सुनबी पोखरेल · Feb १३, २०२३
‘एकलव्य’ रोशन पोखरेलद्वारा लिखित एक प्रेरक लघु उपन्यास हो । रोशन पोखरेल जसले किशोरावस्थाका बालबालिकाका लागि पुस्तकहरू लेख्छन् । एकलव्य उपन्यास वहाँको एक प्रसिद्ध उपन्यासहरू मध्ये एक हो । एकलव्य उपन्यासले पौराणिक कथालाई समेटेको छ । उपन्यास द्वापर युगको अभिदुयम्न अर्थात अभय पात्रको जीवन कथा वरिपरि घुम्छ । जीवन कथा मात्र नभएर यो एक परिश्रम, त्याग र समर्पणले लक्ष्य प्राप्तिका लागि गरेको सङ्घर्षको इतिहासको कथा पनि हो । यस पुस्तकले एउटा कथालाई मात्र नसमेटेर समाजमा देखि आएका थुप्रै समस्याहरूलाई पनि समेटेको छ ।