनैनाले बाहिर हेरी उसले केटाकेटी स्कुल गइरहेको हेरी । उसले आफ्नो साथीहरुलाई पनि देखी । सुनैना आँगनमा हुन्छे त्यतिखेर शिक्षक रामबहादुर र हरिलाल आउनुहुन्छ उनले सुनैनामाथि दया देखाएर सोध्नुहुन्छ तिमीलाई स्कुलमा भर्ना गराइदिऊ त ? सुनैना केही पनि नभनीकन काेठाभित्र जान्छे । सुनैना त्यसपछि धेरै रिसाउँछे । आमा सुनैनालाई बोलाउनुहुन्छ । सुनैना भाइलाई स्कुल पुर्याउन जान्छे । बाटोमा सुनैना सुमनालाई भेट्छे । सुमनासँग कालो पाटी रहेछ ऊ त्यो कालो पाटीमा केही लेख्दै थिई । सुनैना भाइलाई स्कुल लगेर घरतिर लाग्छे । बुबा सहर जान लाग्नुभएको थियो । उहाम् सहर गइरहेको बेला सुनैनाले उहाम्लाई रोक्छे र म स्कुलमा पढ्छु भनेर भन्छे । बुबाले पनि सुनैनाको मनको कुरा थाहा पाउनु हुन्छ र फेरि घर फर्किनुहुन्छ त्यो कुरा आमाले पनि थाहा पाउनु हुन्छ र सुनैनालाई स्कुलमा भर्ना गरिदिनुहुन्छ । सुनैना स्कुलमा भर्ना हुन गएको थिई उसलाई कुन कक्षामा राख्ने भनेर बुबा सोच्नै सक्नु भएको थिएन । त्यतिखेर संयोगले भन्यो दिदी मसँग पढ्नुहुन्छ नि । त्यो भनेपछि बुबाले सुनैनालाई कक्षा तिनमा राखिदिनु हुन्छ। सुनैना र संयोग स्कुल गएका थिए । शशिधर पनि सहर जान तयार हुँदै थिए । संयोगले भन्यो मलाई चकलेट ल्याइदिनुपर्छ | सुनैनाले बुबालाई भनि मलाई कालो पाटी ल्याइदिनु न । बुबा घर फर्किनु भएको थियो। सुनैना र संयोगले बुबा को झोला खोतले । बुबाले दुबैजनाको समान दिनुभयो । सुनैना कालोपाटी पाएर खुसी भई । सुनैना त्यो कालो पाटीलाई सधैँ आफूसँगै राख्थी र जता गए पनि लिएरै जान्थी । सुनैना एकदिन स्कुल गएकी थिई । स्कुलको घन्टी बज्यो र सुनैना भाइसँग घर फर्किदै थिई ऊ बाटो मा हिडेको बेलामा चिप्लेर लडी । ऊ लडेको गुरूहरुले देखे उनीहरु सुनैना भएको ठाउँमा मदत गर्न गए । गुरुहरुले सुनैनालाई घर पुगाए । आमा र बुबा आत्तिएर हेर्न गए , सुनैनालाई केही भएको थिएन । सुनैना आफ्नो कोठामा गएर झोला हेरी उसको कालो पाटी त फुटेको रहेछ। बुबाले त्यो देख्नुभयो र सुनैना लाई भन्नुभयो '' पिर नगर छोरी अर्को कालो पाटी त म ल्याईदि हाल्छु नि ''। सुनैना सुति रहेको थिई उसले एउटा सपनादेखि त्यो सपनामा उसलाई आमा बुबाले स्कुलबाट निकालिदिएको, भाइ दिदीबिना स्कुल जान्न भनेर रोएको थियो , त्यसबेला सुनैना उठी र आमालाई बोलाई । आमाले सोध्नुभयो के भयो मेरी छोरीलाई सुनैना ले सपनाको कुरा भनी, आमाले भन्नुभयो ‘' लाटी त्यो त एउटा सपना त हो नि’ ‘बुबा पनि त्यहाँ आउनुभयो र भन्नुभयो '' नडराऊ तिमीले त्यो देखेको त सपना मात्र हो नि'' । आमा ले भन्नु भयो ''आइज हामीसँग सुत्'' । सुनैना त्यसपछि आमा र बुबासँग सुत्न गई । ४, ५, ६ कक्षा हुँदै सुनैना १० कक्षामा पुगी । सुनैना धेरै मिहिनिती थिई र कहिले प्रथम त कहिले दोस्रो हुन्थी । एसइइ परीक्षा पनि आयो । त्यो परीक्षाको लागि सुनैनाले धेरै मिहिनेत गरेर पढी । एसइइ परीक्षा सम्पन्न भयो । परीक्षाफल निस्कियो सबैजना रेडियोमा आउने ७ बजेको समाचारको प्रतीक्षामा थिए । सुनैना त प्रथम भएकी पो रहिछे । त्यो समाचार देश भरि फैलियो । सबै गाउम्लेहरु खुसी भए । पत्रकारको एउटा टोली स्कुलमा आए । सुनैनाले अन्तर्वार्ता गरी र डाक्टर बन्ने ठानी । यो कथा गुरु रामबहादुरको हो । नेपालको ठुलो अस्पताल ''वीर अस्पताल '' परिशरमा हातमा पर्चा लिएर क्लिनिक भएको कोठामा पुग्नुभयो कर्मचारीले एक घण्टा पछि आउँनु भनेर भने । मानिसहरुको ठुलो घुइचो थियो उहाँको आँखा डाक्टरहरुको नाम लेखिएको भित्तामा गयो त्यहाँ सुनैना को नाम थियो। त्यसपछि सबै डाक्टरहरू एक एक गर्दै कोठामा पसे । रामबहादुरको पाली आयो उहाम् कोठा भित्र पस्नुभयो। उहाँलाई जाच्ने डाक्टर सुनैना रैछन । सुनैनाले सरलाई चिनिन र सरले पनि सुनैनालाई चिन्नुभयो अनि आँखा बाट खुसीकम आशु खसाल्नुभयो। सुनैनाले रामबहादुर सरलाई जाँचिन् | सुनैना गरिब बिरामी हरुको नि:शुल्क उपचार गर्थिन त्यो खबर देशमा मात्र नभएर संसारभरि नै फैलियो । सुनैनाको आमा र बुबाले पनि त्यो खबर सुनेर ''आनायासै दुबैका हात एकैपटक आँखामा पुगे ।''
परिवेश:
बाल उपन्यासमा स्थलगत परिवेशको रुपमा सुनैनाको घर, स्कुल, आँगन, अस्पताल आदि आएका छन् । भाइ जन्मेको बेला मात्र छैटी गर्नु, सुनैनाले स्कुल जान नपाउनु, सुनैनाको आमा बुबाले छोरीलाई पढाउनु पर्छ भन्ने कुरा थाहा पाउनु र सुनैनालाई स्कुल भर्ना गरिदिनु, सुनैनाको कालोपाटी फुट्नु र सुनैनाले नराम्रो सपना देख्नु, एसइइ जाँचमा प्रथम हुनु, सुनैना डाक्टर बन्नु र प्रसिद्ध हुनु । कालगत परिवेशको रूपमा यो उपन्यास छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने कुराको ज्ञान नभएको देख्दा मलाई लाग्छ यो कथा धेरै वर्ष अगाडिको हुनुपर्छ । घटनाहरूकाे विश्लेषण गर्दा लगभग २० वर्षकाे अवधिमा घटेकाे अनुमान लगाउन सकिन्छ ।
निष्कर्षः
कालोपाटी उपन्यास एकै बसाइमा पढेर सकिने लघु आकारकाे उपन्यास हाे । बाहिरी आवरण पनि निकै सुन्दर छ । भाषा पनि सरल र सरस नै छ । उपन्यासमा छोरीलाई पनि स्कुल पढाउनुपर्छ र छोरीलाई पढायो भने उनले आफ्नो समाजलाई मात्र नभएर देश कै नाम राख्न सक्छिन भन्ने कुरालाई सुनैनामार्फत प्रस्ट पारेको छ । यो उपन्यास एकपटक पढ्यो भने धेरै कुरा सिक्न सकिन्छ र पढ्न अनुरोध गर्दछु ।
आराेहण तिमिल्सिना
कक्षा ६
डियरवाक सिफल स्कुल
Liked by: