१. विषय प्रवेश:
‘एकलव्य’ रोशन पोखरेलद्वारा लिखित एक पाैराणिक उपन्यास हो । काठमाडौँ पब्लिकेसनले प्रकाशन गरेको यो पुस्तकको पहिलो संस्करण वि.सं. २०७६, दोस्रो संस्करण वि.सं. २०७७ र अन्तिम संस्करण वि.सं. २०७८ मा भएको थियो । यो पुस्तकमा एकलव्य (द्वापर युगका एक विख्यात पौराणिक पात्र) ले धनुर्विद्या सिक्न गरेकाे सङ्घर्ष र धनुर्धारी बनेपछिको उनको यात्रा बारेमा छोटकरीमा लेखिएको छ ।
२. कथावस्तु:
पुस्तकमा अभय नामक पात्रको जीवन कहानी रहेको छ । बाल्यकालमा धनुष बोकेदेखि अभयलाई धनुषसँग प्रेम भई सकेको थियो । सानो उमेरमा नै ऊ धनुर्धारी बन्ने उसको एक मात्र लक्ष्य थियो । एक दिन अभयको दाइ, भ्राताले उसको धनुष भाँचिदियो । भाँच्चिएको धनुष हातमा देखाउँदै अभय आफ्नो बाबालाई उसको दाइले धनुष भाँचिदिएको कुरा भन्यो । बाबाले धनुष हातमा लिएर भने, “बाबु, हामी भिल्ल जातिका हौँ । धनुष खेलाउनु हाम्रो वशमा छैन ।” अभयले जिद्दी गरेपछि उसको बाबाले उसलाई नयाँ धनुष बनाइदिनुभयो । एक दिन भोजन गरिरहेको बेला, निसाधराज (बाबा) ले बाहिर हल्ला सुने । बाहिर हेर्न जाँदा त उनले एक बाघले बाख्रालाई लिएर जङ्गलतिर भागिरहेका देखे । अभय र निसाधराज बाघको पछि भागे तर धेरै ढिलो भइसकेको थियो, उनीहरूले बाख्रालाई बचाउन सकेनन् । अभय दुःखी हुदैँ भने कि उसले एक बाख्रालाई पनि बचाउन सकेन । निसाधराजले उसलाई सम्झाउँदै भने कि जीत सधैं हाम्रो हुँदैन । यत्तिकैमा एक वृद्ध मानिस लठ्ठीको साहारामा निसाधराजको छेउमा आए । उनी थिए - भिल्लगुरु श्रृङ्गदेव । उनी अभयतिर जाँदै भने, “गुरुविना ज्ञान, सिप, विद्या कदापि सम्भन छैन । विद्यार्थीका लागि गुरु नै अनिवार्य मानिन्छन् ।” उनले भने, “तिमीले गरेको धनुर्विद्या अभ्यास अपुरो छ ।” श्रृङ्गदेवले निसाधराजलाई सम्झाउँदै भने, “अभयमा ठुलो योद्धा हुने लक्षण छ ।” हस्तिनापुरमा गुरु द्रोणाचार्य धनुर्विद्याका कुशलतम शिक्षक मानिन्थे । श्रृङ्गदेवको सल्लाहअनुसार निसाधराजले अभयलाई द्रोणको गुरुकुलमा धनुर्विद्या सिकाउन लगे । द्रोणाचार्य शक्तिशाली राज्य हस्तिनापुरका राजकुमारहरूका गुरु थिए । केही दिनको यात्रा गरी निसाधराज र अभय हस्तिनापुर पुगे । त्यहीँ नजकै रहेको वनमा द्रोणाचार्यको गुरुकुल थियो । अभय र निसाधराज गुरुकुलमा पुग्दा द्रोणाचार्य हस्तिनापुरका कौरव र पाण्डव राजकुमारहरूलाई शास्त्रशिक्षा पढाउँदै थिए । केही समय पछि द्रोणाचार्यले पढाउन सक्याए । निसाधराज र अभयले गुरु द्रोणलाई प्रणाम गरे । अभयततिर हेर्दै गुरु द्रोणाचार्यले उनीहरू यहाँ किन आएका भनेर सोधे । अभयले हात जोड्दै धनुर्विद्या सिक्न आएका भन्यो । अभय र निसाधराजको वस्त्रले नै उनीहरू जङ्गल निवासी हुन भनेर चिनिन्थ्यो । द्रोणाचार्यले कडा स्वरमा ‘म क्षेत्रीहरूको मात्र शिक्षक हुँ’ भने । उनले भने, ‘यो गुरुकुल हस्तिनापुर राजकुमारको शिक्षाको लागि मात्र हो । जङ्गल निवासी भिल्लहरूका लागि होइन ।’ यो सुनेर उनीहरू निराश भए र श्रृङ्गवेरपुर फर्किए । फर्किँदा घना जङ्गलको बिचमा एक ठुलो नदी पर्थ्यो । अभय हिँड्दा हिँड्दै टक्क रोकिए । उ मुर्ती झैँ उभिरयो । निसाधराज अभयतिर हेर्दै सोधे, “वस्त, के भयो?” अभय न त केही बोल्यो न त निसाधराजतिर हेर्यो । ऊ नदीतिर मात्र हेरीरह्यो अनि मिलन स्वरमा भन्यो, “बाबा, म यो नदी तरेर श्रृङ्गवेरपुर जान सक्दिनँ ।” उसले निसाधराजलाई सम्झाउँदै भन्यो, “म अब यो नदी तब मात्र तर्न सक्छु जब मैले गुरु द्रोणबाट धनुर्विद्याको शिक्षा हासिल गर्ने छु ।” निसाधराज चिन्तित थिए तर उनी एकलव्यको वचनमा सहमत भए । निसाधराज गइसकेपछि अभय वनमा एक्लै भए । उसले बरको रुखमुनि पातको ओछ्यान भनाए । जङ्गलमा रातमा बेला बेलामा डरलाग्दा आवाजहरू आउँथे । नजिकै हिंस्रक जनावरहरू कराएको सुनिन्थ्यो । बिहान हुँदै थियो र भयानक रात बितिसकेको थियो । उसले नदीको छेउबाट माटो ओसार्न थाल्यो । गुरु द्रोणाचार्यको पाइला भएको माटो झिकेर श्रद्धापूर्वक पातमा राख्यो । उसले रुखमुनि गुरु द्रोणाचार्यको मूर्ति बनायो । गुरु द्रोणाचार्यको मूर्ति नै उसको लागि साक्षात् गुरु भयो । यसरी नै ऊ रातदिन अभ्यास गर्दै गयो । बाबाले छोडेको सातु सामल सकिएपछि ऊ वनका कन्दमूल तथा फलफूल खान थाल्यो । यसरी नै केही वर्ष बित्यो । एक ध्यानले परिश्रम गर्ने भएकाले उसलाई मानिसहरूले एकलव्य नाम दिए । ऊ यही नामले चर्चित हुँदै गयो । एक दिन एकलव्य कन्दमूल तथा फलफूलको खोजीमा जङ्गलको अलि पर पुगेका थिए । उनले कोही मान्छे मदत मागी रहेको सुन्यो । ऊ आवाज आइरहेको दिशातिर दौडियो । उसले एक अधबैँसे मानिस उतिर दौडँदै गरेको देख्यो । त्यो मानिसले झाडीतिर इसारा गर्यो । झाडीभित्र भने एक बुढो मान्छे भुइँमा र उसको माथी एक बाघ देख्यो । एकलव्य धनुष लिएर तयार भए र त्यो बाघलाई बाँण हाने । बाघको एक कानको छेउबाट त्यसको घाटीँमा अर्को तिर निस्कियो । घाइते बाघ भुइँमा पछारियो । बुढो मानिस र अधबैँसे मानिसले एकलव्यलाई धन्यवाद गरे । एक दिन द्रोणाचार्य आफ्ना चेलाहरूसहित एकलव्य रहेको वनको बाटो गइरहेका थिए । हस्तिनापुरदेखि नै उनीहरूको साथमा एउटा कुकुर पनि थियो । त्यो कुकुर कहिले अघि त कहिले पछि दौडि रहेको थियो । सबैजना आफ्नै धुनमा हिडिँ रहेका थिए । एकछिनपछि कुकुर द्रोणाचार्यको अगाडि आएर रोक्यो । कुकुरलाई देखेर सबैजना चकित भए - कुकुरको मुखभरि बाँण थियो । तर अचम्म के थियो भने भने कुकुरको मुखबाट एक थोपा रगत आएको थिएन । “को होला त त्यो कुशल धनुर्धर?”, द्रोणाचार्यले प्रश्न गरे । एकलव्य अगाडि आए र गुरुलाई आफ्नो परिचय दिए । द्रोणाचार्यले एकलव्यका आँखामा हेरेर सोधे, “तिम्रा गुरु को हुन्, एकलव्य?” एकलव्यले “मेरो गुरु त स्वयं तपाई हुनुहुन्छ, गुरुदेव” भने पछि द्रोणाचार्य छक्क पर्दै सिसाएको आवाजमा “म कसरी तिम्रो गुरुदेव हुन सक्छु?” भनेर सोधे । एकलव्यले वरको रुखमुनि रहेको द्रोणाचार्यको मूर्ति देखाउँदै सबै कुरा बिस्तारमा भने । द्रोणाचार्यले जब उसलाई आफ्नो धनुर्विद्याको नमुना देखाउन भने, उसले सबैलाई चकित पारे । द्रोणाचार्यले उसको सीप परीक्षण गर्नका लागि उसको विरुद्धमा आफ्ना चेलाहरूलाई पठाए । द्रोणाचार्यका सबै चेलाहरूको बाँण उसले काटिदियो र उसले सबैभन्दा कुशल धनुर्धारी अर्जुनलाई पनि जित्यो । द्रोणाचार्यले भने कि, मलाई गुरु मान्छौ भने मलाई गुरु दक्षिणा दिनुपर्छ । गुरु दक्षिणाको रुपमा द्रोणाचार्यले एकलव्यको दायाँ हातको बुढी औँला मागे । धनुर्विद्यामा दायाँ हातको बुढी औँला अति आवश्यक थियो, तर पनि गुरुको आज्ञा पालन गरेर उसले आफ्नो दायाँ हातको बुढी औँला द्रोणाचार्यको चरणमा राखीदियो । द्रोणाचार्यले एकलव्यलाई चिरञ्जीवी भव: भन्दै आफ्नो बाटो लागे । एकलव्य भने काटिएको औंलाको पीडाका कारण भुइँमा लड्यो । एकलव्य द्रोणाचार्यको मूर्ति अगाडि ध्यान गरेर आँखा खोल्दा, त्यहाँ द्रोणाचार्यको मूर्ति थिएन । त्यहाँ त साक्षात् गुरु द्रोणाचार्य थिए । एकलव्यले द्रोणाचार्यको हातमा हेरे, उनको दायाँ हातको बुढी औँला थिएन । दायाँ हातको बुढी औँला नहुँदा पनि उनले राम्रोसँग बाँण चलाई रहेका थिए । यसबाट एकलव्यले सबै सम्भव छ भनेर बुझे ।
३. परिवेश:
श्री रोशन पोखरेलद्वारा लिखित यो उपन्यास प्राचीन महाकाव्य महाभारतमा आधारित छ । कथामा अभयको घर, हस्तिनापुरको राज्य, हस्तिनापुरको जङ्गल, नदी, गुरु द्रोणाचार्यको गुरुकुललगायतका ठाउँहरू कथामा स्थलगत परिवेशहका रुपमा आएका छन् । यी ठाउँहरूमा भएका कथावस्तु, एकलव्यले राजकुरमारहरू र गुरु द्रोणचार्यलाई आफ्नो धनुर्विद्याको नमुनाबाट चकित पार्नु र गुरु द्रोणलाई गुरु दक्षिणाको रुपमा आफ्नो औँला दिनुका साथसाथै अरु घटनाहरू अवस्थागत परिवेशका रुपमा आएका छन् । यो पुस्तक महाभारतको समयमा आधारित भएको हुनाले पुस्तक भित्रका कथाहरू लगभग ५/६ हजार वर्ष पुरानाे भएको भनेर हामीले मान्न सक्छौँ ।
४. पात्र चित्रण:
‘एकलव्य’ बहुपात्र भएकाे उपन्यास हाे ।यसमा अभय (एकलव्य), निसाधराज र गुरु द्रोणाचार्य प्रमुख पात्रका रुपमा आएका छन् । यसका साथसाथै हस्तिनापुरका राजकुमारहरू यस कथाका गौण/सहायक पात्रका रुपमा आएका छन् । निसाधराजका छोरा, अभयको बाल्यकालदेखि नै धनुर्धारी बन्ने सपना थियो तर हस्तिनापुरमा गुरु द्रोणाचार्यबाट धनुर्विद्या सिक्न जाँदा उनी एक भिल्ल जातका भएकाले धनुर्विद्या सिक्न नपाउने भन्दै गुरु द्रोणले भने । यद्यपि उनले गुरु द्रोणाचार्यले राजकुमारहरूलाई धनुर्विद्या सिकाको हेरेर नै धनुर्विद्या सिके ।
५. निष्कर्ष र सिफारिस:
रोशन पोखरेलद्वारा लिखित यो लघु पुस्तकले भिल्ल जातिको मान्छे भएर राम्रो धनुर्धारी बन्नको लागि एकलव्यको सङ्घर्षको बारेमा कुरा गर्छ । यो उपन्यास सानो भए पनि, याे उपन्यास निकै दार्शनिक छ । यो पुस्तक मैले अहिलेसम्म पढेको मनपर्ने पुस्तकहरू मध्ये एक हो । पुस्तकमा विशेषत: एकलव्यको नदी नतर्ने वचनलाई विषयवस्तुककाे रूपमा लिएकाे छ । भाषागत द्दष्टिकाेणले याे उपन्यास कक्षा ९ का विद्यार्थीका लागि जटिल नभएकाे मान्न सकिन्छ । भाषा जटिल नभएकाे र पुस्तकमा भएको पाैराणिक कथाले हरेकलाई आर्कषित गर्न सक्छ त्यही कारण पनि म याे पुस्तक अध्ययनका लागि सिफारिस गर्दछु ।
साैहार्द बज्राचार्य
कक्षा ९
डियरवाक सिफल स्कुल
Liked by: