Pustak Samiiksha Amuulya Upahar | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षा: अमूल्य उपहार




   प्रतीक डङ्गाेल - Sep 16 2022

अमूल्य उपहार कथा सङ्ग्रह विजय चालिसे र जनकप्रसाद हुमागाईले लेखेका हुन। कथा सङ्ग्रहमा चित्रहरू बनाउने काम श्रीहरी श्रेष्ठले गरेको हुन् । यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्क्रम विकास केन्द्रले प्रकाशन भएको हाे । कथा सङ्ग्रहमा दसवटा रमाइला रमाइला बाल कथाहरू छ्न् ।

विषयवस्तु:
कथाहरू:
दिपककाे काठमाडौँ यात्रा:

कथा सङ्ग्रहकाे पहिलाे कथामा दिपकले आफ्नो हजुरबासँग हिउँदको छुट्टीमा काठमाडौँ जाने कुरा गरे । हजुरबाले पनि हुन्छ भने । पुस लागेपछि दिपककाे छुट्टी पनि भयो । हजुरबाले फलेका सबै सुन्तला टिपी गाडीमा हाले । त्यही गाडीमा दीपक र हजुरबा बसी काठमाडौँतिर लागे। दिपक रमाइला दृश्यहरू हेर्दै काठमाणडौँको दक्षिण दिशामा अवस्थित बल्खुको फलफुल बजारमा पुगे । त्यहाँ सबै सुन्तला बेचेर दुबै कालिमाटीमा तरकारी बजारतिर गए । हजुरबाले कसरी कष्टमा परेर भए पनि सुन्तला खेती सुरु गरे भन्न थाले । उनलाई अहिले सबैले सुन्तला बाजे भन्छन् । उनले नै गाउँमा पहिले गरिबी हटाउन कम गर्न सुन्तला खेती गरेका रहेछन् । पहिले मानिसहरूले फलफुल खेती गरेर बेच्न नराम्रो मान्थे र नानाथरी कुरा भन्थे हजुरबालाई। पछि उनकै प्रगति देखेर सबैले खेती सुन्तला खेती सुरु गरेका रहेछन् । त्यसपछि उनीहरू हजुरबाका इष्टमित्र कहाँ गए । पेटीमा एक व्यक्तिले च्याउ बेच्दै थियो । एउटा मानिसले चार झोला च्याउ किनी लाग्यो। व्यापारीले त्यो पेसा बेच्न बाँकी भएका च्याउमा छोयो अनि ढोकेर गोजिमा राख्ने। दिपकले त्यो देखेर हजुरबालाई सोधे। हजुरबाले च्याउ धेरै बिक्री हुँदैन र बिक्री होला भनेर। अर्को दिन घुम्न गए र त्यसपछि आफ्नो घर गए ।

रमाइलो दण्ड:
काठमाडौँमा एउटा बाजा पसल थियो । पसलको मालिक धेरै राम्रो थियो । मालिक आफै सङ्गीतको उस्ताद थिए अनि बिहान र बेलुका अरुलाई सिकाउँथे । एउटा केटा सधैँ पसलमा रहेको बाजाहरू हेरिरहन्थ्याे । उस्तादले सोधे किन तिमी सधैँ यहाँ उभिन्छौ ? केटाले भन्याे, “मलाई सङ्गीत सिक्ने धेरै रहर छ तर बाआमासँग सुल्क तिर्ने पेसा छैन।” उस्तादले मसँग सङ्गत सिक्न आऊ भने । उसले हार्मोनियम धेरै मिहिनेतसँग सिके। केटाले उस्तादलाई भने मलाई छिट्टै साँचो दिनु म पसल खोलेर सफा गर्छु । उनले हुन्छ भने । केटाले एक घन्टाअगाडि पसल खोल्थ्यो। उस्ताद जाँदा पसल सफा हुन्थ्यो। एकदिन उस्ताद छिटो जाँदा पसल केटाले हार्मोनियम बजाउँदै रहेछ । केटा डरायो अनि माफी माग्यो । उस्तादले सजाय भन्दै हार्मोनियम उपहार दिए ।

कन्ठे कागको घमण्ड:
नर्वदाको टोलमा एउटा धवल थियो । त्यहाँ धेरै काग परेवाहरू थिए सबै आफ्नै बथानमा बस्थ्यो । एउटा घाँटीमा सेतो पेटीजस्तो भएको काग थियो । त्याे कागलाई सबैले कन्ठे काग भनेर चिन्थे । कन्ठे काग घमण्डी थियो र सबैलाई दु:ख दिन्थ्यो। परेवाहरू र उनका बच्चालाई पनि दु:ख दिन्थ्यो । एक दिन परेवाहरूलाई पनि दु:ख दिन्थे । एक दिन परेवाहरूले बचाउ गर्न खोज्दा कन्ठे कागले आफ्नो पखेटा गुमायो । त्यहाँ अरू कागहरू आए र के भयो भनेर सोधे । कन्ठे कागले आफू निर्दोष भएको साबित गर्न खोज्यो । परेवाले पनि पनि आफ्नो कुरा राख्यो। कुरा गम्भीर भएकाले अदालत जस्तै रखे। दुबै पक्षले आफ्नो कुरा राख्यो। कन्ठे काग गलत भएको कुरा अगाडि आयो। दुबै पक्ष मिल्ने कुरा आयो । कन्ठे कागले नमिल्ने भन्यो । परेवाले हामी मिल्न तयार छाैँ तर यो कागले हामीलाई दु:ख नदेओस् भन्यो । कागहरूले कन्ठे कागलाई धेरै सम्झाए । कन्ठे कागले अन्त्यमा मिल्न तयार भयाे र पछुतो पनि भो ।

अमूल्य उपहार:
सबिना, सङ्गीता र राजन भाइबहिनी थिए । तिनै जना धेरै मिहिनेती थिए । उनीहरूले आआफ्नाे खुत्रुकेमा खाजाको पैसा बचाएर राख्थे । पर्सि आमाको जन्मदिन थियो । तिनै जनाले उपहार दिने निधो गरे । सङ्गिताले किताब किन्ने, राजनले घडी र सबिनले मिठाइ किने । पर्सि उनीहरूले आमालाई मदत गरे । खाना पाकेपछि खाना खान बसे । उनीहरूले आआफ्नो उपहार ल्याए र जन्म दिनकाे शुभकामना भन्दै आमालाई दिए । आमा धेरै खुसी भइन्। सबिन र राजनले सोधे कुन उपहार सबैभन्दा राम्रो र बहुमूल्य छ ? आमाले भनिन् मिठाइ खाउँञ्जेलसम्म मात्र मीठो हुन्छ। घडीले समय देखाउँछ तर एक समयमा गएर बिग्रिरिन्छ तर किताबले देको ज्ञान सधैँ काम लाग्छ ।

साधु खरायो:
एउटा जङ्गलको कुटीभित्र एउटा खरायो बस्थ्यो । त्यो खरायो सही गलत प्रशस्त भन्न सकेकाले सबैले खरायोलाई साधु खरायोले आँपको भाउ खोजेर ल्यानु भने । चेलोले बजार गएर दस रुपियाँ भन्यो । साधुले महङ्गाे रहेछ होस् भन्नुभयो । एकदुई दिनपछि भाउ बिस रुपिया रहेछ चेलोले भन्यो । साधुले दोब्बर सस्तो छ ल्याऊ भन्नुभयो। साधुले दोब्बर सस्तो छ तर ल्याऊ भन्नुभयाे । चेलोले ल्यायो तर सस्तोलाई मङ्गो र मङ्गोलाई सस्तो भन्नुभएकोले धेरै सोच्यो। चिन्तामा ऊ दुब्लो भयाे । साधुले धेरै सोधेपछि उसले सबै भन्यो । साधुले भने त्यस्तो केही होइन । दस रुपिया भाउ हुँदा मसँग पाँच रुपियाँ थियो र बिस रुपियाँ हुँदा मसँग चालिस रुपियाँ थियो । त्यही भएर सस्तो र महङ्गाे भनेको ।

असल मित्र
कपुर र चन्दन दुबै मिल्ने साथी थिए । दुबै एकअर्कालाई भनेर काम गर्थे। दुबैजना पढाइ खेलकुद सबैमा राम्रा थिए र आफ्नो काम समयमा गर्थे । कपुर पढेर डाक्टर र चन्दन इन्जिनियर बन्न चाहन्थ्यो । एक दिन चन्दन क्याम्पस गएन र यसरी त जीवन विकास हुनै सक्दैन भनेर सोच्दै बस्यो। बाआमालाई सन्चो छैन त्यही भएर क्याम्पस गइनँ । भरे कपुर आएर सोध्यो तर चन्दन बोलेन । धेरै सोधेपछि उसले आफ्ना व्यथाहरू सुनायो । कपुरले कुरा बुझ्यो र उसले सम्झाउन खोज्यो। घर बसेर केही हुने छैन उल्टो सबैलाई पिर पर्छ । तिमीजस्तै मानिसहरूले मिहिनेत गर्‍याै भने मात्र देशकाे विकास हुन्छ। धेरै सम्झाएपछि उसले सत्य कुरा मनन गर्‍याे ।

परिश्रम नै तपस्या:
एकादेशमा जानुश्रुती नाम गरेका एक जना राजा थिए । उनले एउटा भोजनालयकाे निर्माण गर्न लगाएर सबैलाई निशूल्क खाना दिने आज्ञा दिए। जो आए पनि नखाईकन जान नदिनू भनी आज्ञा दिए । एक दिन एक ऋषि आए । उनलाई धेरै दक्षिणा लिनू र भोजन गरेर जानू भने तर उनले मानेनन् । यो कुरा राजा कहाँ पुग्यो । राजा र भोजन घरको कर्मचारी आश्रम ऋषिलाई भेट्न पुगे । ऋषि बगैँचामा काम गर्दै थिए जुन राजालाई अनौठो लाग्यो । राजाले उनलाई बहुमूल्य दक्षिणा दिन खोजे तर उनले मबिना मिहिनेत केही लिदिनँ, यसले मलाई अल्छी बनाउँछ भने । राजा, यो कुरा सुनेर नयाँ व्यवस्था गर्नतिर लागे । नयाँ व्यवस्थामा जो मानिस अशक्त, बिरामी, वृद्धहरू छन्, तिनले मात्र अब निशूल्क भाेजन पाउने छन् ।

ठग समातियो:
विक्रम र विराज आफ्नो काम आफै गर्थे । जहिलै घर समयमा आउँथे । एक दिन विराज घर आउन समय लाग्यो । आमा चिन्तित हुनभयाे । एकछिनपछि एउटा केटा आयो र विराटको दुर्घटना भयो भन्याे । अस्पतालमा छ दश हजार छिटो चाहिन्छ रे । मलाई दिनु म छिटो पुर्‍याइदिन्छु भन्यो । विक्रमले त्यस केटालाई कहिल्यै नदेखेकोले शङ्का लाग्यो बिक्रमलाई याद आयो कि दाइले रमेशकाेमा जान्छु र आउँन अबेला हुन्छ भनेको थियो । उसले आमालाई पर्खिनु भनेर रमेशलाई कल गरेर सबै कुर भन्यो । रमेशले घर जान हिडिसक्यो तर दुर्घटना भएकाे छैन जस्तै कुरा भयो । रमेश तुरुन्त विक्रमको घर गयो । विक्रमले प्रहरी काकालाई पनि सबै कुरा बताए र घर बोलाए । काका आए र केटालाई सोध्न थाले अनि त्यतिकैमा विराज आयो र सबै कुरा प्रष्ट भयो । प्राहरीले त्यो केटालाई समाते ।

सडकको महत्व
सगुनका आमाबाबाले मिहिनेत गरी एउटा घर बना ए। घरअगडि बगैँचा पनि बनाए र पर्खाल पनि लगाए । सरकारले त्यहाँ बाटो बन्ने ठाउँहरू खाली गर्ने आदेश दिए । उनीहरूको बगैँचा बिचमा आएका थिए र आफै हटाउने निधो गरे। दुई जनालाई खोजी गर्न लगाए। दुबै जनालाई काम सकिएपछि पैसा दिए तर एकजनालाई सय रुपिया धेरै दिनुभो । सगुनले त्यस बारेमा सोध्यो । उसले राम्ररी काम गरेकाले थप पैसा दिएकाे कुरा बुबाले प्रष्ट पारे । सगुनपछि अलि ठूलो भएपछि काम गर्न थाल्यो र बाटोले गर्दा मोटर ल्याउन सक्यो । एकदिन उसलाई हृदयघात भयाे तर बाटोले गर्दा एकैछिनमा एम्बुलेन्स आयो र उसकाे ज्यान बच्यो । उसले बाटोको महत्व बुझ्यो ।

सबैभन्दा महङ्गो ढुङ्गा
एक जना धनी किसान थिए । उनीसँग एउटा महङ्गो ढुङ्गा थियो । उनले ढुङ्गालाई सुरक्षित तबरले राख्न धेरै पैसा खर्च गरेका थिए । उनले त्यो सबैलाई दिखाउँथे। एक दिन एउटा बुढा किसानलाई देखाए । उनले पत्थरको फाइदा सोधे । धनी किसानले केही छैन भने । उनले भने, यो भन्दा महङ्गो ढुङगा त म देखाउँछु भन्दै आफ्नो गाउँ लगे । त्यहाँ एउटा बुढीआमा जाँतो चलाउँदै थिइन्। बुढा किसानले भने यही हो बहुमूल्य दुङ्गा किनभने यो कसैको जीविका हो र जीवन चलाउन मद्दत गर्छ। धनी किसानले भनेको कुरा बुझे र पत्थर बेचेर गाउँमा प्रगतिको काम गरे ।

निष्कर्ष:
‘अमूल्य उपहार’ दसवटा सामाजिक कथाहरूले बनेकाे कथा सङ्ग्रह हाे । कथामा हाम्रै समाजमा घटेका घटनाहरूलाई विषय बनाई कथाहरू निर्माण गरिएकाे छ । कथाले समाजमा विभिन्न वर्गका पात्रहरूकाे चरित्रहरूकाे वर्णन पनि गरेकाे छ । कक्षा सातमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि याे कथा सङ्ग्रह उपयुक्त नै छ भन्ने मेराे विचार छ ।

नाम: प्रतीक डङ्गाेल
कक्षा: ८
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.