विषयप्रवेश
‘अर्काे भाेर’ कथाकार केशवराज ज्ञवालीद्वारा लेखिएकाे उत्कृष्ट कथा सङ्ग्रह हाे । २२७ पृष्ठकाे यस कथासङ्ग्रहमा रङ्गभेद, वर्गीय विभेद, जातीय विभेद, वैदेशिक राेजगार, विपत्तिमा आइपर्ने दुःख, महिला हिंसा, भ्रुण हत्या, लैङ्गिक भेदभाव, पर्यावरणीय न्याय, युवा अवस्थामा हुने प्रेम, परिवारकाे विछाेड हुँदाकाे पीडा, माओवादी द्वन्द, बहुविवाह आादि जस्ता समाजिक समस्या समेटिएका १४ वटा कथाहरू सङ्गृहीत छन् ।
विषयवस्तुः
तिन बराबर पाँचः
यस कथामा रङ्गभेद, वर्गीय विभेद र जातीय विभेदका कुरालाई देखाउन खाेजिएकाे छ। कथित माथिल्लाे जातसँग तल्लाे जातले प्रेम वा विवाह गर्नु समाजकाे मूल्यमान्यता विपरीत हाे भन्ने कुरालाई यस कथाले वर्णन गर्दै शक्ति र पहुँच अगाडि सत्य कुरा पनि झुटाे हुन्छ भन्ने कुरा देखाउन खाेजेकाे छ । विकासन्मुख देशमा मात्र नभएर विकसित देशमा पनि रङ्गभेद र जातीय विभेद हुन्छ भन्ने कुरालाई मार्काेस पात्रबाट देखाउन खाेजिएकाे छ । यति मात्र नभएर विकासाेन्मुख मुलुकबाट विकसित मुलुकमा युवाहरू डि.भी का नाममा पलायन हुँदै गएका घटनाहरू र आफ्नाे परिवारसँग सुख दुःखमा सँगै बस्न नपाएकाे घटनालाई पनि यस कथाले देखाउन खाेजेकाे छ।
रामकथा
यस कथाकाे विषयवस्तु मानिसहरू गाउँँबाट सहर बसाइसराइ गरेर गए पनि मन भने गाउँँमा नै हुने, गाउँँका मानिसकाे मन सफा, सहयाेगी हुने विषयमा रहेकाे छ। यसका साथै महिला र पुरुषबिचकाे सामाजिक असमानताका कुरालाई पनि सीताकाे सानैमा विवाह भएकाे प्रसङ्गबाट देखाउन खाेजिएकाे छ। यस कथामा राम र सीता पात्रकाे निर्माणबाट नेपालमा भएकाे १२ वर्षे सशस्त्र द्वन्दका कारण युवाहरू गाउँँमा बस्न नसकी विदेश र खाडी मुलुक जानुपर्ने बाध्यतालाई देखाउन खाेजेकाे छ। प्रेम विवाह गरेका जाेडीहरू पनि परिवारकाे सुखका लागि छुट्टिएर बस्नुपर्ने, श्रीमती श्रीमान्काे पर्खाइमा वर्षाैँ बस्नुपर्ने बाध्यतालाई पनि देखाउन खाेजेकाे छ ।
मास्क
काेराेना कहरमा ज्यालादारी र श्रमिक महिला जसले भूकम्पमा आफ्नाे सम्पूर्ण गुमाएर जीवन पाल्न सहर आउँदाका व्यथा यस कथामा उल्लेख छ । जहाँ राम्राे काम गर्छुभन्दा पनि समाजकाे कुसंस्कार र महिलालाई हेर्ने दृष्टिकाेणले गर्दा देहव्यापार गर्नु परेकाे वास्तविकता उल्लेख छ । यस कथाकी उसलाई परेकाे भूकम्पकाे पीडा र सहरमा पसेपछिकाे काेराेनाकाे पीडालाई कथाकारले यस कथामा देखाउन खाेजेका छन् । २०७२ काे भूकम्पले उसकाे घर भत्किएर श्रीमान्काे मृत्युपछि छाेरालाई काठमाण्डाैँ सहरमा जेनतेन भाँडा माझेर नै भए पनि हुर्काउने आशामा सहर पसेकी ऊ पात्र सहरका विभिन्न व्यथाहरूले पिराेलिन्छे ।
कसैकाे घरमा भाडा माेलेर जिउने आश गर्दा साहुले बलात्कारकाे प्रयास गर्छ । आफ्नाे इज्जत जाेगाउँन पाएकाे काम छाेडेर कामकाे खाेजीमा ऊ पात्र निस्कन्छे तर कतै केही काम नपाएपछि साथीहरूकाे सहयाेगले देहव्यापारकै काम राेज्न बाध्य हुन्छे । तर नियतिले काेराेना जस्ताे महामारी राेग फैलिएर उसकाे काम राेकिन्छ । काम कतै नपाएपछि घरमा खाने कुराकाे पनि समस्या हुन्छ । एक दिन उसले राहत बितरणकाे समाचार सुन्छे र आफ्ना रहरलाई खुसीमा बदल्दै छाेरालाई छिमेकी दिदीकाे घरमा छाेडी राहतकाे लाइनमा बस्न पुग्छे, तर त्यहाँ राहत लिनकाे लागि पेसा र विस्तृत जानकारी खाेजिन्छ । उसकाे न त पेसा हुन्छ न त विस्तृत जानकारी नै । जब राहत बितरकले ऊ देहव्यापारी हाे भन्ने थाहा पाउँछ राहतसम्म दिँदैन बरू एक छाक खाना खाएर जान सक्ने बताउँछ । ऊ दिक्दार हुन्छे, काेठा रित्तै भएका बाेरा र भाँडा र भएकाे छाेराे सम्झन्छे । काेठाबाट उसलाई फाेन आउँछ र दिदीले भन्छिन्, “छाेराे बाेल्याे”। ऊ खुसी भई, तर छाेरालाई खुवाउन उसँग केही थिएन र ऊ वाध्यताले ग्राहक नै खाेज्छे । अगिसम्म राहत छैन भन्ने मान्छेले राहतकाे पाेकाे दिने लाेभ देखाई । उसलाई भेट्ने म्यासेज गर्छ जुन कुराले उसलाई दिक्क बनाउँछ । यस कथाले मानिसहरू आफ्नाे स्वार्थका लागि अरूकाे वाध्यतासँग खेल्वाड गर्दछन् भन्ने विषय उजागर गरेकाे छ ।
उज्यालाे : यउटा प्रस्थान बिन्दु
हाम्राे समाजले छाेरा र छाेरीलाई हेर्ने दृष्टिकाेण, दुईबिच गरिने विभेद र पितृसत्तात्मक साेचकाे आवरणलाई व्याख्या गरेकाे छ । यस कथामा गर्भाधारण प्रक्रियादेखि नै छाेरी जन्माउने वा छाेरा जन्माउने भन्ने निर्णयमा पुरुष वा बाबुकाे निर्णय हुन्छ । सन्तान जन्माउँदा छाेरा नै चाहिन्छ भन्ने साेच रहन्छ, भ्रुणकाे हत्या गर्ने चलनलाई कथाकारले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । आफ्नाे सन्तान जन्माउने कि नजन्माउने भन्ने अधिकार आमालाई हुनुपर्छ नकि बाबुलाई । याे कुरालाई पनि यस कथाले देखाउन खाेजेकाे छ । हाम्राे समाजमा छाेरा भए राम्राे र छाेरीलाई नराम्राे मान्ने चलन छ । त्यही कुरालाई यस कथामा कथाकारले देखाएका छन् । यस्ताे विभेदकारी साेचलाई आमा पात्रले अस्वीकार गरी आफ्नाे सन्तान जन्माउने निर्णय गरी मातृत्वकाे भावना उजागर गरिएकाे छ । यस कथामा डाक्टर र नर्स जस्ताे सेवामूलक पेसामा व्यवसायिक साेच भएकाे देखाएकाे छ । यति मात्र हाेइन यस कथामा एउटा भ्रुणमा पनि भावना हुने र त्यसमा आफ्ना अभिभावककाे निर्णयले जन्मन सक्ने वा नसक्ने भन्ने कुरालाई देखाइएकाे छ । बाबुकाे निर्णयमा आफू मर्न आँटेकाे भ्रुणले आमाकाे दृण निर्णयले संसार देख्न पाउने रहरले उज्यालाे ल्याएकाे कुरा यस कथामा देखाउन खाेजेकाे छ ।
रुख र चराहरू
मानिसहरूकाे बसाेबासले बढाएकाे सहरीकरणका कारण दिनहुँ जसाे काटिने रुख र त्याे रुखमा गुँड बनाई बस्ने चराहरूकाे जीवनकथा यस कथामा प्रस्तुत गरिएकाे छ । यस कथामा रुखलाई मानिसकाे जीवनसँग दाँजेर हेरिएकाे छ । कथामा जसरी मानिसकाे मृत्युपछि आर्यघाट लगिन्छ, त्यसैगरी रुखलाई पनि उसकाे जीवन समाप्त भएपछि जलाउन समासनघाट लगेर जलाएकाे परिदृश्यबाट जन्म र मृत्यु सत्य हाे । बाँचुन्जेल सबैले सबैकाे राम्राे गर्न सक्याे भने सबैकाे भलाे हुन्छ । जसरी रुखले चराहरूलाई उसकाे गुँड बनाउन दिएर त्यहाँ सन्तान जन्माउँछन् र रुखले तिनीहरूलाई आफ्नाे सन्तान जस्तै माया गर्छ, तर रुख बुढाे हुँदै जाँदा उसका पात झर्छन्, हाँगा भाँचिन्छ, चराहरूले पनि रुखलाई छाेडेर जान्छन् । यस किसिमकाे परिदृष्यबाट रुख र चरा जसरी छुट्टिन्छन् । मानिसकाे जीवन पनि त्यस्तै हुन्छ भन्ने कुरा यस कथामा बताइएकाे छ ।
लय
यस कथामा प्रेमकाे लय, नसाकाे लय, गीतकाे लय र नृत्यकाे लयले दिने भावना र यादहरूकाे वर्णन गरिएकाे छ । हामीले केही काम गर्दा त्यसकाे लय बुझेनाैँ भने त्यसकाे केही पनि अर्थ हुँदैन भन्ने कुरालाई कथाकारले यस कथामा देखाएका छन् । एक अर्काकाे जीवनकथा फरक भए पनि मनबाटै त्यसकाे भाव र लय बुझ्याे भने हामीले एकअर्काकाे सुख, दुःख, पीडाजस्ता भावनालाई बुझी त्यसकाे समाधान गर्न सक्ने कुरालाई कथाकारले कृष्टि र कुशलकाे माध्यमबाट देखाएका छन् ।
एक्वारियम
गाउँँका मानिसहरू आफ्ना सन्तानसँगै बस्ने रहरमा अमेरिका पुग्छन् तर त्यहाँकाे संस्कृति, रहनसहन, वेशभूषा आफूसँग मिल्दैन जसले गर्दा उनीहरूकाे जीवन असहज हुन्छ । उनीहरू सन्तानसँग समय बिताउन पाउँदैनन् । यस कथामा अमेरिकामा काम नगरी खान नमिल्ने कारणले सन्तानहरूले आमालाई समय दिन सक्दैनन् । जसले गर्दा आमालाई दिन बिताउन गाह्राे हन्छ । सन्तानले आमाकाे चहाना बुझ्दैनन् । आफूले समय दिनुकाे सट्टा कृतिम वस्तुकाे सहारामा आमालाई दिन बिताउने माध्यम बनाइदिन्छन् । जसले गर्दा आमाले आफूलाई एक्वारियममा थुनिएकाे माछा समान भएकाे महसुस गर्दछिन् । जसरी एक्वारियममा माछा मर्दछ, आफू पनि त्यसरी नै एक्लै मर्छु हाेला भन्ने कल्पनाले पिराेलिन्छिन् ।
यस कथामा कथाकारले सहरकाे व्यस्तता र आफन्तहरूलाई दिने समयकाे कुरा र व्यवहारका कुरा देखाउन खाेजेका छन् ।
सुगन्ध
यस कथामा कथाकारले प्रेमलाई वसन्तमा फुल्ने फूलहरूकाे सुगन्धसँग तुलना गरेका छन्। प्रेममा हुँदा मान्छे फूलकाे मिठाे सुगन्धमा लठ्ठिए जस्तै मग्न हुन्छ। प्रेमकाे लागि मान्छेले आफ्नाे परिवारसमेत त्याग्न सक्ने कुरालाई पनि यस कथामा देखाइएकाे छ ।
खत
विदेश भएका नेपालीका परिवारकाे विछाेड हुँदाकाे पीडा, दुःख र आमामर्दा श्रवणले भाेगेकाे भाेगाइलाई खत कथाले देखाउन खाेजेकाे छ । श्रवणले अमेरिका बस्नका लागि कति धेरै झुट बाेलेर ग्रिनकार्डका लागि निवेदनसमेत दिएकाे हुन्छ । उसका धेरै दुःखका दिनपछि त्यहाँ राम्राे कमाइ हुन थालेकाे हुन्छ । घरका बाबुआमा पनि खुसी नै हुन्छन्, तर एक दिन श्रवणकी आमाकाे मृत्यु भएकाे खबर आउँछ । ऊ असाध्यै पिराेलिन्छ । उसकाे अमेरिकामा आफ्नी आमा मरेकाे कुरा पाेख्ने मान्छे पाउँदैन, रुन पाउँदैन । काम मै बस्नुपर्छ । नेपाली संस्कारअनुसार मृत्युकर्म गर्न पाउँदैन । ऊ एक्लाे हुन्छ र अन्त्यमा २ वर्षपछि नेपाल फर्कने निधाे गर्छ ।
मिल्खु
माओवादी द्वन्द कालमा नागरिक, प्रहरी, सैनिक र माओवादीबिच भएकाे व्यथालाई यस कथाले देखाउन खाेजेकाे छ । यस कथामा मिल्खु नाम गरेकाे पात्र सैनिक थियाे । माओवादी द्वन्द कालमा सैनिक र माओवादीका कारण गाउँँमा मानिसहरूलाई सहज रूपमा बस्न, काम गर्न, हिँडडुल गर्न गाह्राे थियाे । विकासका कामहरू गर्न पनि असजिलाे थियाे । माओवादी पक्षले स्थानीय नागरिकहरूलाई सैनिकका मान्छे हुन् भनी शङ्का गर्दथे भने सैनिकहरू माओवादीका मान्छे भनी दुःख दिने, यातना दिने, बेपत्ता पार्ने, मार्ने गर्दथे । हिँडडुलमा पनि राेक लगाउँँथे ।
काकबन्ध्या
एउटा महिलाकाे जीवनमा के के घटनाहरू घट्छन् र महिलाले भाेग्नु परेका सामाजिक कुसंस्कारलाई लाैरी बजैकाे जीवन कहानीबाट कथाकारले देखाउन खाेजेका छन् । बालविवाह, छाेरी जन्माउनकाे अवहेलना, श्रीमान्ले अर्काे विवाह गरेकाे, सन्तानले छाेडेर एक्लै बस्नु परेकाे र आत्महत्या गरेकाे कुरा यस कथामा बताइएकाे छ ।
परस्युइट अफ ह्यापिनेस
यस कथामा बाहिरबाट हेर्दा अमेरिका जस्ताे छ । त्यहाँ पुगेपछिकाे जीवन साेचेभन्दा कठिन हुन्छ भन्ने कुरा देखाउन खाेजिएकाे छ । अमेरिकी स्वतन्त्रताकाे घाेषणाले एउटा नेपाली त्यहाँकाे सुख भाेग गर्ने लाेभले आफ्नाे परिवारसहित त्यहाँ पुगेकाे हुन्छ तर त्यहाँ दिनहुँ काम नगरी जीवन जिउन कठिन हुन्छ भन्ने कुरा एक नेपालीले अमेरिकाकाे प्रेसिडेन्टकाे तस्बिरसँग गरेकाे कुराकानीमा उल्लेख गरिएकाे छ ।
बेजुबान
यस कथामा सामाजिक सन्जालमार्फत नचिनेकाे व्यक्तिसँग कुराकानी कस्ताे खालकाे कानुनी समस्या आइपर्छ र अर्काकाे देशकाे कानुनअनुसार कारवाहीमा परिन्छ भन्ने कुरा देखाउन खाेजिएकाे छ । कसैले पनि जाेसुकै व्यक्तिसँग याैनका कुरा र याैन सम्पर्ग गर्नु हुँदैन भन्ने कुरा पनि देखाइएकाे छ ।
निष्कर्ष :
सरल भाषामा लेखिएकाे याे कथासङ्ग्रह समसामयिक र ज्ञानवर्द्धक रहेकाे छ । याे कथा सङ्ग्रहका कथामा उल्लेख गरिएका कतिपय भनाइ र तथ्यहरू मलाई मन छुने लागे । जस्तैः ‘सुगन्ध’ कथाबाट, “सुन्दर फूलकाे एक लहर सुगन्ध जसरी उठेकाे थियाे, त्यसरी नै खस्याे” । याे कथासङ्ग्रहमा बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकहरूलाईसमेत ज्ञान दिने भएकाले म याे पुस्तक अरूलाई पनि पढ्न सिफारिस गर्दछु ।
सुप्रभ आचार्य
कक्षा ९ ‘सैपाल’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : ‘अर्काे भाेर’
Liked by: