Parewa Ra Baj | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

छन्द कविताकाे सँगालाेः परेवा र बाज




   प्रनिश खनाल - Jul 04 2023

परिचय:
‘परेवा र बाज’ नामक कविता सङ्ग्रह, लेखक वासुदेव पाण्डेय हुन् । यो पुस्तक पहिलो पटक २०७८ वर्षमा प्रकाशित भएको थियो । यो कविता सङ्ग्रहको प्रकाशक साझा प्रकाशन हो । सङ्ग्रहमा कविले राष्ट्रियता, सामाजिकता, सांस्कृतिक, धार्मिक, आध्यात्मिकता, प्राकृतिक र मानवीय विषयहरूमा कविताहरू लेखेका छन् । सङ्ग्रहमा ६० कविताहरू विभिन्न छन्दहरूमा रचिएका छन् ।

विषयवस्तु:
कवि प्रभाकरले यस कविता सङ्ग्रहमा समावेश गरेका ६० कविताहरूले बोकेको मुख्य भाव भने सामाजिकता तथा राष्ट्रियतासँग सम्बन्धित छन् । सर्वप्रथम त कविले अभिलाषा नामक कवितामा राष्ट्रप्रति र जनताप्रति आफ्नो अभिलाषा व्यक्त गरेका छन् । जनतामा हुनुपर्ने गुणको पनि महिमागान यस कवितामा गरिएको छ ।
त्यस्तै "सिर्जन सामर्थ्य" शीर्षकको कविता मानिसहरूको सिर्जन सामर्थ्यको आदर्श कस्तो हुनुपर्छ भन्ने विषयवस्तुमा आधारित छ ।
"शक्ति" शीर्षकको कविता भने मानिसको बौद्धिक क्षमता र शारीरिक क्षमताको तुलना गर्दै रचना गरिएको छ।
"लाचारी" शीर्षकको कवितामा भने आजको समाजमा राजनिति तथा सामाजिक बनोटमा देखापर्ने लाचार अवस्थाको बखान गरिएको छ ।
"नेपाल नन्दन" नामक कवितामा गरिएको छ । नेपाल स्वर्ग बराबर रहेको र नेपालकाे मनमोहक वर्णन कवितामा पाइन्छ ।

‘राष्ट्रिय चिन्तन’ शीर्षकको कवितामा पनि नेपालकै महिमा गान गरेको पाउन सकिन्छ । त्यस लगायत नै "देशभक्ति", "बुद्ध परेवा र देश", "अनुपम धर्ती ", "हिमभैरव" जस्ता कविताहरू सम्पूर्णमा नेपाल देश, मातृभूमि , प्राकृतिक गन्थन र देशभक्तिको भाव प्रस्तुत गरिएको पाइन्छ। साथसाथै कवि प्रभाकरले "दलनको चलन", "श्रमिक पुकार", "अद्भूतिकता ", "उपेक्षा" जस्ता कविताहरूमार्फत आजको समाजको सामाजिक अवस्था तथा हुनुपर्ने आदर्शवादी समाजको भाव मुख्यतः पेश गरेका छन् ।

यसरी विभिन्न शीर्षकका अनेकौं कविताहरूमार्फत यस कविता सङ्ग्रहले राष्ट्रियता र सामाजिक नैतिकता उजागर गर्ने प्रयास गरेको पनि पाइन्छ । साथसाथै सङ्ग्रहमा प्रेरणदायी राष्ट्रिय व्यक्तित्वको पनि उल्लेख गरिएको छ ।

निष्कर्ष:
"परेवा र बाज" कविता सङ्ग्रहमा विभिन्न छन्दमा रचित कविताहरू छन् जसमा राष्ट्रिय, सामाजिक, सांस्कृतिक, नैतिक, धार्मिक, आध्यात्मिक, प्राकृतिक, तथा मानवीय विषयबस्तु समावेश गरिएको छ। यो कविता सङ्ग्रह देशभक्तिपूर्ण र भावले भरिएका कविताहरू अन्तर्गत समावेश गर्दछ । यो सङ्ग्रहमा प्रकाशित कविताहरूले हाम्रो नेपाली पहिचान बचाउन देशको सेवा गर्दा अमर पारेर मात्रै जोगाउन सकिन्छ भन्नेको भावना व्यक्त गर्दछ । यस कविता सङ्ग्रहले नै नभएर हाम्रो समाजको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छ ।
अत: "म नेपाली मेरो परिचय छ के देश नभए,
        कहाँ बाँचौला खै चयनले देश नरहे ?
        सके आमा तिम्रो ऋण सकल भुक्तान म गरूँ
        नसक्दा बॉकी तमसुक बनाईकन मरू "

भन्ने सन्देश दिँदै कवि वासुदेव पाण्डेय 'प्रभाकर ' ले उत्कृष्ट कविता सङ्ग्रह परेवा र बाज तयार गरेका छन् । मलाई, व्यक्तिगत रूपमा यस कविता सङ्ग्रहमा पेश गरिएको सामाजिक सन्देश तथा राष्ट्रियताको भाव निकै राम्रो लाग्यो र सबैलाई यो किताब पढ्ने सुझाव दिन चाहन्छु ।

प्रनिश खनाल
कक्षा १२ ‘पाङ्‌बोचे’
डियरवाक सिफल स्कुल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.