सुप्रभ आचार्य · Mar २०, २०२३
हजुरआमाकाे लाैराे पुस्तक बाल उपन्यास हाे । यसलाई साहित्यकार रामदेव पाण्डेले लेखेका हुन् । यस पुस्तकमा लेखकले बालमनाेविज्ञान र आधुनिक बाबुआमाकाे मनाेविज्ञानलाई केलाएका छन् । यस उपन्यासमा पाण्डेले अहिलेका आधुनिक बन्न खाेज्ने बाबुआमाले परिवारका सदस्यहरू जस्तै छाेराछाेरी र वृद्ध बाबुआमालाई आफ्नाे जीवनकाे बाेझ मानेर उनीहरूबाट टाढा रहन छाेराछाेरीलाई हाेस्टेल राख्ने र आमाबुबालाई वृद्धाश्रम पठाउने कुसंस्कार माथि व्यङ्ग्य गरेका छन् ।