Pustak Samiiksha Mr Gaurav | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षाः Mr. गौरव




   संविद ढकाल - Feb 03 2023

परिचयः
प्रस्तुत मिस्टर गौरव कथा राेशन पोख्रेलले लेख्नुभएको हो । ऊहाँका धेरै रचनाहरूमा यो सबैभन्दा रमाइलो ऊपन्यास हो । यस ऊपन्यासका चित्रकार दुजमान चित्रकार हुनुहुन्छ । यसको प्रकाशन काठमाडौँ पब्लिकेसनबाट भएको हो । यसको संस्करण दुईचोटि भैसक्यो । पहिलोपटक २०७४ मा भएको थियो भने दोस्रोपटक २०७६ मा भएको थियो । यसको सम्पादन कविता भन्ने संस्थाबाट भएको हो । यसमा जम्मा ८ वटा भागहरू रहेका छन् । त्यसैगरी यसमा ७९ वटा पानाहरू छन् । यो किताब निकै रमाइलो छ । किनभने यो किताब रमाइला र हसाऊँने शब्दहरूको प्रयोग गरेर बनाइएको छ र यो पढ्नुभन्दा अगाडि पेट मिचिमिची हास्न तयार हुनुपर्छ।

कथावस्तुः
क्रिकेट खेल्दा गौरवको जिग्री शरद जहिल्यै आऊट हुन्छ । ऊ न त बलिङ अथवा ब्याटिङ गर्न सक्छ । न त रन हान्न सक्छ। मिस्टर गौरवलाई जहिले तनाव हुन्छ । आफ्नाे जिग्री भनी माया गरेर मिस्टर गौरव टिममा राख्छ तर ऊसका साथीहरू ऊसलाई टिममा राखेको कारण जहिले गौरवसँग झगडा गर्छन् । तर उसले मर्दा पर्दा सहयोग गर्ने ऊही हो भनेर जहिले टिममा राख्छ। अरु सबै तालतालका हिटलर थिए। सयाैँ हिटलर भए पनि तीनवटा हिटलर चाहिँ मिस्टर गौरवको दिमागमा घुमिरहन्थे । काेही खल्वाट हिटलर, कोही चाहिँ नाकले झुसिलकिरा भएका हिटलर, कोही चाहिँ जिन्दगीमा कहिल्यै कपाल नकोरेका हिटलरहरू । कहिलेकाहीं त उसलाई उनीहरूको हिटलरे पाराले उसलाई निकै रिस उठ्छ । उसको मनमा झट्ट नैतिक सर आउँछन्। रिमोटले गौरवलाई के गरेर बसेको भनेर करायो । घरमा भेट्न आउँदा जतिबेला पनि रिमोट बोक्ने भएको हुनाले सबै साथीहरू मिली विनयको नाम रिमोट राखिदिएका थिए । अब विनयको पालो थियो । अरु अरुभन्दा ऊ खेलमा निकै राम्रो छ । तर त्यही कारणले ऊ निकै घमण्डी छ। त्यतिबेला पनि ऊ निकै चम्किएको थियो । कक्षामा पनि उसलाई धेरैजसो कसैले मन पराउँदैनन्। विनय र शरदको कक्षामा भने जहिले खटपट भइरहन्छ। त्यहीबेला विनयले शरदलाई नराम्रोसँग व्यङ्ग्य लान पनि भ्यायो । शरद रुँलारुँलाजस्ताे गरेर गौरवलाई हेर्यो । तर गौरव भने केही बोल्न सकेन । शरद घरमा जहिले ब्याटिङ सिकिरहेको हुन्छ। तर किन हो कुन्नि ऊ मैदानमा हडबढाइदिन्छ बढाइदिन्छ। यसपाली ब्याटिङमा विनय थियो । अहिले पनि चौका नभन्दै उसले चौका मार्यो। खेल हेर्न बसेका सबैजना उसकाे नाम लिदै चिच्याए । विनय पनि मच्चियो । नाक घिरौंला जस्ता देखिए । जब ऊ घमण्डले फुल्छ ऊस्का नाक घिरौंला जस्तै देखिन्छन्। टन्न विकासे मल खाको विकासे घिरौंलाजस्तै । अर्कोतिर शरद निराश देखिन्थ्यो । ऊ बिनय जस्तो खेलाडी कहिले हुन्छु होला भनेर सोचिरहेको थियो । एक्कासि बलले विनयको नाकै कुच्चियाे। ऊ रन्थनियो। गौरवलाई हाँसो उठेको थियो तर उसले हाँसोलाई थाम्याे । उसका आँखा शैलेशसँग जुधे । उसले त आफ्नो अनुहारकाे हाँसो थाम्नकाे लागि अनुहार नै जल गैँडाकाेजस्तै बनाएको थियो । त्यसपछि गौरवले त झन् हाँसो रोक्नै सकेन । हाँसो ही हि हि हि गर्दै हा हा हा भयो । शैलेश पनि गौरवसँगै हाँस्याे । दुईजनाको हाँसोसँगै अरु थुप्रै हाँसोहरू पनि मिसिए। विनयलाई थोरै ठीक भयो। घर आउँदा क्रिकेट मज्जा सबै हराइसकेको थियो । मिस्टर गौरव ले गाली खानुपर्छ भनेर बुबा घरमा नहुन् भनेको थियो। तर त्यसको उल्टो नै भयो । घरमा गौरवका बुबा चिया खाँदै थिए । मिस्टर गौरव लुसुक्क कोठा भित्र छिर्ने प्रयास गर्यो तर उनका बुबा र गाली गरिहाले । गौरव पनि बुबाको लेक्चर सुनिरहेको र सहीरहेको थियो । घरको लेक्चरमा र विद्यालयको लेक्चरमा त्यति फरक हुँदैन थियो । एउटा मात्र फरक थियो कि विद्यालयको लेक्चर सुन्दासुन्दै टिनीनीनीनीनी घण्टी बज्थ्याे र कक्षा सकिन्थ्यो तर घरमा केको घन्टी ? तर गौरवलाई हेडसरको गफ ठोकाइ लेक्चर सुन्न धेरै मज्जा हुन्थ्यो । त्यसैले उनको तालु उडेको थियो रे । एकादेशमा उनको तालुमा रङ्गीबिरङ्गी कपालहरू थिए रे । प्रधानाध्यापक बन्नको लागि अध्ययन गरेर आउँदा उनको पुरै कपाल खुइलिसकेको थियो रे। स्कुलभित्र छिर्न खोज्दा पाले दाइले चिन्न नसकेर केही समय उनलाई गेटबाहिर नै राखे । अलि हिटलर पारा नदेखाउने हो भने उनी मज्जाका गफाडि थिए । गौरवले मन पर्ने शिक्षा नैतिक सर हुनुहुन्थ्यो । मनका ज्ञानी शान्त र सरल स्वभावको हुनुहुन्थ्यो उहाँ । लेक्चर झन् झन् बढ्दै थियो । नाकको तल भएका जुङ्गा ठाडा ठाडा हुँदै थिए । झन् रिसाऊदा खेरि जुङ्गा पनि ठाडा ठाडा हुँदै थिए । जुङ्गा त झुसिल्किराजस्तै देखिएको थियो । केही समयपछि बुबा फताफर्ताउँदै बाहिर निक्ले । त्यसपछि गौरवले सरासर गणित पढ्न थाल्यो।

गर्मी निकै बढिरहेको थियो । हिजो नै खेलेको क्रिकेट सम्झिँदै गौरव फुरुङ्ग हुँदै थियो । दुब्ली पातली बसन्ती दिदी कक्षामा छिरिन् । यो विद्यालयमा शिक्षिकालाई दिदी भन्ने चलन थियो । बसन्ती दिदी उनीहरूको सामाजिक शिक्षक थिइन् । उनी निकै कडा स्वभावकी थिइन् । कसैलाई सुक्क चल्न पनि नदिने । तर खिनेले हाहाहाइ गर्यो बसन्ती दिदी उनलाई गाली पनि गरिन् तर खिने पनि के कम थियो र ढिलाे भए पनि बोली फर्कायो । सबैजनाले प्रत्यक्ष महाभारत हेर्न पाइयो भन्ने सोचेँ । निकैबेरसम्म माहाभारत पछि हेडसर पनि हल्ला सुनेर त्यही आए । हेडसरले खिनेको कुरा सुन्दै मुस्काएर उनको कपाल सुम्सुम्याए र राम्रोसँग सम्झाए । गौरवलाई पनि खिनेको जस्तै जुपुजुपु निन्द्रा लागिरहेको थियो । अर्को दिन कक्षामा शैलेश निकै छट्पटाइरहेको थियो । गौरव शरद र शैलेश एउटै बेन्चमा बस्थे । आज शरद आएको थिएन । यो कक्षा सकिएपछि शैलेशले पुस्तक पसल जाने भनेको थियो । त्यसपछि हामी दुबैले पनि त्यै गर्याैँ । शैलेशले आफ्ना मामाले दिएको २० रुपयाँले गौरवको जस्तै टेके कलम किन्याे । चिटिक्क परेको कलम लिएर हामी दुबै फेरि कक्षामा छिर्यौं । शैलेशले कलममा मसी राख्न गौरवलाई भन्यो । कलम निक्कै सारो रहेछ। खिनेले त्यो कलम आफूतिर तान्दै मसी निकाल्याे तर सबै उसको मुख भरि लायो । कलम भुइँमा आफ्नो कलम बच्चाहरू दौडेर दुई टुक्रा पारी दिएकोमा शैलेश निकै दुःखी भयो।

परीक्षा नजिकिँदै थियो। सबै शिक्षकहरू धेरै व्यस्त थिए । खल्वाट हेडसर शिक्षकहरूलाई गफ दिइरहेका थिए । सबैभन्दा तनाव भने दयानन्द सरलाई थियो। सबैभन्दा बढी विद्यार्थी उनकै विषयमा गफ हुन्थे । दयानन्द सरको कक्षा लम्बिएको थियो । लामो कक्षा भएको कारण बिच्चमा खाली समय पनि हुन्थ्यो । शरद र गौरवको किच्चकबध मेलामा खाली समयबाटै जाने योजना थियो उनीहरूले त्यस्तै गरे । विद्यालयको एउटा चर्पीभित्र सिसा नभएको झ्याल थियो । उनीहरू केही झ्यालबाट निस्किए । मेलाको लागि गौरवसँग २० रुपैँया थियो भने शरदसँग ५ रुपैयाँ थियो । उनीहरू चर्पीबाट विद्यालयको बाहिर निक्लिए तर उनीहरूको योजना खिनेले थाहा भएछ । ऊ पनि अटसमटस गर्दै आउन खोज्यो तर मोटो भएर ऊ त्यही अड्कियो यही कारणले शरद खिनेसँग रिसाइरहेको थियो । ऊसँग पैसा थिएन तर पनि उसलाई फिर्ता पठाऊनु उचित थिएन किनभने फिर्ता पठायौं भने पोल खुल्ने सम्भावना बढी थियो। त्यसपछि उनीहरू बिर्तामोड चाेक पुगे । उनीहरूको योजना अब धेरै भीड भएको गाडीमा चढ्ने र भित्रभित्र लुक्ने र झर्ने बेलामा टाउको लुकाएर भाग्ने। गाडी आयो गाडीमा राम्रै भिड थियो । र उनीहरूले आफ्नो योजनालाई सफल पारे तर एउटा मोटो मान्छेको खुट्टाले किचेर शरदको चप्पल फुस्क्यो । खलासीले चाल पाए पनि शरद चप्पल घिसार्दै बेतोडले दौडियो र हामीतिर आयाे । त्यसपछि उनीहरूले एउटा पसलमा गएर जिलेबी किनेर खाए। अब उनीहरूसँग जम्माजम्मी ७ रुपैयाँ थियो । जिलेबीको मिठो स्वादले पछि उनीहरू मेलामा भएको खेल हेर्न गए । त्यो खेलको लागि लागि २ रुपैयाँले चारवटा रिङ किन्ने, र त्यहाँ राम्रा राम्रा उपहार राखिएको हुन्छ त्यहाँबाट कुनै खेलौनाको माथि त्यो रिङ जुन उपहारको माथि अड्किन्छ त्यो मानिसले त्यो उपहार प्राप्त गर्छ। धेरैजना त्यही खेल खेल्ने थिए र त्योभन्दा बढी हेर्ने मानिसहरू थिए । केही समयपछि गौरवलाई २ रुपैया माग्यो । गौरवले दिन्न भन्यो । तर खिनेले कर गरेको गरै गर्यो। अन्त्यमा गौरवले उसलाई पैसा दियो । त्यसपछि खिनेले त्यो पैसाको चारओटा रिङ किन्यो । गौरवले बेकारमा पैसा दिए छुजस्तो सोच्यो । सुनेको पहिलो दोस्रो र तेस्रो रिङ यत्तिकै गयो । चौथो रिङ फाल्ने बेला ऊ निकै हतास देखिन्थ्यो । उसले भगवानलाई प्रार्थना गर्दै आँखा चिम्लिएर रिङ फाल्यो। उसको रिङ एऊटा उपहारमा अड्किएको थियो । त्यो उपहार निकै महङ्गो थियो र उसले त्यो उपहार पायो। उसले गौरव र शरदलाई एकछिनमा आउँछु है भनेर बेताेड दौडियो । १ घण्टासम्म पनि नआएपछि दुबैलाई खिने टाप कस्योजस्तो लाग्यो । जानेबेला खिने आायाे । उसले त्यो महङ्गो उपहार बेचेर शरदको लागि चिटिक्क परेको चप्पल ल्याएको रहेछ । शरदका आँखाबाट आँशु झरे ।
अर्को टिमबाट विद्यालयमा एसेम्ली लाइनबाटै गाैरव, शरद र खिनेलाई निकालियो। गौरवलाई पढ्ने बानी शिक्षा पायौँ भन्न मन थियो तर उसमा आँँड भने आएन । उनीहरूले ठुलै लेक्चर खाए । गौरवले अठोट गर्यो । भोलिबाट परीक्षाकलाई राम्रो तयारी गर्नेछु। भोलिपल्ट गौरव गणित विषय पढिरहेको थियो तर एउटा हिसाबले ऊ अघिल्लो परीक्षादेखि अल्झिरहेको थियो । त्यो हिसाब गर्दागर्दा उसलाई पसिनासमेत आयाे । उसले बारीमा काँक्रा देख्यो । तर उसले खाने गरेन किनभने त्यहाँ खागोकाे खार थियाे। त्यसपछि ऊ माथि पढ्न गयो । तर ऊ भने पढ्न सकेन। एउटा भुस्याहा कुकुर भुकिरहेको थियो गौरवले उसलाई ढुङ्गाले हानेर जस्तो गरे पनि कुकुर गएन । ऊ ढुङ्गा नै लिएर कुकुरको पछिपछि ऊ गोबरमा लड्यो । उसले लिएको ढुङ्गो हातबाटै हुत्तिएर खागोकाे घारमा बजारियो त्यसपछि गौरवलाई खेद्न थाले गौरव बेहोस भयो । आँखा खोल्न अस्पतालमाथि उसका साथीहरू अघि नै शरद, शैलेश र विनय परीक्षा सकिएर उसलाई भेट्न आएका रहेछन् । उसका सबै गुरूहरू पनि त्यही थिए । प्रधानाध्यापकले उसलाई परीक्षाको तालिका दिनुभयो । गौरवको लागि परीक्षा छुट रहेछ । उसले प्रधानध्यापकसँग आँखा जुधाइरहन सकेन। ऊ आस्थाले निहुरियो ।

पात्रः
यस उपन्यासको मुख्य पात्र मिस्टर गौरव हो । यहाँ ३ वटा हिटलरको नामले मिस्टर गौरवको विद्यालयको प्रधानाध्यापक, मिस्टर गौरवका बाबा र मिस्टर गौरवलाई गणित सिकाउने दयानन्द सर आएका छन् । यस कथाको सहायक पात्रहरू शरद, शैलेश, खिने हुन् । र अरु विनय, प्रधानाध्यापक, मिस्टर गौरव को बुबा, कक्षाका साथीहरू आदि पात्रहरू घरीघरी मात्र देखिन्छन् । अन्तिम भागमा एउटा कुकुर मानवेतर पात्रको रुपमा आएको किताबबाट थाहा पाउन सकिन्छ।

परिवेशः
बाल उपन्यासमा क्रिकेट खेल्ने मैदान, गौरवकाे घर, गौरवको विद्यालय तथा कोठा, किताब पसल, विद्यालयको चर्पी, बिर्तामोड चाेक, किच्चकवध मेला लागेको ठाउँ, गौरवको बारी र स्वास्थ्य चौकी आदि स्थलगत परिवेशका रूपमा आएका छन् । क्रिकेट खेल्दा विनयको नाकमा बलले लाग्यो। क्रिकेट खेलेर आएपछि घर ढिलाे आऊँदा गौरवले आफ्नो बुबाको गाली खानु पर्यो। अर्को दिन विद्यालयमा बसन्ती दिदी र दिन खिनेको झगडा पर्यो । अर्को दिन शैलेशले चिटिक्क परेको कलम किनेको थियो । तर त्यो केही समयमै त्यो कलम दुई टुक्रा बन्यो । अर्को दिन शिक्षकलाई छलेर गौरव खिने र शरद मेलामा गए, जिलेवी खाए र खेल पनि खेले। अर्को दिन उनीहरूले शिक्षकबाट गाली पनि खाए । घर गएपछि गौरवले परीक्षाकाे तयारी गर्न लाग्याे । कुकुरको भुकाइले पढ्न सकेन । उसले कुकुरले ढुङ्गा फाल्छु भन्दा आँफ् लड्याे आँखा खोल्दा ऊ स्वास्थ्यचौकीमा थियो। यी सबै घटनाहरू अवस्थागत परिवेशका रूपमा आएका छन् । यी सबै घटनाहरू १५ देखि २० दिनकाे अन्तरालमा भएको अनुमान गर्न सकिन्छ।

निष्कर्ष तथा सिफरिसः
यो बाल उपन्यासलाई मेरो विचारमा हामी हास्य उपन्यास भन्न सक्थ्याै किनभने यो उपन्यास अन्तिममा निकै मार्मिक छ । र यो किताबले भन्न खोजेको कुरा हाँसी मजाक गरे पनि फटाहा काम चाँहि गर्नुहुँदैन भन्ने हो । सिफारिसको कुरा गर्नुपर्दा यो पुस्तक जुनसुकै उमेरका मानिसका लागि पढ्न लायक छ । यो पुस्तक निकै रमाइलो छ त्यसैले मनप र्छ म ढुक्क छु कि बालबालिका तथा ठुला मान्छेहरू सबैले यो पुस्तकले मन पराउने छन् र यो पुस्तकलाई आफ्नो अँगालोमा सदाका लागि बेर्ने छन् ।

संविद ढकाल
कक्षा - ५ ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.