प्रत्युष लोहनी · May २२, २०२३
पुरन लौकी टिप्नलाई काँधमा गम्छा हालेर बारीतिर जान्छ । कुन चाहिँ टिपौं भनेर लौकीको बोटमा हेरेर सोचिरहँदा स्वाँ स्वाँ फूँ गर्दै निकै कडा आवाज आइरहेको सुन्छ । फर्किएर हेर्दा फणा फैलाइरहेका दुईवटा गोमनलाई देख्छ र डराएर घरतिर दौडन्छ । घर गएर उसले माईलाई सबै कुरा सुनाउँछ । पुरनले गम्छा बाटोमै छोडेर गएको हुन्छ । माई र पुरन लठ्ठी लिएर बारीमा जाँदा सर्पहरू गम्छामा बेरिदै थिए । माईले पुरनलाई तराईको बाटोमा सतर्क भएर हिड्नुपर्छ भनेर सम्झाउँछिन् ।
