साैहार्द बज्राचार्य · Dec १६, २०२२
‘एकलव्य’ रोशन पोखरेलद्वारा लिखित एक पाैराणिक उपन्यास हो । काठमाडौँ पब्लिकेसनले प्रकाशन गरेको यो पुस्तकको पहिलो संस्करण वि.सं. २०७६, दोस्रो संस्करण वि.सं. २०७७ र अन्तिम संस्करण वि.सं. २०७८ मा भएको थियो । यो पुस्तकमा एकलव्य (द्वापर युगका एक विख्यात पौराणिक पात्र) ले धनुर्विद्या सिक्न गरेकाे सङ्घर्ष र धनुर्धारी बनेपछिको उनको यात्रा बारेमा छोटकरीमा लेखिएको छ ।