परिचयः
पहरेदार सिन्का र भोरा कथाका लेखक यशु श्रेष्ठ हुन् । याे कथा सङ्ग्रह परिचय पब्लिकेसनले प्रकाशन गरेकाे हाे ।
कथावस्तुः
एक दिन तीनजना विद्यार्थीहरू विद्यालय गइरहेका थिए । उनीहरूकाे नाम कमल, सानुभाइ र बुनू थियो । उनीहरू विद्यालय गइरहेको बेला कमल दिसामा चिप्लिन्छ । सानुभाइले कमललाई धारामा हिँड भन्यो । धारातिर जाने बेला उनीहरूले एउटी सानी नानी रोइरहेको देखे । बुनूले रोइरहेको सानी नानीलाई फकाउन थाल्छिन् । सानी नानी रुन छोड्दिनन् र बुनूले सानी नानीको आमालाई बोलाउँछिन् । बुनू रमा आन्टीसँग कुरा गर्छिन् । अनि कमल, सानुभाइ र काका पनि कुरा गर्न थाल्छन् । त्यही बेला एउटा यात्री आउँछन् र पानी माग्छन् । धारातिर हेर्छन् अनि धारा कसरी फोहोर भयो भनेर प्रश्न गर्छन् । काकाले यी केटाहरू दिसामा चिप्लेर लडेछन् र धारामा पखाल्न आएछन् भन्नुभयो । त्यसपछि यात्रीले यहाँ त बाटैभरि र जताततै दिसा र फोहोर रहेछ भन्यो । काकाले केटाकेटीहरूले सधैँ फोहोर गर्छन् भन्नुभयो । यात्रीले फोहोरको कारण नै हामीलाई रोग लागेको हो भन्यो । नानी बिरामी भएको देखेर सबैजना मिलेर नानीलाई अस्पताल लिएर जान्छन् । यात्रीले उनीहरूलाई गाउँ कसरी सफा राख्ने भनेर सिकाउँछन् । उनीहरूले गाउँलेहरूलाई पनि यो कुरा भने । गाउँलेहरूले उनीहरूको कुरा माने । तर सिमलबोटे काका र सिमलबोटे काकीले चाहिँ उनीहरूको कुरा मानेनन् । दिन बित्दै गयो र गाउँ सफा हुँदै गयो । सिमलाबोटे काका र सिमलाबोटे काकीलाई उनीहरूको कुरा मान्नुपर्ने रहेछ जस्तो महशुस भयो । यात्री फेरि उनीहरूलाई भेट्न आए । उनीहरूले थाहा पाए कि ती यात्री त हाकिम साहेब पो रहेछन् ।
परिवेशः
यस कथाको परिवेश फोहोर वातावरण, कागज, प्लास्टिक तथा अन्य फोहोर, सानी नानी रोइरहेको, गाई-भैँसीहरूको आवाज, मान्छेले नाक थुनेको र विद्यार्थीहरू विद्यालय गइरहेको हो ।
पात्रहरूः
यस कथाको असल पात्रहरू कमल, बुनू, सानुभाइ, काका, काकी, आन्टी, मुनु, यात्री, सिमलबोटे काका, सिमलबोटे काकी, विकल्प र गाउँलेहरू हुन् ।
नाम : प्रनिशा श्रेष्ठ
कक्षा : चार ‘अन्नपूर्ण’
डियरवाक सिफल स्कुल
Liked by: