Pustak Samiiksha Sajha Prithvi | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षाः साझा पृथ्वी




   रचित भट्टराई - Oct 21 2022

पृष्ठभूमि
‘साझा पृथ्वी’ भन्ने कथाभित्र रहेको ‘हात्तीको अभिवादन’ भन्ने कथा धेरै राम्रो कथा हो । यस कथामा जनावरहरूले पनि अभिवादन गर्न सक्छन् भन्ने कुरा प्रस्तुत गरिएकाे छ । यस पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

कथावस्तु
 हजुरबुबा, अचम्म सिंह भन्ने व्यक्ति पुलिस थानामा जान्छन् । अचम्म सिंहले आफूले गरेका गल्तीहरू स्वीकार्छ । अचम्म सिंहले “मैले कुनै अपराधिक काम गरेको छैन, मैले त भीमबहादुरले दिएका जनावरका लुगाहरू बेच्न मात्र हिँडेको हुँ” भन्छ । “भीमबहादुर भन्ने व्यक्ति अझै पनि यस्तो काम गर्दैछ । उनीहरू बस्ने अखडा मलाई थाहा छ, म तपाईँहरूलाई देखाइदिन्छु, हिँड्नुहोस्” भन्दै अचम्म सिंहले इन्स्पेक्टरलाई भन्छ । इन्स्पेक्टर पनि खुसी हुन्छन् र सबैजना जङ्गलमा पुग्छन् । अचम्म सिंहले इन्स्पेक्टरलाई भीमबहादुरको अखडा देखाइदिन्छन् र प्रहरीले त्यस अखडामा आक्रमण गर्ने आदेश दिन्छन् र अचम्म सिंहलाई धन्यवाद पनि दिन्छन् । प्रहरीले भीमबहादुर, चक्रबहादुर, मुकुन्द र सहरका सबै तस्करहरूलाई समातेर भ्यानमा राख्छन् । प्रहरी गएपछि हात्तीले हजुरबा र अचम्म सिंहलाई शिर झुकाएर नमस्कार गर्छ ।

पात्रहरू
यस कथामा असल पात्रका रूपमा प्रहरी हजुरबा र अचम्म सिंहलाई देखाइएको छ । उनीहरूले राम्रा राम्रा कामहरू गरेका हुन्छन् । भीमबहादुर, चक्रबहादुर, मुकुन्द र सहरका तस्करेहरूलाई खराब पात्रका रूपमा चिनाइएको छ । उनीहरूले जनावरहरूलाई मारेर धन कमाउने गरेको पाइएको छ ।

परिवेश
यस कथाको परिवेश पुलिस चाैकी वरपरको दृश्य देख्न सकिन्छ । बाटोघाटाे हुँदै सबैजना जङ्गल र जङ्गल बिचकाे ढुङ्गैढुङ्गाकाे बाटाे देखिन्छ ।

सिफारिस
म यो पुस्तक पढ्नका लागि सबैजनालाई सिफारिस गर्दछु किनभने यो पुस्तकबाट धेरै राम्रा कुराहरू सिक्न पाइन्छ । पृथ्वी हामीहरूको मात्र नभई यो पृथ्वी सारा चराचुरुङ्गी र जीवजन्तुको पनि हो । जनावरहरूले पनि हाम्रा कुराहरू बुझ्छन् । हामीले पनि जनावरहरूलाई नराम्रो गर्नुहुँदैन त्यसैले यो पुस्तक पढ्नु जरुरी छ

रचित भट्टराई
क्रमाङ्क- ३१०२१
कक्षा- ४ ‘हिमालचुली’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.