विषयप्रवेश :
‘मनझाँक्री’ नाटकका लेखक पुरु लम्साल हुन् । ‘मनझाँक्री’ किताब एक नाटक सङ्ग्रह हो । यस किताबमा दुई ओटा नाटक रहेका छन् । एउटा नाटकको नाम ‘मनझाँक्री’ हो भने अर्को नाटकको नाम ‘जिउँदाहरूको चिता’ हो । यस किताबको आवरण अत्यन्त सुन्दर छ । यस किताबको प्रकाशन काठमाडौँ पब्लिकेसनले गरेको हो । यो किताबमा ९१ पेज छन् । नाटक पेज न.९ देखि सुरु भएको छ । पेज न.९ देखि ६४ सम्म पहिलो नाटक ‘मनझाँक्री’ छ भने पेज न.७१ देखि ९१ सम्म ‘जिउँदाहरूको चिता’ नाटक छ ।
कथावस्तु :
जाडो महिनाको समय हुन्छ । सुभद्रा आगो तापिरहेकी हुन्छे । पार्वती आफ्नो सात महिनाको छोरालाई आगो ताप्न ल्याउछे। सुभद्रा त्रिपालमा बसेकी हुन्छे। भूकम्पले गर्दा सबै घर भत्किएको हुन्छ । नाकाबन्दी पनि हुन्छ । सरकारले तातो लुगा दिन लागेको हुन्छ त्यसैले रामराजा त्यो लिन गएका हुन्छन् । तुलसा र सरस्वति पनि आगो ताप्न आउँछन् । तिनीहरू झगडा गर्न थाल्छन् । सरस्वति रिसाएर भित्र जान्छे । पार्वती भित्रबाट डराएर बाहिर निस्कन्छे । प्रदीपलाई ज्वरो आएको रहेछ। सुभद्रा हतार हतार भित्र जान्छे । तुलसाको एस.एल.सी को किताब भूकम्पले गर्दा पुरिएको थियो । त्यसैले उसले किताब किन्न भाउजुसँग पैसा माग्छे । त्यत्तिकैमा रामराजा लुगा लिएर आइपुग्छन् । उनले लुगा देखाउँछन् र आफ्नो लागि छान्छन् । सुभद्रा प्रदीपलाई लिएर बाहिर निस्कन्छे र उसलाई सिटामोल खुवाउँछे। त्यत्तिकैमा त्यहाँ हेलिकप्टरमा जगतमान भन्ने मानिस आइपुग्छन् । उनी उनीहरूलाई सहानुभूति दिन थाल्छन् । बिनोद पत्रकारले त्यहाँ सोधपुछ गर्न थाल्छन् । यत्तिकै सहानुभाव दिएकोमा पार्वतीलाई रिस उठ्छ र उनले पत्रकारलाई गाली गर्छे। त्यसपछि जगतमानले बच्चाहरूलाई चकलेट दिन्छन् र जान्छन् । एक्कासि प्रदिप चिसो हुन्छ। उसले आँखा चिम्लन्छ। सुभद्रा यो देखेर आतिन्छे। तुलसाले माइला काकालाई बोलौछिन्। माइला काकालाई बोलाउँछन्। प्रदिप जिउन सकेन ।
परिवेश :
‘जिउँदाहरूको चिता’ नाटकमा गाउँले परिवेश देखिएको छ। भूकम्पले भत्किएका घरहरू, त्रिपालले बनेका टहरा, सुभद्राको त्रिपाल लगाएको टहरो आदि स्थलगत परिवेशका रुपमा आएका छन्। जाडो महिनाको समय, भूकम्पको कारणले गर्दा सबै अन्न तथा लत्ताकपडा पुरिनु, जाडोमा कठ्याग्रिएरू बाच्न विवश हुनु, बिरामी हुँदा सिटामोलसमेत नपाउनु, नेताहरूले चुनाबका बेलामा जनताको लागि कम गर्ने आश्वासन दिनु तर परेको बेलामा सहयोग नगर्नु आदि अवास्थागत परिवेश यस नाटकमा उल्लेख भएका छन्। लगभग १ बर्षको कालगत परिवेशलाई यस नाटकमा समेटेको छ।
पात्र :
असल पात्र: सुभद्रा, रामराजा, पार्वती, तुलसा, सरस्वति, प्रदीप, नवजात शिशु, माइला काका।
खराब पात्र: जगतमान, बिनोद, सांसदको पिए र अन्य कार्यकर्ता
निष्कर्ष र सिफारिस :
यो पुस्तक पढ्नको लागि एक राम्रो पुस्तक हो । यसले वास्तवमै राम्रो कथावस्तु देखाउँछ र हामीलाई दुर्गम क्षेत्रमा बसेका मानिसका दु:ख देखाउँछ। यस उपन्यासका पात्रहरू र परिवेश राम्रा थिए । यस कथामा केही मन नपरेका कुराहरू भनेको पात्रहरूको उमेरको तालमेल नमिलेको छ । यो किताबमा अलिकति चित्रहरू राखिदिएको भए झन् आकर्षक देखिन्थ्यो । यस पुस्तकमा प्रयोग गरिएका शब्दहरू बुझ्न सजिलो थियो र यो किताबको लेखन पनि सरल छ। पात्रहरूको भूमिका पनि राम्रो थियो । सबैको नाटक राम्रो थियो । अन्तिममा यो पुस्तक धेरै राम्रो र जानकारी दिने थियो र म यो पुस्तक १०-१४ बर्षक मानिसलाई सिफारिस गर्छु किनभने यो नाटक सङ्ग्रह उनीहरूलाई बुझ्न सजिलो, रमाइलो हुन्छ र राम्रो जानकारी दिन्छ।
नाम : परिधि पन्त
कक्षा : ७ “नुम्बुर”
डियरवाक सिफल स्कुल
Liked by: