पुस्तक समीक्षा: नजुरेको जोडी
सौहार्द बज्राचार्य - Nov 25 2022
विषय प्रवेश:
‘नजुरेको जोडी’ कथा माया ठकुरीद्वारा रचित कथासङ्ग्रहको पुस्तक हो। यो पुस्तक वनिता प्रकाशनले प्रकाशन गरेको हो । यो पुस्तकको पहिलो संस्करण वि.स. २०३० मा र दोस्रो संस्करण वि.स. २०६२ मा प्रकाशितभएको थियो । यो पुस्तकमा एघारवटा कथाहरू सङ्ग्रहित छन् । ती कथाहरूमा: ‘नजुरेको जोडी’, ‘उज्यालोतिर’, ‘देवता’, ‘मूक प्रेम’, ‘विवशता, ‘गहना’, ‘स्मृति’, ‘नारी हृदय’, ‘अनरेरियम’, ‘प्रतिफल’ र ‘पेन फ्रेण्ड’ रहेका छन् ।
कथावस्तु:
पहिलो कथा ‘नजुरेको जोडीमा’ मपात्रले कसैले कसैलाई हपारेको सुन्छन् । बाहिर गएर हेर्दा त मनोहरि भाई पो रहेछ । कसलाई हपार्नुभएको सभनेर हेर्दा, एउटा काग मात्र थियो । मपात्रले “कसलाई हकार्नुभएको ?" भनेर सोद्धा उनले हाँस्दै भने, “हैन, यो कागले नि, जतिपल्ट लुगा धोएर सुकायो उतिपल्ट हुर्र उडेर आउँदै कुल्चन्छ । मनोहरि भाइ मुखका कडा भए पनि मानिस अति सोझो किसिमका थिए । ‘आफु जस्तोसुकै लुगा लाए पनि स्वास्नी छोरा-छोरीलाई आफ्नो औकातअनुसार रानै लुगा-फाटा लाउन र घरको जहानलाई नाक, कान बुच्चै नराखेर सकेको जति गरगहना कमाएर दिएका छन् ।’ उनकी पत्नी पार्वती, उनी पनि उस्तै सोझी, जे अहाए पनि 'नाई नभन्ने । तीन-तीनवटा छोरा-छोरीको धरालो भएर घरको धन्धा गरेर पनि छरछिमेकीसम्मलाई सगाउने । मपात्रले भने । एकपल्ट मपात्र पेटको बिरामी भएर ओछ्यानमा सुतिरहेकी थिए उनी सुस्त भित्र पस्छिन् र मपात्रको छेवैमा मुढा तानेर बसिन । मपात्रको ऐया ! ऐया ! सुनेर उनले लामो निश्वास लिइन् र भनिन् “खै, तपाईलाई भने यस्तो छ, हामीचाहिँ रमिता हेर्न मात्रै पर्छ, न त तपाईको बिरामी बाँडौं भनेर बाँड्न सकिने, न त त्यो पेटभित्र के रहेछ भनेर फोरेर हेर्न सकिने ।” मपात्रले “फोरी हेरौं न त आफै, के रहेछ” भन्दा, उनी अनुहार गम्भिर पारेर “बाबै आफूले कहिल्यै नगरेको काम गर्न हुँदैन” भन्छिन् । यो देखेर मपात्र मख्ख पर्छिन । मपात्र दिनभरि अफिसमा खटेर साँझ जब घर फर्किन्छन, तब उनका छोराछोरी फाटकमै “फुपू ! फुपू” भन्दै मपात्रलाई छोज्न आउँछन् । मपात्र उनीहरूले त्यसरी छोप्न आउँदा, उनी आफूले टाढा छोडेर आएका आफन्तहरूलाई सम्झिन्छन र उनको आँखाको कुनामा आँसुले घेर्न खोज्छ ।
दोस्रो कथा ‘उज्यालोतिर’ मा कंकला कण्ठले कोही रोएको सुन्नेबित्तिकै मपात्रलाई बुझ्न गाह्रो परेन त्यो, कलावती नै हो भनी । त्यो स्वरसँग मपात्रका कान परिचित भैसकेका थिए । कृष्णकान्त बाजे हातमा लौरो लिएर गर्जिदै थिए, "रांड, अझ गफ छांछेस् तेरो पोइसित ?" शब्दको साथसाथै उनको हातको लौरो पनि कलावतीको पिठ्यूँमा बज्न पुग्छ । अब मपात्र आफूलाई रोक्न सक्तिनं कृष्णकान्त बाजेको हातबाट लौरो थुत्दै भने- “छि: यो बाजे त कस्तो, आइमाईमाथि पनि हात छाड्ने ! राम्रो मुखले बुझाए पनि त हुन्थ्यो।” “हैन, के यो बालखै छे र मैले बुझाउनुपर्ने ।” उनले उत्तर दिन्छन् । म ढुक्क-सुक्क गर्दै रोइरहेकी कलावतीतिर हेर्छ । भर्खरकी १५/१६ वर्षकी हुँदी हो, 'खाऊँ-खाऊँ, लाऊँ लाऊँ' भन्ने उमेर अनि म फेरि बाजेतिर हेर्छ उसको बाउ बाजेको उमेरको मानिस, होचो, डल्ले स्थूलकाय शरीर भएको, केश झण्डै आधासरो फुलिसकेको निधारमा लामो तीनवटा चन्दनको धर्काले पुरोहित्याइँको प्रमाण दिने । त्यो रुवाई सुन्ने बित्तिकै मपात्रले बुझिसकेकी थिएँ आज पनि हस्तमानसँग कुरा गरेको फेला पारेछ क्यार भनी; कारण हिजोआज कलावती र हस्तमानमा निकै निकटता बढेको छ । अस्ति नै एकपल्ट दुवै कुनै प्रसङ्गमा मरी-मरी हाँस्दै गरेको सुनेर कलावतीलाई त्यसरी नै रुनपरेको थियो । कृष्णकान्त बाजे र कलावतीको नाता बाजे र नातीको होईन, श्रीमान् र श्रीमतीको थियो ।
तेस्रो कथा ‘देवता’ मा प्रत्येकको घर-घरमा पार्वतीको विषयमा नै कुरा चलिरहेको थियो । सबैले उसको नाउँ लिएर उसलाई धिक्कार्दै कुलटा, पतिता, कलकिनी इत्यादि उपनाम दिइरहेका थिए । एकमात्र आफ्नो भन्नु यस संसारमा एउटी वृद्धा आमासिवाय पार्वतीको कोही पनि थिएनन्, तर आज त्यही आमाले पनि पार्वतीलाई जन्म दिएकीमा आफ्नै कोखलाई धिक्कारिरहेकी थिइन् । उनले पार्वतीलाई कतिपल्ट हप्काएर, कतिपल्ट फकाएर त्यस अज्ञात पुरुषको नाउँ सोधिन्, तर पार्वतीले प्रतिउत्तरमा केहि नबोली बसिन् । अन्तमा छिमेकी र साथीहरूले अनेकौं प्रकारले नाम सोध्न प्रयास गरे तर पार्वती मौन भएर बसिरही । उसका ती उदास आँखाले टाढा कता-कता शून्यमा कसैलाई चियाइरहेको झै देखिन्थ्यो । आज ऊ सुनेर पनि बहिरी भएकी थिई, देखेर पनि अन्धीझै भएकी थिई । यसरी नै एक कान दुई कान हुँदै पार्वती गर्भवती भएको कुरो गाउँमा मैदान भयो । सानो-ठूलो सबैको मुखमा त्यही विषयमा मात्र चर्चा हुन थाल्यो गाउँका मुखिया भनाउँदाहरूले पञ्चायत राखे । गाउँको मर्यादा साथै पार्वतीको भविष्यको पनि निर्णय गर्नपरेको थियो त्यस पञ्चलाई । पञ्चायतमा पार्वती र उसकी आमालाई बोलाइयो । गाउँमा पार्वतीको आमाछोरीमाथि ईर्ष्या गर्ने पनि निकै थिए । तर पार्वती मौन भएर भूइँतिर हेरिरहेकी थिई ।
चौथो कथा ‘मूक प्रेम’ एक प्रेम कथा हो । जीवनको त्यस गोरेटोमा आएर मपात्र अडिएकी छिन्, जहाँदेखि न त मपात्र अघि बढ्न सक्छिन् न त पछि फर्कन सक्छिन् । मपात्र भन्छिन् “सम्भव छ म मेरो लक्ष्यमा पुगुँला, तर यो पनि सम्भव छ म त्यस अन्धकारमा बाटो पैलाउन नसकेर आफ्नो अस्तित्वसम्म पनि मेला ! के गरूँ ! के नगरूँ ! आज यतिका वर्ष बितिसक्यो तिम्रो प्रतीक्षामा बसेकी, अब ता त्यो आशाको डोरी जसको आडमा आजसम्म मैले मेरो आकाङ्क्षालाई अल्झाइराखेकी छु त्यो पनि खिएर टुक्रा-टुक्रा भई झरिरहेछ । तिमीलाई के थाहा तिम्रो त्यस पीडामय आँखामा डुबेर कसैले आफ्नो इच्छा, उमङ्गको साथसाथै यौवनसम्म अर्पण गरी बसेकी छे, तिम्रो बाटो हेरिरहेकी छे । तिमी ता दुई शब्द कोरेर सदाका निम्ति मदेखि टाढा भयौ, सम्भवतः शान्ति पनि पायौ होला, तर म, म भने तिमीले कोरिराखेका ती शब्दहरूको माझ स्वयं एउटा प्रश्न-चिन्ह भएर बसेकी छु । आज पनि प्रत्येक साँझ तिम्रो सम्झनामा एउटा सेतो गुलाफ ईश्वरको मूर्तिझै पवित्र राखिदिएँ । सम्झन्छीनु त्यो साँझ जब सर्वप्रथम तिमीलाई देखेकी थिएँ । सधैंको झै त्यस साँझ पनि म सन्ध्या-पूजाका निम्ति फूल टिप्न भनी फूलबारीमा पसेकी थिएँ ।” । मपात्र अझै भन्दै गईन, “मेरो आँखाले क्षणभरमा नै तिम्रो सम्पूर्ण रूपको निरीक्षण गयो । अचानक तिमी मतर्फ फर्कियौ । हामी दुवैको आँखा जुध्यो, उफ् ! स्थितिको भान भएपछि म लज्जाले आरक्त भएँ । त्यस रात धेरै बेरसम्म मलाई निद्रा लागेन । मेरो आँखाको अघि बारम्बार तिम्रा ती स्वप्निल नयनमात्र नाँच्दथे । भोलिपल्ट बिहान चिया पिउँदा आमाद्वारा चाल पाएँ, त्यो भर्खरै बनिएको घरमा नयाँ मानिसहरू आएका छन् भनी ।” अर्को साँझ पनि मपात्र फूलका निम्ति बगैंचामा पसे, तर मपात्रको नजर भने सहसा उ हिजो बसेको ठाउँमा पुग्दथियो । केही बेरपश्चात् मपात्रले देखें हातमा पुस्तक लिएर उ आउँदै थियो । एकछिनपछि उ त्यसै फौवाराको डीलमा बसेर पुस्तक पढ्न थाल्यो । त्यस दिनपश्चात् प्रत्येक साँझ त्यसै ठाउँमा मपात्रको भेट उसगँ हुन्थ्यो । त्यसपछि प्रत्येक साँझ एउटा सेतो गुलाफ तिमी त्यस ठाउँमा राख्थ्यौ अनि तिमी गएपछि त्यो फूल म ईश्वरको अघि राखेर भन्दथे- “हे ईश्वर ! मेरो प्रेमलाई सदासर्वदा यसै फूलझै पवित्र राखिदिए।”
छैठौँ कथा ‘गहना’ मा, “ए दिदै, जान्नौ कि क्या हो आज?” हस्तेकी आमाको (प्याउलीको) स्वर सुन्नासाथ कालेकी आमा हातमा भएको सानो थैलो छिछिटो कम्मरमा घुसाई र पटुकाले कम्मर कसिलो पारेर बाँध्छे । प्याउली भित्र पस्छे र भन्छे, "बल्ल पो पटुका बाँध्दै छ्यौ, यति बेलासम्म सुतिरहेकी थियौ कि क्या हो ?” का सुते हुनु, पटुका खुकुलो भएर” भन्दै बाहिर निस्किएर दैलामा ताल्चा मार्दै लेग्रो तानेर “ए काले ! काले हो !" भन्दै छोरालाई डाक्छे । नाकभरि सिंगान र काती परेको ठाउँ-ठाउँमा टालेको र मैलो धूलै-धूलो भरेको कपाल र जीउ लिएर काले दगुर्दै आमाको छेउ आइपुग्छ । “लौ म हिँडें तँ राम्ररी बसेस्" भन्दै गोफ्ली हिँड्न तम्सिन्छे । “मैले दिउँसो भोक लाग्दा के खाने नि ?" भन्दै काले आमाको सारी समात्न पुग्छ । तर कालेले “नाई। साँचो दिएर जाऊ, भोक लाग्यो भने म चामल भिजाएर खान्छु" मात्र के भनेको थियो “लौ ले साँचो" भनेर कालेको कलिलो गालामा चड्कन लगाउछिन् । यति बेलासम्म रमिता हेरिरहेकी प्याउली मुख खोल्छे “केटाकेटीको जात न हो- खेल्छन्, दगुर्छन् र भोक पनि लाग्छ नै, दिए पनि त हुन्थ्यो चाबी ।" “यसलाई चाबी दिएँ भने त भरे भोकै सुत्नुपर्ला नि" भन्दै रुदै गरेको कालेलाई त्यसै अवस्थामा छोडेर गोफ्ली बाटो लाग्छ, पछिपछि प्याउली पनि । हिँड्दै भन्छे "के गर्ने ! हामी त खुवाऔं भन्छौं नि आफ्ना छोराछोरीलाई पेटभरि । यो भन्दै उ गई, “ए घर त आइपुग्यो, लौ जाऊं है दिदै" भन्दै प्याउली छेउको ठूलो बङ्गलातिर लागी । गोफ्ली पनि अलि पर पुगेपछि एउटा त्यस्तै ठूलो बङ्गलाको फाटक खोलेर घरभित्र पसी । उसलाई देख्नासाथ “आज क्यों इतना देरी किया?" भन्दै मालिक्नीले हातमा एक डुंगुर लुगा लिएर पानीको कल मन्तिर राखिएको टबमा लुगा राखी ।
सातौँ कथा ‘स्मृति’ मा स्टेसनमा पुग्दा बस छुटिसकेको हुन्छ र टेक्सीमै जाने निश्चय गरेर मपात्रले एउटा भाडाको टेक्सी ठीक गर्छ । उनका साथसाथै अरू दुई यात्रीहरू पनि गाडीमा बस्छन् । एउटी स्त्री प्रायः २६/२७ की हुँदी होला र एउटा २०/२२ को केटो । स्त्री घरिघरि रुमालले आँसु पुछिरहन्थी औ गाडीको छेउमा उभिएकी एउटी अधबैंसे आइमाई र एउटा सानो ६/७ वर्षको बालक र त्यो अर्धबैसे आइमाईको काखाको नानीलाई झ्यालबाट हात निकाल्दै सुम्सुभ्याउँदथी । गाडी हिँड्न थालेको देखेर होला ती दुई नानीहरू पनि चिच्याउँदै रुन थाले । काखको नानी त त्यस गाडीभित्रकी आइमाईतिर हात फिजाउँदै उसतिर आउनलाई बल गर्नथाल्यो । त्यतिकैमा गाडी हिँड्छ र त्यो नानी कहालिँदै रोएको सुनिन्छ र त्यो स्त्री पनि गाडीको पछिल्लो भागमा रहेको सिसाबाट पछि फर्कदै हेर्दै आँसु झार्छ । मपात्र पछि फर्केर हेर्छन्, ती नानीहरूलाई लिएर त्यो अधबैसे आइमाई त्यसै ठाउँमा उभिएर हात हल्लाउँदै थिई । छेउमा बसेको युवक उनीहरूका भाषामा त्यस आइमाईलाई केही भन्छ । निकै बेरसम्म मपात्र त्यस आइमाईको सुँक्कसुँक्क सुनिरहन्छे । मपात्र अंग्रेजीमा त्यस युवकसँग त्यसरी रोएको कारण सोध्छन् । उससँग मपात्र धेरै कुराकानी हुन्छ र थाहा लाग्छ कि त्यो आइमाई उसकी दिदी र ती नानीहरू उसका भाञ्जाहरू, अनि त्यो अधबैंसे आइमाई जो स्टेसनमा पुयाउन आएकी थिई त्यो उसकी आमा । उसकी दिदीलाई बोन टि.बी. भएको र धेरै वर्षसम्म औषधिमूलो गरेर पनि राम्रो नहुनाले डाक्टरको सल्लाहले अहिले शिलाङमा स्थित सेनेटोरियममा राखेर चिकित्सा गराउन लगेको इत्यादि इत्यादि । उसका कुराले मेपात्रको हृदयको कतै एक कुना खोसेझै लाग्छ । “पद्मा, मेरी पत्नी, पातली, अग्ली, बान्की परेकी गोरी, कालो केशमा सधैं नै रातो गुलाबको फूल लाइरहने । गुलाबको फूल भनेपछि हुरुक्क हुने र त मैले राम्रो रातो गुलाबको डाली ल्याएर आँगनमा रोपिराखेकोमा ऊ सधैं नै साँझ-बिहान पानी दिने गर्थी र त्यसमा फुलेको प्रथम फूल केशमा लाउन पाउँदा ऊ कति आनन्दित भएकी थिई, तर गुलाबको त्यो फूलझै उसको खुशीले पनि चाँडै नै ओइलिनुपरेको थियो । ऊ दिन प्रतिदिन खिरिलो भएर सुक्दै जान्छे, उसको मुखको आभा हराउँदै जान्छ, उसलाई बोन टि.बी. भएको हुन्छ । डाक्टरले छिट्टै नै हस्पिटलमा भर्ना हुनु भनेकाले शिलाङमै टि.बी. हस्पिटलमा भर्ना गरिदिन्छु । त्यसपछि सधैं नै साँझ म उसलाई भेट्न हस्पिटलमा जाने गर्थे । ऊ मेरै प्रतीक्षामा बसी झ्यालबाट हेरिरहेकी हुन्थी ।” एकदिन मपात्र हस्पिटल पुग्दा उसलाई सधैंका मैं भयालबाट हेरिरहेकी देख्दिन र भित्र पस्दा उसको ओच्छ्यानको चारैतिर डाक्टर र नर्स उभिएको पाउँछन् । पुग्नासाथ एक जना डाक्टरले “तपाई ठीक समयमा आइपुग्नुभो, शायद रोगीले तपाईलाई नै पर्खेकी होलिन्" भन्दै बाटो दिन्छन् । मपात्र पद्माको ओछ्याननेर उभिएर उसको केश मुसार्दै सुस्त-सुस्त उसको नाउँ काढेर बोलाउँछन् । मपात्रको स्वर सुनेर उसले सुस्तरी आँखा उघार्छ अनि निभ्नुभन्दा अघि जसरी बत्ती झरिलो भएर बल्छ त्यसरी नै उसको अनुहार र आँखा उज्यालो भएर आउँछ । मपात्र हातमा लिएको गुलाबको फूल उसका केशमा लाइदिन्छन् अनि पद्मा आँखा बन्द गर्छे, उसको ओठमा एउटा मृदु मुस्कान देखिन्छ जो उसको अन्तिम मुस्कान हुन्छ ।
आठौँ कथा ‘नारी हृदय’ मा “आज पनि दिदीले नानीलाई बेसरी रुवाइन् अरे ! म त दिक्क भइसके यी दिदीलाई देखेर, मसँग त जे भयो भयो, नानीसमेतलाई म नभएका बेलामा कोठामा पसेर लुरीलाई बाहिर पठाई भयाल दैलो थुनेर के गर्छिन् के गर्छिन् र नानीलाई च्याँ-च्याँती रुवाउँछिन् अरे” भन्दै बिन्दु उसको पति मोहनका अनुहारमा उसको भनाइको प्रतिक्रिया हेर्छ । तर मोहन ओछ्यानमा पल्टिएर माथि दलिनतिर हेर्दै मौन भइरहन्छ । बिन्दु पनि ओछ्यानमा थ्याच्चै बस्छे र लोग्नेलाई झकझकाउँदै भन्छे, 'ओ, महाकविज्यू ! सुन्नुभयो म के भन्दै छु ! कविता कोरेर मात्र हुँदैन, यसो घर-गृहस्थीतिर पनि मन दिनुपर्छ ।” मोहन बिन्दुका अनुहारमा हेर्दै मुसुमुसु हाँस्दै भन्छ, “कवि हुँ र त तिमीलाई कविकी अर्धाङ्गिनी भनेर सबैले नमस्कार गर्छन् ।” “भो ! भो ! चाहिएन कसैको नमस्ते समस्ते, यस्तो पनि के जीवन ! आफू भने घर-गृहस्थी भनेर कति इच्छाहरूलाई मारेर बस्नु, अरू भने ।" बिन्दुको रिसाएको अनुहार हेर्दै मोहन भन्छ- “अहो ! तिमी त रिसाउँदा पो झन् राम्री देखिदिरैछयौ त..." "लोकाचार नपार्नोस्, तीन वर्षमा चिनिसकेकी छु तपाईंलाई" भन्दै बिन्दु उठ्न खोज्छे, तर मोहनले उसको हात समात्दै आफू पनि उठेर बस्छ र भन्छ “लौ भन, अब तिम्रो के इच्छा पूरा भएको छैन ?" "बिहा भएको वर्षदेखि नै एकपल्ट दार्जीलिङ घुमाउन लान्छु भनेको " बिन्दु अलि घुर्की लाउँदै भन्छे, "ओ ! त्यो इच्छा पो, त्यो त मलाई पनि त छ, तर तिमी आफैले त कहिले नानी सानो छ, कहिले स्कूलमा जाँच छ, पेपर हेर्नु छ इत्यादि भनेर " "ओ.. अब त मैले गर्दा पो महाशय रोकिनुभएको" बिन्दु आँखा तर्काउँदै भन्छे । गम्भीर रूप लिन थालेको देखेर मोहनले संझौताको स्वरमा भन्छ, “हुन्छ, हुन्छ, यसपालि तिम्रो स्कूलको बिदामा जसरी पनि जाउँला, भएन ! "जाने त हो, तर नानीले पो गर्छ त..." पतिको सहमतिमा अघिको कुरो बिर्सेर भन्छे बिन्दु । “लगेरै जाऊँ न त नानीलाई पनि, हेरोस् त्यसले पनि दार्जीलिङ" भन्दै मोहन हाँस्छ । “तिमीलाई मैले जम्मै कुरो भनेर पनि तिमी त्यसो भन्ने मुटु राख्छ्यौ , तिमीलाई थाहै छ मातृ-पितृविहीन म, भाउजूले नै मलाई आमाको स्नेह प्यार अनि बाउको शासन दिएर पढाउनुभयो, बढाउनुभयो, यौवन अवस्थामै दाज्यूको असामयिक मृत्युलाई बिर्सन वाध्य गरायो मेरो लालनपालनको दायित्वले, सन्तानका निम्ति एउटी आमाले जसरी त्याग गर्छ त्यसरी नै मेरा निम्ति उनले आफ्नो इच्छा-आकांक्षाको त्याग गरेर मलाई मानिस तुल्याइन, आज तिमी, तिमीले” “धेरै सुनिसके प्रशंसा तपाईंकी भाउजूको तर माया अरूमा नफिजिएर, मात्र तपाईंमै सीमित किन ? के त्यो तपाईंकै सन्तानमा पनि बाँडिन सकिंदैन र ! तपाईंले पनि त देख्नुभएकै छ तपाईंकी भाउजूको व्यवहार नानीप्रति; के कहिल्यै उनले नानीलाई काखमा सम्म लिएकी छिन् ? सिहान त परै जाओस ” बिन्दुको प्रश्नमा मोहन चुप हुन कर लाग्यो, कारण, उसले पनि भाउजूको व्यवहारमा भएको परिवर्तन देख्दै आएको थियो । त्यो अधिकी शान्त सुशीला भाउजू हिजो-आज कर्कशा र अप्ठयारी भएकी थिइन् । सधैं नै उनी बिन्दुसँग केही न केही विषयमा तर्क गरिरहन्थिन् । प्रायः जसो हिजो-आजचाहिँ झगडा नानीकै विषयमा हुन्थ्यो, “नानीले रोएर घरै उचाल्यो, कान खायो" इत्यादि र फेरि नानीलाई काखमा लियो भने "लौ कसैको नभएको नानी, संसारमा कुनै आइमाईले नपाएकी पाएकी रैछै । यता आँखाबाट बर्बी बगेको आँसुले बिन्दुका मनको धमिलो शंकालाई पखालिरहेको थियो ।
दसौँ कथा ‘प्रतिफल’ मा “मलाई मात्र तिम्रो सहमति चाहिएको छ रूपा, तिमी तिम्रो स्वीकृति मात्र देऊ, म तिम्रा निम्ति जे पनि गर्न सक्छु । समाजको देखावटी रीति नियमको डर मलाई छैन, कारण, म तिमीलाई हृदयदेखि नै चाहन्छु । यसर्थ जीवनभरि तिम्रो साथ दिन चाहन्छु ।" छेउमा बसेको प्रकाश यस्तै के के भन्दै थियो अनि रूपाचाहिँ गालामा हात राखेर अपलक दृष्टिले प्रकाशलाई हेरिरहेकी थिई । उसका कानमा प्रकाशले भनेका शब्दहरू बजिरहेका थिए, तर उसले के भन्दै छ, त्यसतिर भने उसको ध्यान थिएन । उसका आँखा अघि प्रकाशको सुन्दर चेहराबाहेक अरू पनि धेरै बेग्ला बेग्लै आकार भएका चेहराहरू नाच्न थाल्छन् । ती चेहराहरू कुनै कालो, कुनै गोरो, गहुँगोरो, सुन्दर, असुन्दर थरिथरिका हुन्छन् । ती चेहराहरूमा सामञ्जस्य नभए तापनि ती चेहरामा भएका प्रायः जम्मै आँखाको भाव चाहिँ एउटै हुन्थ्यो। त्यो थियो ती आँखामा लुकेका लोलुपता, वासना, तर प्रकाशको आँखामा त्यो मात्र थिएन, थियो मात्र एउटा पवित्र चाहना, जसलाई हेर्दा रूपालाई घृणा लाग्दैनथ्यो, लाग्दैनथ्यो मात्र टीठ, अनि जाग्दथ्यो एउटा अतृप्त हृदयको थाहा जहाँ उसका हृदयले पनि मातृत्वको माग गर्दथ्यो, अनि खोज्दथ्यो शान्ति । “रूपा, के सोचेकी ! के मैले भनेको कुरो सुनिनौ ?" प्रकाशको प्रश्नमा रूपा झसङ्ग हुन्छे, “होइन होइन सुन्दै छु ।” भन्दै ओठमा मुस्कान ल्याउने असफल प्रयास गर्छ, तर उसका ती हँसाइमा लुकेको व्यथा प्रकाशको नजरबाट लुक्न सक्तैन । ऊ सोच्दछे, “मलाई के अधिकार छ, र एउटा निष्कलङ्ग जीवनलाई नष्ट गर्न ! अरूले गरेको अन्यायको भागी ऊ प्रकाशलाई बनाउन चाहन्न, ऊ प्रकाशलाई सुखी देख्न चाहन्छे सुखी।" उँहूँ, ऊ कसै गरे पनि प्रकाशको जीवन ध्वंश गर्न चाहन्न, चाहन्न पलभरका निम्ति आफूलाई समेत बिर्सिएर भावावेशमा आएकी रूपा स्वप्नबाट व्यूँझम झसङ्ग हुन्छ । प्रकाशले डोयाउँदै गरेको हात मुक्त गर्दै गम्भीर तथा दृढ स्वरमा भन्छे रूपा- “जाऊ प्रकाश, अन्धकार हुनुभन्दा अघि नै तिमी यहाँबाट जाऊ, म तिम्रो साथ दिन सक्तिनँ ।”
अन्तिम कथा ‘पेन फ्रेण्ड’ मा भित्र पस्नासाथ युवतीले आफ्ना ठूला-ठूला नजर घुमाएर चारैतिर हेरी, अनि कुर्सीमा गई बसी । उसका उत्सुक नजरले कसैलाई खोजेझै लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर । समय पनि उही थियो जो मैले दिएको थिएँ । युवतीका हावभावले र उसका उत्सुकतापूर्ण नजरले कसैको खोज गरेकाले ऊ नै सुषमा हो भनी अन्दाज लगाउनमा मलाई केही दिक्क लागेन । तर म भने मौन भएर बसेको थिएँ । म चाहेर पनि सुषमाका छेउमा जान सक्दिनथें । उसलाई - 'सुषमा !" भनी बोलाउन सक्दिनथें । सुषमा ! मेरी. पेन फ्रेण्ड, आजभन्दा दुई वर्षअघि एउटा मासिक पत्रिकाको मित्र स्तम्भद्वारा हामी मित्र बनेका थियौं । तर समयको परिवर्तनसाथ हाम्रो मित्रताको सम्बन्धको पनि परिवर्तन भएर यसले प्रेमको रूप लिएको थियो । पत्रद्वारा नै हामीले एक अर्काका मनोभाव बुझिसकेका थियौं । आह । कति पीडामय भावनाले भरेका हुन्छन् उसका पत्र, कति मधुरता हुन्छ उसका पत्रमा । हामीले एक-अर्कालाई नदेखे तापनि पत्रद्वारा एक अर्काका हृदयलाई छर्लङ्ग देखिसकेका थियौँ । आजभन्दा दुई वर्षअघि मेरो जीवन कति शुष्क र नीरस थियो, तर जब मैले सुषमालाई मित्र बनाएं तबदेखि मेरो एकाकीपन मेटियो, मेरा ती उदास लामा लामा दिनहरू हराए । मैले एउटा असम्भव काल्पनिक महल बनाएं औ सदासर्वदा त्यस महलको चारदिवारीभित्र आफूलाई एउटा साधकको रूपमा सजाएँ । मेरो नजर फेरि युवतीमा पुग्यो,- युवती अझ पनि घरिघरि ढोकातिर हेर्दै थिई, ऊ विचलित देखिन्थी, विचरी सुषमा ! कति आतुर नयनले ऊ मलाई पर्खेकी छे, तर म भने उसका छेवैमा भएर पनि कति टाढा छु कति बिरानो छु । दिन बिते, दिनपछि सप्ताह अनि सप्ताहपछि महिना- यसै गरी दुई वर्ष बिते, अब हाम्रो पत्रले मित्रताको सीमा नाघेर प्रेमको रूप लिइसकेको थियो । सुषमाको पत्रमा मैले एउटो कुरो सधै नै अनुभव गरें- त्यो थियो उसको जीवनप्रति उदासीनता । सधैं नै उसका पत्रमा कतै न कतै विवशता झल्कन्थ्यो । दुई वर्षको यो लामो अवधिभित्रमा मेरो हृदयले कतिपल्ट मलाई यस काल्पनिक स्वप्नदेखि बिउँझाउनका निम्ति घच्घच्यायो, कतिपल्ट मैले मेरो यो अप्राप्य कल्पनालाई मेटाएर वास्तविकतामा ल्याउन चाह, कतिपल्ट मैले सत्य कुरो सुषमालाई अवगत गराउन चाहँ, तर सुषमाका ती प्रेमले भरिएका सुन्दर भावमा डुबेका ती पत्रहरूले गर्दा मलाई वास्तविकतामा आउनलाई रोस्थे । म डराउँथें, जीवनको यस अवस्थामा पाएको खुशीलाई मेटाउनका निम्ति । सुषमाका पत्रले मेरो जीवनमा एउटा खास स्थान लिइसकेको थियो, यसको विना म मेरा ती लामा-लामा उदास बिरान दिनहरू बिताउन असमर्थ थिएँ । तसर्थ मैले उसको प्रत्येक पत्रको उत्तर दिएँ, दिदै गएँ । तर अस्ति भरखरै मात्र आएको पत्रमा सुषमाले मसँग भेट गर्ने इच्छा जनाएकी थिई । म छाँगाबाट खसेझै भएँ । तर पनि मैले मेरो मनलाई बाँधेर केवल उसलाई एकपल्ट हेर्नको निम्ति निश्चय गरें अनि हामी दुवैको मतानुसार ऊ डिब्रुगढदेखि शिलाङ आएर बुधवारको साँझ ठीक ७ बजे शहरको नामी रेस्टुराँ मोरेलोमा भेट हुने भयौँ । यसर्थ बुधवारको साँझ ठीक ७ बज्नभन्दा १५ मिनेट अघि म रेस्टुराँमा पुगें । डरलाग्दो एक्लोपनबाट भाग्न चाहन्थें, लुक्न चाहन्थें । यसै बीचमा मैले एउटा पत्र भेटें औ त्यहाँ पाएँ तपाईंलाई । म केवल तपाईंलाई मित्रका रूपमा लिन चाहन्थे, तर तपाईंका पत्रले मलाई केवल मित्र भइरहन दिएनन्, मैले दिनदिनै आफूले आफैलाई बिर्सन थालें, तर यसरी कसैको भावनासँग खेल्नु मेरो हृदयले अधिक चाहेन औ मैले निश्चय गरे तपाईलाई सत्य कुरो बताउनलाई । तर पनि बताउनुभन्दा अघि म मेरो कल्पनाको पुरुषलाई साकार रूपमा केवल एकपल्ट हेर्न चाहन्थें, यसर्थ मैले तपाईसँग भेट गर्ने निश्चय गरें । म केवल टाढाबाट हेरेर फर्कन चाहन्थें औ त्यसपछि पत्रद्वारा सत्य कुरो बताउन चाहन्थें । यसैले म हामीले तोकेको समयभन्दा आधा घण्टा पहिले नै त्यहाँ पुगें औ रेस्टुराँभित्र पस्ने प्रत्येकलाई खोजको दृष्टिले हेर्न थालें । ठीक ७ बज्न १५ मिनेट छंदा तपाई भित्र पस्नुभो, मैले पहिले ता तपाईमा ध्यानै दिइनँ, तर जतिजति समय बित्दै गयो तपाईंको हावभावले मलाई तपाईंतिर आकर्षित गर्दै गयो, अन्तमा ठीक सात बजे एक युवती भित्र पसी, अब तपाईं एकटक लाएर उसलाई हेरिरहनुभएको थियो । मेरो हृदयले केही अनुमान लगायो र जब तपाई एक्कासि युवतीको छेउमा पुगेर 'तपाई सुषमा हैन ?' भनी प्रश्न गर्दा मेरो अनुमान विश्वासमा परिणत भयो । मलाई दुःख या पश्चाताप केही छैन । तपाईंका ती पत्रहरू म आजीवन साथमा राख्नेछु । जीवनमा यी बितेका दुई वर्ष म चाहेर पनि बिर्सन सक्तिनँ । तपाईले मलाई चिन्नुभयो कि भएन ठहराउनुहोस् तपाईकै छेउमा तपाईंकै देब्रेपट्टि बसेकी अझ चिन्नुभएन उही के त काली, नाक झरेकी "
परिवेश:
‘मूक प्रेम’ मा मपात्र गएको बगैँचा, मपात्रको घर, मपात्रको प्रेमीको घर, फौवाराको डीलमा, बगैँचा र मपात्रको घरको बाटो लगायतका ठाउँहरु स्थलगत परिवेशका रुपमा आएका छन् । जीवनको त्यस गोरेटोमा आएर मपात्र अडिएकी छिन्, जहाँदेखि न त मपात्र अघि बढ्न सक्छिन् न त पछि फर्कन सक्छिन् । मपात्र भन्छिन् “सम्भव छ म मेरो लक्ष्यमा पुगुँला, तर यो पनि सम्भव छ म त्यस अन्धकारमा बाटो पैलाउन नसकेर आफ्नो अस्तित्वसम्म पनि मेला ! के गरूँ ! के नगरूँ ! आज यतिका वर्ष बितिसक्यो तिम्रो प्रतीक्षामा बसेकी, अब ता त्यो आशाको डोरी जसको आडमा आजसम्म मैले मेरो आकाङ्क्षालाई अल्झाइराखेकी छु त्यो पनि खिएर टुक्रा-टुक्रा भई झरिरहेछ । तिमीलाई के थाहा तिम्रो त्यस पीडामय आँखामा डुबेर कसैले आफ्नो इच्छा, उमङ्गको साथसाथै यौवनसम्म अर्पण गरी बसेकी छे, तिम्रो बाटो हेरिरहेकी छे । तिमी ता दुई शब्द कोरेर सदाका निम्ति मदेखि टाढा भयौ, सम्भवतः शान्ति पनि पायौ होला, तर म, म भने तिमीले कोरिराखेका ती शब्दहरूको माझ स्वयं एउटा प्रश्न-चिन्ह भएर बसेकी छु । आज पनि प्रत्येक साँझ तिम्रो सम्झनामा एउटा सेतो गुलाफ ईश्वरको मूर्तिझै पवित्र राखिदिएँ । सम्झन्छीनु त्यो साँझ जब सर्वप्रथम तिमीलाई देखेकी थिएँ । सधैंको झै त्यस साँझ पनि म सन्ध्या-पूजाका निम्ति फूल टिप्न भनी फूलबारीमा पसेकी थिएँ ।” । मपात्र अझै भन्दै गईन, “मेरो आँखाले क्षणभरमा नै तिम्रो सम्पूर्ण रूपको निरीक्षण गयो । अचानक तिमी मतर्फ फर्कियौ । हामी दुवैको आँखा जुध्यो, उफ् ! स्थितिको भान भएपछि म लज्जाले आरक्त भएँ । त्यस रात धेरै बेरसम्म मलाई निद्रा लागेन । मेरो आँखाको अघि बारम्बार तिम्रा ती स्वप्निल नयनमात्र नाँच्दथे । भोलिपल्ट बिहान चिया पिउँदा आमाद्वारा चाल पाएँ, त्यो भर्खरै बनिएको घरमा नयाँ मानिसहरू आएका छन् भनी ।” अर्को साँझ पनि मपात्र फूलका निम्ति बगैंचामा पसे, तर मपात्रको नजर भने सहसा उ हिजो बसेको ठाउँमा पुग्दथियो । केही बेरपश्चात् मपात्रले देखें हातमा पुस्तक लिएर उ आउँदै थियो । एकछिनपछि उ त्यसै फौवाराको डीलमा बसेर पुस्तक पढ्न थाल्यो । त्यस दिनपश्चात् प्रत्येक साँझ त्यसै ठाउँमा मपात्रको भेट उसगँ हुन्थ्यो । त्यसपछि प्रत्येक साँझ एउटा सेतो गुलाफ तिमी त्यस ठाउँमा राख्थ्यौ अनि तिमी गएपछि त्यो फूल म ईश्वरको अघि राखेर भन्दथे- “हे ईश्वर ! मेरो प्रेमलाई सदासर्वदा यसै फूलझै पवित्र राखिदिए।”
निष्कर्ष:
माया ठकुरीद्वारा लिखित ‘नजुरेको जोडी’ कथा सङ्ग्रह एक राम्रो र लघु आकारको कथा सङ्ग्रहको पुस्तक हो । यसका कथाहरू सानो भए पनि कथाहरू निकै दार्शनिक छन् । धेरै जस्तो कथाहरूमा माया ठकुरीले हाम्रो समाजमा भइ रहेका कुराहरु प्रस्तुत गरेकी छिन् । उनका कथा, ‘मुक प्रेम, गहना, उज्यालोतिर’ विशेष गरी आजको समाजमा पनि हामी देख्न सक्छाैँ ।
नाम: सौहार्द बज्राचार्य
कक्षा: ९
डियरवाक सिफल स्कुल