संविद ढकाल · Jul २८, २०२३
प्रस्तुत “लक्ष्य किन बोल्दिन” किशोर उपन्यास आन्विका गिरीले लेख्नुभएको हो । यसमा दीपमाला महर्जनले चित्रद्वारा सजावट गर्नुभएकाे हाे । पुस्तककाे प्रकाशक साङ्ग्रिला बुक्स हो । यसको आवरण टाइम्स क्रियसनबाट संयाेजन भएको हो । यसको पहिलो संस्करण २०७८, फागुनमा भएको हो। यसमा १२ वटाअध्यायहरू छन् र ९३ पानाहरू छन् । मलाई यो पुस्तक निकै मन पर्याे । यसमा विद्यालय र घरमा छाेराछाेरीमा हुने लैङ्गिक विभेदकाे चित्रण गरिएकाे छ भने अर्काेतर्फ एक अर्कामा नाम जाेडेर साथीहरूले विद्यालयमा जिस्काउँदा किशाेरकिशाेरीमा देखिएकाे असरकाे चित्रण गरिएकाे छ । विद्यालयजस्ताे पवित्र सरस्वतीकाे मन्दिर विभेदरहित हुनुपर्छ भन्ने सन्देश दिन खाेजिएकाे छ ।
