कथावस्तु
पुरन लौकी टिप्नलाई काँधमा गम्छा हालेर बारीतिर जान्छ । कुन चाहिँ टिपौं भनेर लौकीको बोटमा हेरेर सोचिरहँदा स्वाँ स्वाँ फूँ गर्दै निकै कडा आवाज आइरहेको सुन्छ । फर्किएर हेर्दा फणा फैलाइरहेका दुईवटा गोमनलाई देख्छ र डराएर घरतिर दौडन्छ । घर गएर उसले माईलाई सबै कुरा सुनाउँछ । पुरनले गम्छा बाटोमै छोडेर गएको हुन्छ । माई र पुरन लठ्ठी लिएर बारीमा जाँदा सर्पहरू गम्छामा बेरिदै थिए । माईले पुरनलाई तराईको बाटोमा सतर्क भएर हिड्नुपर्छ भनेर सम्झाउँछिन् । अर्को दिन पुरन बारीको बाटो भएर स्कुल जान्छ । त्यहाँ पनि एउटा गोमन देखेर डराउँछ । ऊ डराइरहेको बेलामा एउटा गरुड गोमनलाई लिएर जान्छ । ऊ खुसी हुँदै स्कुल जान्छ र सबैलाई बताउँछ । अर्को दिन पुरन जङ्गलबाट माईभन्दा अलि छिटो घर फर्कन्छ । उसले बाटोमा लखन र विजुवालाई चराका बचेरा झिक्न खोजेको देख्यो र नझिक भन्यो । रुखबाट सर्प निस्कियो । लखन र बिजुवा हत्तपत्त तल झरे । सर्पको आतङ्क रोक्न उनीहरूले गाउँ सफा गरे । त्यसपछि त्यहाँ सर्प देखिएन ।
परिवेश
कथामा जङ्गल, स्कुल, पुरनको घर र लौकीको बारीलगायतका ठाउँहरू स्थलगत परिवेशका रूपमा आएका छन् । पुरन लाैकी टिप्नका लागि बारीमा गएकाे, सर्प देखेर घर फर्केकाे, स्कुलमा उसले त्याे कुरा सुनाएकाेजस्ता कुराहरू कथामा अवस्थागत परिवेशका रूपमा आएका छन् ।
पात्रहरूः
माई, पुरन, लखन, लखनको माई, सर्प, मोतिया चाची, हसिना, रामदयाल चाचा, विजुवा, निरज, राकेश, निकिता मिस आदि हुन् ।
नाम : प्रत्युष लोहनी
कक्षा : ५ “याङ्ग्रा”
डियरवाक सिफल स्कुल
Liked by: