पुस्तक समीक्षा : वीर बलभद्र | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षा : वीर बलभद्र




   राधारानी सेन - Feb 28 2023

परिचय
वीर बलभद्र भन्ने पुस्तक राेशन पाेखरेलले लेख्नुभएकाे हाे । पुस्तकको चित्राङ्कनकर्ता धूर्व प्रजापती हुनुहुन्छ । पुस्तककाे प्रकाशन कथालयले गरेकाे हाे ।

कथावस्तु
वि.सं.१८४६ सालकाे माघ १७ गते अम्विका देवीकाे गर्भबाट सरदार चन्द्रवीर कुँवरकाे माइलाे छाेराकाे रुपमा एक बालक जन्मिए । उनकाे नाम वीरबलभद्र कुँवर राखियाे । उनी सानैदेखि सुरा, जुझारू र तीक्ष्ण बुद्धिका थिए । उनले सानैदेखि घरेलु औजार चलाउन सिकिसकेका थिए । त्यति बेला छिट्टै विवाह गर्ने चलन भएकाले उनकाे विवाह वि. सं. १८६२ मा मालिका देवीसँग भयाे । उनकाे विवाह भएकाे १ वर्षपछि उनकाे पल्टनमा जागिर खाने इच्छा पूरा भयाे । बाठा अङ्ग्रेजहरूले व्यापार गर्ने निहुँमा लडाइँ गरेर इण्डिया कब्जा गरे । उनीहरूकाे नेपाल पनि कब्जा गर्ने दाउ थियाे । उनीहरू कब्जा गर्ने सही समयकाे खाेजीमा मात्र थिए । नेपाल सरकारले पनि सीमा सुरक्षाकाे लागि अनुभवी, आँटिला र जाेसिला सैनिकहरूलाई खटाउँदै थियाे । त्यसैक्रममा वीर बलभद्रलाई गढवाल खटाइयाे । चारैतिर भिरालाे ठाउँमा चढ्न थप कठिन हुने उद्देश्य लिएर नालापानीमा किल्ला खडा गरिएकाे थियाे । हातहतियारलाई लडाइकाे लागि तयारी अवस्थाका राखियाे । अङ्ग्रेजहरुलाई लाग्यो लोभलालच देखाएकै भरमा किल्ला कब्जा गर्न सकिन्छ।

तर बलभद्रले पत्र पढ्‌दै नपढी च्यातेर फ्याँकिदिए । पटक पटक हार खाई कुलेलम ठोक्नु पर्दा अङ्ग्रेज सेना र सेनापति निराश भए । त्यसैको भोलिपल्ट फेरि ठाडापानी पाखाबाट अङ्ग्रेज फौजले तोप उकाल्न लाग्दा भिडन्त भयो। देहरादुनको नालापानी किल्ला तल रिस्पना नदीको किनारमा सेनापति मावीले जनरल जिलेस्पी तथा वीर बलभद्र र अन्यको सम्झना तथा सम्मानमा वि.सं. १८८० मा अभिलेखसहित दुई वटा स्मारक खडा गरेका थिए । जुन अहिले पनि देख्न सकिन्छ। उक्त स्मारकको अभिलेखमा अङ्ग्रेजी भाषामा यस्तो लेखिएको छ, “हाम्रा बहादुर शत्रु, किल्लाका कमाण्डर बलभद्र जसले पछि रणजीत सिंहको सेनामा गई अफगान, विद्रोहीको गोली लागि वीरगति प्राप्त गरे। उनी र उनका बहादुर गोर्खालीहरूको पूण्य स्मृतिमा सम्मानोपहार।” बलभद्र तथा उनका साथीहरूको अद्वितीय साहस र वलिदानबाट सम्पूर्ण नेपाली जातीले विश्वबाट वीर गोर्खालीको सम्मान अझै पाइरहेका छन्।

सिफारिस र निष्कर्ष
पुस्तकमा नेपालकाे इतिहासमा घटेकाे घटनाकाे वर्णन छ । वीर बलभद्रको र अङ्ग्रेजको लडाइ, कसरी भयो त्यस बारेमा जानकरी दिइएको छ । त्यसैले म यो पुस्तक सिफारिस गर्छ।

नाम : राधारानी सेन
कक्षा : ४ ‘हिमालचुली’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.