विषयप्रवेश -
हजुरआमाकाे लाैराे पुस्तक बाल उपन्यास हाे । यसलाई साहित्यकार रामदेव पाण्डेले लेखेका हुन् । यस पुस्तकमा लेखकले बालमनाेविज्ञान र आधुनिक बाबुआमाकाे मनाेविज्ञानलाई केलाएका छन् । यस उपन्यासमा पाण्डेले अहिलेका आधुनिक बन्न खाेज्ने बाबुआमाले परिवारका सदस्यहरू जस्तै छाेराछाेरी र वृद्ध बाबुआमालाई आफ्नाे जीवनकाे बाेझ मानेर उनीहरूबाट टाढा रहन छाेराछाेरीलाई हाेस्टेल राख्ने र आमाबुबालाई वृद्धाश्रम पठाउने कुसंस्कार माथि व्यङ्ग्य गरेका छन् ।
कथावस्तुका लहरहरू -
छायाकाे सपना -
छायाकाे सपना भन्ने पाठमा छायाले आफ्नाे अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन हुने दिन सपनामा आफू परीक्षामा प्रथम भएकाे सपना देखेकाे हजुरआमालाई बताउँदा हजुरआमाले सपनामा देखेकाे कुरा उल्टाे हुने बताउँदै हजुरआमा निराश हुन्छिन् तर छाया साँच्चिकै प्रथम भएर आउँदा हजुरआमाकाे कुरा रुढिबादी साेचमा भएकाे पुष्टि हुन्छ ।
इन्द्रेणी र हाम्राे झन्डा -
इन्द्रेणी र हाम्राे झन्डा भन्ने पाठमा छाया र उसका साथीहरू खेल्दै गर्दा सप्तरङ्गी इन्द्रणी लागेकाे देखेर सबैजना खुसी हुन्छन् । खेलिरहेका छाया र उसका साथीहरू इन्द्रेणी हराएपछि घर तिर जान्छन् र छायाले आफ्नाे घरमा आमाका साथीहरू आएकाे र उनीहरू बिच गफगाफ चलेकाे देख्छिन् । आमाका साथीहरू बिचकाे गफगाफमा छायालाई सहरकाे हाेस्टलमा पढाउन पठाउने सल्लाह दिएकाे सुन्छे । याे छलफल हुँदाहुँदै छायाकी मिस् पनि त्यहाँ आएर छायालाई हाेस्टल पठाउनु ठिक नभएकाे र आफूलाई उनीहरूकाे सल्लाह मन नपरेकाे बताउँदै त्यहाँबाट जान्छिन् तर छायाकी आमालाई उसका साथीहरूकाे सल्लाह मन परेर आफ्नाे श्रीमानसँग सल्लाह गर्ने निधाे गर्छिन् ।
हाेस्टेल बहस -
हाेस्टल बहसमा छायाका बाबु र आमा छायाकाे वार्षिक परीक्षापछि छायालाई सहरकाे हाेस्टेलमा राखी पढाउने कुरामा छलफल गर्छन् । सुरुमा छायाका बुबाले असहमती छायाकी हजुरआमाले पनि विराेध गर्छिन् तर निर्मलाकाे जिताहार व्यवहारले छायालाई सहरकाे हाेस्टलमा राख्ने निधाे गर्दछन् ।
छायाकाे काठमाडाैँ यात्रा -
यस पाठमा छाया आफ्नाे पढाइका लागि बाबुआमाकाे हाेस्टल राख्ने निर्णयमा गाउँबाट सहर जान्छे । उसले बाटामा धेरै गाडीहरू देख्छे, ठाउँठाउँमा मिठा खानेकुरा खाँदै काठमाण्डाैँ पुग्छे । उसलाई काठमाण्डाैँ आफ्नाे गाउँ नजिककाे टिकुरीकाे वन, सल्ला, माैवा र सिमलका अग्ला रुख र टिमुर, घँगारीका झाङ जस्ताे लाग्छ । काठमाण्डाैँ आएर उनीहरू एउटा हाेटलमा बस्छन् र भाेलिपल्ट आफू पढ्ने हाेस्टल जान्छन् । त्यहाँ छायालाई सुरुमा डर लाग्छ तर प्रिन्सिपलसँग गफ गर्दै गएपछि केही सहज भए तापनि उसलाई हाेस्टलमा बाबुआमाले छाेडेर जान लाग्दा नरमाइलाे महसुस हुन्छ र हजुरआमाकाे याद आउँछ ।
सराएँ नाँच -
यस पाठमा सहरकाे हाेस्टलमा बसेकी छाया तिन वर्षपछि दशैँकाे अवसरमा गाउँ आएकी हुन्छे । दशैँकाे बिदामा गाउँ आएकी छाया साथीहरूसँग खेल्न खुसीमन्दै सराएँ नाचकाे तयारी गर्दछन् तर याे नाच केटाहरूले खेल्ने नाच भन्दै गाउँकाे एक काकाले भनेकाे कुरा छायालाई मन पर्दैन । उसलाई केटा र केटी बिच भेदभाव गरेकाे मन पर्दैन । त्यही भएर ती काकालाई चुनाैति दिँदै खेलकाे तयारी गर्दछन् ।
हजुरआमा बाेल्नुभयाे -
यस पाठमा छायाले आफ्नाे घरमा दशैँकाे बेला मिठाे खानेकुरा पकाएर खान लाग्दा हजुरआमा नभएकाे देख्छे र हजुरआमालाई खाेजेर ल्याउन बाबुआमालाई अनुराेध गर्छे । उसकी आमालाई याे कुरा मनपर्दैन तर पनि छायाले हजुरआमा बिना आफू पनि खाना नखाने जिद्दी गर्दछे । त्यसपछि काेठामा थुनेर राखेकी हजुरआमालाई आमा ल्याउँछिन् र छायाले हजुरआमासँगै खाना खान्छे । खाना खाएपछि छाया साथीहरूसँग क्रिकेट खेल्न निस्कन्छे तर उसले तेनिस बल लैजान बिर्सन्छे र फर्किएर घर आउँदा आमाले हजुरआमालाई गाली गरेकाे सुन्छे र हजुरआमाले पनि नडराई आफूलाई हाेस्टल पठाएकाे कुरामा हजुरआमा असहमत भएकाे थाहा पाउँछे तर आमाका कुरामा बुबाले सहमति जनाएकाे तर हजुरआमालाई गाली गरेकाे देखेर छाया दुःखी हुन्छे । त्यही समयमा हजुरआमाले आफ्ना बाबुआमाले आफू छाेरी भएकाे थाहा पाउँदा गरेकाे विवेद पूर्ण व्यवहार हजुरआमाकाे मुखबाट सुन्दछे र नरमाइलाे महसुस गर्छे ।
नरमाइलाे दशैँ -
यस पाठमा हजुरआमाले छाया र उसका बाबुआमाले छाया प्रतिगरेकाे व्यवहारका बारेमा बाेलेकाे कुराले छायालाई हजुरआमाबाट छुट्याएर आफ्नाे काेठा सुताउँदा छायालाई नरमाइलाे लाग्छ र त्यहाँ सुतेकाे बेला आफ्ना बाबुआमाले हजुरआमालाई वृद्धाश्रममा छाेड्ने याेजनाका बारेमा थाहा पाउँछे । उसलाई नरमाइलाे लाग्छ र दशैँ पनि नरमाइलाे हुन्छ ।
हजुरआमा हराउनुभयाे -
छाया दशैँपछि हाेस्टल फर्किए लगतै उसले घरमा फाेन गर्दा हजुरआमा हराएकाे भन्ने कुरा उसकी आमाबाट थाहा पाउँछे तर छायालाई उसका अभिभावकले तिर्थ लैजाने भनी वृद्धाश्रममा लगेर छाेड्ने याेजना थाहा थियाे । यस्ताे याेजना बनाउन मन्त्री शिक्षादेवीले आफ्नी आमालाई वृद्धाश्रममा छाेडेकाे समचारले उसका अभिभावकलाई प्रेरणा मिलेकाे महसुस हुन्छ र ती मन्त्री प्रति छायालाई घृणा हुन्छ ।
छाया भागी -
यस पाठमा छायाकी हजुरआमा हराएकाे कुराले छायालाई पिडा हुन्छ र उसले हाेस्टल छाेड्ने याेजना बनाउँछे र त्यहाँकाे पाले काका भिमसेनसँग सल्लाह गरेर हाेस्टलबाट भाग्छे । ऊ ट्याक्सिमा चडेर पशुपति क्षेत्रकाे वृद्धाश्रममा जान्छे ।
हजुरआमासँग भेट -
भिमसेनकाे सहयाेगबाट हाेस्टेल छाडेकी छायाकाे वृद्धाश्रममा हजुरआमासँग भेट हुन्छ र उसले हजुरआमालाई अनुराेध गर्दै आफू पनि त्यही वृद्धाश्रममा बस्दछे र त्याे कुरा पाले काकालाई भन्छे ।
छायाकाे खाेजतलास -
यस पाठमा छायाले हाेस्टल छाेडेकाे चार दिन पछि घरबाट फाेन आउँदा छाया हाेस्टलबाट हराएकाे थाहा हुन्छ र स्कुल, अन्य अभिभावक र छायाका बाबुआमा बिचमा तनाव हुन्छ र छायाकाे खाेजी कार्य सुरु हुन्छ । उनीहरूले छायाकाे खाेजीका लागि उजुरी दिन्छन् । छाया हराउनुकाे कारण उसकाे अपहरण वा फिराैती वा बेचबिखन हुनसक्ने सङ्का गरिन्छ तर उसकाे कतै पनि पत्ताे लाग्दैन ।
हजुरआमा र छायाकाे खबर -
यस पाठमा छाया हराएकाे धेरै समय पछि उसकाे र हजुरआमाकाे खबर समाचारमा आएकाे बारेमा व्याख्या गरिएकाे छ । यसमा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे दिन मिडियाले छायाकाे हजुरआमा र छायालाई वृद्धाश्रममा भेटेर बनाएकाे रिपाेर्ट प्रशारण गर्दा छायाका अभिभावकले छाया हजुरआमासँग भएकाे थाहा पाउँछन् र छायाले आफ्नाे नाम परिवर्तन गरी हजुरआमासँग बस्न थालेकी हुन्छे । याे कुरा उसका अभिभावकले टिभिबाट थाहा पाई उनीहरू काठमाडाैँतिर यात्रा गर्दछन् ।
आमा र छाेरीसँग भेट -
छायाका अभिभावकले छाया हजुरआमासँग वृद्धाश्रममा भएकाे थाहा पाएपछि आफ्नी आमा र छाेरीलाई भेट्न काठमाडाैँ जान्छन् । पशुपति क्षेत्रकाे वृद्धाश्रममा आमा र छाेरी भएकाे थाहा पाएर त्यहाँ जाँदा उनीहरू मिडिया र पुलिसकाे घेरा भित्र भएकाे देख्छन् र हतारिदै उनीहरूलाई भेट्न जाँदा पुलिसले राेक्छ, जसले गर्दा उनीहरूले ती वृद्धा र बालिका आफ्नी आमा र छाेरी भएकाे बताउँछन्, तर छाया र हजुरआमाले याे कुरा स्वीकार गर्दैनन् र त्यहाँबाट भाग्ने काेसिस गर्छन् तर पुलिसले सबैलाई चाैकी लैजान्छन् ।
पुनर्मिलन -
पुलिस चाैकीमा छाया, हजुरआमा र अभिभावकबिच कुराकानी हुन्छ । धेरै बेरकाे कुराकानीपछि छाया र हजुरआमाले आफूहरू उनीहरूका छाेरी र आमा भएकाे स्वीकार गर्छन्, तर सँगै फर्किएर घर नजाने अडान राख्छन् तर विमल र निर्मलाले माफी मागेपछि र अधिकार कर्मीहरूले अनुराेध गर्दै सम्झाएपछि उनीहरूलाई माफ गर्दै घर फर्कन्छन् । याे कुरा मिडियामा समाचार बन्दछ र छायाले गरेकाे कामले प्रशंसा पाउँछ र उसकाे विद्यालयलाई सरकारी अनुदान प्राप्त भई आधारभूत विद्यालयबाट +२ सम्मकाे स्वीकृति प्राप्त हुन्छ । छायालाई पनि पुरस्कार र सम्मान पाउने याेजना बनेकाे हुन्छ । छाया, मन्त्री शिक्षादेवीबाट सम्मानित हुने निधाे हुन्छ तर शिक्षादेवीलाई छायाले मन पराउँदिनन्, र उनकाे हातबाट दिइने पुरस्कार र सम्मान अस्वीकार गर्दछिन्, किनकि उसकी हजुरआमालाई वृद्धाश्रम छाेड्ने उसका अभिभावककाे याेजना बनाउन उनै मन्त्रीकाे प्रेरणा थियाे भन्ने छायालाई लागेकाे हुन्छ ।
सुखद क्षण -
छायाले मन्त्रीकाे हातबाट पुरस्कार र सम्मान अस्वीकार गरेपछि गाउँलेहरू रिसाएका हुन्छन् । कसैले मन्त्रीलाई अपमान गरेकाे भन्दै छायालाई गाली गर्दछन् भने कतिले छायाका कारण आफ्नाे विद्यालयमा आएकाे अनुदान नपाउने भन्ने सङ्का गर्दछन् तर मिडियाले भने छायाकाे याे साहसलाई प्रकाशन गरी छायाकाे प्रचारप्रसार गरिदिन्छन् । जसका कारणले छायालाई साहसी बालिकाकाे रुपमा चिनायाे । उनीलाई राष्ट्रिय बालप्रतिभा पुरस्कारका लागि सिफारिस गरिन्छ । पुरस्कार बढ्याे र शिक्षादेवीले पनि ५ वर्षदेखि वृद्धाश्रममा राखिएकी आफ्नी आमालाई घर ल्याइन् जुन प्रेरणा छायाकाे थियाे ।
पात्रहरू -
यस उपन्यासमा मानवीय पात्रहरूकाे प्रयाेग गरी समसामहिक घटनालाई वस्तुपरक बनाउने काेसिस गरिएकाे छ । छाया नामकी बालिका यस उपन्यासकी प्रमुख पात्र हुन् भने उनकी हजुरआमा, आमा निर्मला, बाबु विमल, भिमसेन काका, मन्त्री शिक्षादेवी सहायक पात्रका रुपमा आएका छन् । निर्मलाका साथी, छायाका साथी, गाउँका काका, पत्रकार, पुलिस पनि सहायक पात्रका रुपमा देखिन्छन् । माथि उल्लेख गरिएका पात्र मध्ये हजुरआमा, छाया, भिमसेन काका, पत्रकार र पुलिस असल पात्रका रुपमा आएका छन् भने बाँकी पात्रहरू खराब पात्रका रुपमा आएका छन् । यस उपन्यासमा हामी छायालाई यस अर्थमा प्रमुख र असल पात्र भन्न सक्छाैँ कि उनले सँधै हजुरआमाकाे ख्याल राख्दै घरबाट वृद्धाश्रम पुगेकी हजुरआमालाई आफ्नाे बुद्धि र जुक्ति लगाएर पारिवारिक पुनर्मिलन गराइन्। उनले मन्त्री भएकी शिक्षादेवीकाे आँखा खाेल्न सफल भइन्। छायाकाे असल कामले उसकाे गाउँमा भएकाे आधारभूत विद्यालयलाई बाह्र कक्षासम्मकाे स्विकृति प्राप्त गराइन भने आफूले पुरस्कारमा पाएकाे धनराशी हजुरआमाकाे नाममा अक्षयकाेष बनाउने धाेषणा गरेर वृद्धवृद्धा प्रति भावी पुस्ताले सम्मान गर्ने संस्कारकाे थालनी गरेकी छन् । यति मात्र हैन यस उपन्यासमा उल्लेख भएकाे सराएँ नाँचमा गाँउका काकाले याे नाँच केटाहरूले खेल्ने हाे भन्दा त्यसकाे विराेध गरि खेल केटा वा केटीले खेल्ने भन्ने हुदैन याे सामाजिक र सांस्कृतिक विभेद हाे भनि महिलाले पनि ठूला काम गर्न सक्छन्, कुनै काम महिला र पुरूष भएकै आधारमा गर्न हुने र नहुने हुन्न भनि विराेध जनाएर आफूलाई असल पात्र र समाज परिवर्तनकाे बाहककाे रूपमा प्रस्तुत गरेकी छन् ।
परिवेश -
हजुरआमाकाे लाैराे बाल उपन्यासमा स्थलगत परिवेश र अवस्थागत परिवेश पाउन सकिन्छ । यस उपन्यासमा ग्रामीण परिवेशकाे व्याख्या गर्दै सहरी परिवेशमा हुने कुराहरूकाे चर्चा गरिएकाे छ । यहाँ पहाडि परिवेशलाई जनाउने मेवाकाे बाेट, कफीकाे बाेट र टिम्मुरकाे बाेटबकाे चर्चासँगै चराहरूकाे कुराकाे पनि व्याख्या गरिएकाे छ । स्थलगत परिवेशकै रुपमा सन्धीखर्क, काठमाण्डाैंकाे हाेस्टल, पशुपति क्षेत्रकाे वृद्धाश्रम, माइती नेपाल, पुलिस चाैकी, विद्यालय नजिकैकाे सार्वजनिक मन्च पनि रहेका छन् । त्यसैगरी यस उपन्यासकाे अवस्थागत परिवेशकाे रुपमा छायाकाे परिवार जुन ग्रामीण परिवेशमा रहेतापनि सहरन्मुख परिवेशले छाेएकाले पारिवारिक झमेलाबाट उम्किएर स्वतन्त्र जीवन जिउन खाेज्ने छायाकी आमा निर्मलाले सानी छाेरीलाई महँगाे सुल्क तिरेर सहरका हाेस्टलमा र वृद्ध सासुलाई वृद्धाश्रम पठाएर आफू स्वतन्त्र हुन खाेजेकाे घटनाले अहिलेकाे आधुनिक परिवेशलाई उजागर गरेकाे छ भने छायाकी हजुरआमाले नातिनीलाई आफूसगैँ राखेर माया, ममता र संस्कार बालबालिकालाई दिनुपर्ने, छायाले आफ्नि हजुरआमाले आफूलाई माया गर्ने र परिवारकै जेष्ठ नागरिकलाई वृद्धाश्रम हाेइन घरमै राख्नुपर्ने कुरालाई प्रतीकात्मक रुपमा व्याख्या गरिएकाे छ । अवस्थागत परिवेशकै रुपमा भन्दा निर्मला र विमलले आफ्नाे परिवारका सदस्यालाई गरेकाे व्यवहार सङ्गत अनुसारकाे फल भन्ने उखानसँग मिल्न जान्छ जहाँ निर्मलालाई छाेरी हाेस्टल राख्ने र आमा वृद्धाश्रम पठाउने सल्लाह उसका साथीले दिएका हुन्छन् भने विमललाई निर्मलाले उक्साउने काम गरेकी हुन्छिन् ।
निष्कर्ष -
उपन्यासकार रामदेव पाण्डेले लेखेकाे हजुरआमाकाे लाैराे बालउपन्यास जेष्ठ नागरिक र बालबालिकाकाे पक्षमा लेखिएकाे बालसाहित्यिक पुस्तक हाे । यसले अहिलेकाे आधुनिक समाजमा आफू आधुनिक बन्नका लागि आफ्ना बालबालिका र वृद्धवृद्धाहरूलाई गरिने व्यवहार कस्ताे छ भन्ने कुरा सहज र सरल भाषाकाे प्रयाेग गरी व्याख्या गरेएकाे छ । ग्रामीण परिवेशमा हुर्किएका व्यक्तिहरूले सहरी वातावरणकाे नक्कल गर्न खाेज्दा परिवार नै लथालिङ्ग भएकाे कुरालाई निर्मला, छाया, हजुरआमा र निर्मलाका साथीहरूले गरेका व्यवहार र भाेगाइकाे चर्चा गरी बुझाउन खाेजिएकाे छ । याे पुस्तक बालबालिकाका साथै परिवारका अन्य सदस्यहरूका लागी पनि उत्तिकै सान्दर्भिक छ। यसमा एउटा परिवारकाे कथालाई व्याख्या गर्दै घर भित्रकाे परिस्थिति सहज र सरल बनाउन मुख्य अभिभावककाे ठुलाे भूमिका हुन्छ । यदि अभिभावक नै अव्यवहारिक भयाे भने राम्राे परिवार पनि बिग्रन्छ भन्ने कुरालाई निर्मला र विमलकाे व्यवहारबाट देखाउन खाेजिएकाे छ भने सानै भएपनि परिवार मिलाउन सकिन्छ भन्ने कुरा छायाले हजुरआमालाई वृद्धाश्रमबाट फर्काएकाे घटनाले देखाएकाे छ। बुढाबुढीका लागी आफ्ना सन्तान बुढेसकालका सहारा हुनुपर्छ भन्ने कुरालाई व्याख्या गरेकाे याे पुस्तक मलाई मन पर्याे र बालबालिका, किशाेर अवस्थाका केटाकेटी र उनका अभिभावकहरूका लागि सिफारिस गर्दछु।
नाम - सुप्रभ आचार्य
कक्षा - ८ ‘गाैरीशङ्कर’
डियरवाक सिफल स्कुल
Liked by: