विषयपरिवेश :
'एकलव्य' उपन्यास एउटा पौराणिक तथा ऐतिहासिक सन्दर्भमा आधारित उपन्यास हाे । उपन्यासमा हाम्रो पौराणिक महागाथा महाभारतको एउटा पात्रको कथा प्रस्तुत गरिएको छ। एकलव्य अर्थात् त्यो शिष्य जसले आफ्नो गुरुलाई दक्षिणास्वरुप आफ्नो भाग्य दिएको थियो । त्यस्तो महान् व्यक्तिको कथालाई लेखकले सरल भाषाशैलीमा प्रस्तुत गर्नुभएको छ । उनले यस कथाको मध्यमबाट एउटा महत्वपूर्ण सन्देश दिएका छन् कि समय, पात्र र परिवेश फेरिए पनि हाम्रो जीवनको भोगाइ त्यस्तै छ। यो कथा एउटा काल्पनिक कथा रहेको छ र यसमा देखाएका केही पात्रहरूको नाम पनि काल्पनिक हुन् । यो कथा समग्रमा भन्नुपर्दा मेहेनत, समर्पण र लक्ष्य प्राप्त गर्ने एउटा युवाको भोगाइको बारेमा छ। धेरै खोज तथा अध्ययनले यो पुस्तक लेखिएको हो । हामीले अहिलेसम्म धेरै जसोलाई मात्र एकलव्यलाई एउटा महान् शिष्यको रुपमा हेरेका छौँ तर यो उपन्यासले हामीलाई एकलव्यको एउटा नयाँ व्यक्तित्वको रुपमा प्रस्तुत गरेको छ ।
विषयवस्तु र मुलभाव :
यस उपन्यासको पहिलो पाठ धनुषमा हामीलाई कथाको पात्र र त्यहाँको परिवेशको बारेमा विस्तृत चर्चा गरिएको छ। मुख्य पात्रको नाम अभिदुयम्न हो, ऊ बिल्ला जतिको व्यक्ति हो त्यसैकारण उसको बुबा हरिणयधनुषले उसको साथ दिनुभएन । यसले त्यो समाजको एउटा महत्त्वपूर्ण पक्षलाई दर्साएको छ। त्यो समयमा मान्छेहरूले आफ्नो जातअनुसार काम गर्थे त्यसैले अभयलाई पनि धनुर्विद्या लिन सम्भव थिएन । तर यो कुरा अहिलेसम्म मानिन्छ जातीय भेदभाव र कामको विभाजन सम्पूर्ण रुपले नष्ट हुनसकेको छैन। त्यस्तै अर्को पाठ भयमा उसको आमा अभय दिउँसो खेलेपछि घर नफर्केको कारणले चिन्तित थिइन् । उनले पछि खोज्न गएपछि अभय रुखमुनि आफ्नो धनुषलिएर आराम गर्दै थियो। यसले दुई भिन्न सन्दर्भहरू दर्साएको छन् । आमालाई छोरो घर नआएकोले भयले घेरिएको थिइन् । तर अर्कोतर्फ छोरो आफ्नो जातपात र अरु सबै कुराहरू बिर्सेर आफ्नो लक्ष्यतर्फ अग्रसर हुँदै थियो ।
तेस्रो पाठ जुनकिरी रहेको छ। जीवनमा जब सबैतिर अँध्यारो हुन्छ भने एउटा सानो जुनकिरीले नि सबै उज्यालो गर्छ। त्यस्तै अभयको धनुर्विद्याको बाटोमा धेरै कठिनाइ थिए तर गुरु श्रीङ्गदेवले उसलाई ज्ञान दिएर उज्यालोतर्फ डोर्याएको छन् । त्यसैगरी अर्को पाठ गुरु दर्शनमा अभयले गुरु द्रोणाचार्यसित भेट्न हस्तिनापुरको नजिक गएका थिए। तर जीवनमा कुनै पनि कुरा सजिलै प्राप्त हुँदैन त्यस्तै अभयले पनि धेरै सङ्गर्ष गर्नु पर्यो । गुरु द्रोणाचार्यले उसलाई शिक्षा दिनको लागि सहमति दिएनन् । यसले गर्दा उसको बाटोमा फेरि ठुलो खाल्डो पर्यो तर उसले आफ्नो आत्मविश्वासका साथ हिम्मत राखेर अगाडि बढ्ने निर्णय लियो।
जीवनमा धेरै कठिनाईहरू आउनेछन् तर हामीले आफ्नो दृढ निश्चय र मेहेनतमार्फत आफ्नो काम गर्नुपर्छ । गुरु द्रोणाचार्यले उनको मार्गमा ठुलो समस्या लाए पनि उनले आफ्नो लक्ष्य प्राप्त गर्नका निम्ति आफै मार्ग निकाले। यो गुरुकुल भन्ने पाठमा प्रस्तुत गरिएको छ।
एकलव्य भन्ने पाठमा नी अभयदेखि एकलव्य बन्ने सम्मको यात्रा देखाएको छ । उसले गुरु द्रोणाचार्यलाई आफ्नो आदर्श मानेर शिक्षा आर्जित गरे । बिस्तारै उनी एउटा राम्रो धनुर्धर भन्न पुगे । एउटै मात्र लक्ष्य भएका कारण उनी एकलव्य बन्न पुगे । हामीले यदि अरुको सहायता गर्छु भने अवश्य नि फल प्राप्त हुन्छ । तर निस्वार्थ भावले गरेको काम सधै सफल मानिन्छ । अभयले पनि एउटा बुढो मान्छेको सहायता गर्यो तर त्यसका लागि केही पनि लिएनन् । यसले उसको महान् चरित्र देखाउँछ। यो कुरा धन्यबाद भन्ने पाठमा रहेको छ। दिमाग र बल एकसाथ हुँदा कुनै पनि युद्धमा सफलता प्राप्त गर्न सकिन्छ । एकलव्य सुतिरहेको बेला एउटा सर्पले उसको माथि आक्रमण गर्छ । उसले उसको हत्या गरेपछि आफ्नो धनुषको बाणमा विष राख्छ। केही समयपछि उसको युद्ध रक्तासुरसित हुन्छ त्यो समय उसको यस बाणले सफलता दिन्छ। यो विष बाण भन्ने पाठमा छ।
कहिले पनि जीवनमा सबै कुरा एकहोरो अथवा राम्रो मात्र हुन सक्दैन। परिस्थितिले मान्छेको परिक्षा लिइरहेको हुन्छ येदि हामी आफ्नो आत्मबलका साथ यो सबै परीक्षामा उत्तीर्ण गर्यौ भने सुनको जस्तै चम्किने बन्छौ । एकलव्यले पनि आफ्नो माथि विश्वास राख्यो र लक्ष्यतर्फ आफ्नो कदम राख्दै थिए । तर द्रोणाचार्यले उसको बुढी औँला दक्षिणाको रुपमा लिएर उसको जीवनको महत्त्वपूर्ण परीक्षा लिदै थिए। तर उसले आफ्नो बल र शक्तिमार्फत यस परीक्षामा पनि सफल हुने निधो गरे । यो सगर्व गुरु दक्षिणा भन्ने पाठमा आएको छ ।
जीवनमा सबै कुरा सम्भव हुन्छ। येदि मान्छेले आफ्नो दृढ राख्यो भने सफलताको मार्ग आफै बन्छ । हरेक अवसरसँग चुनौती र हरेक चुनौतीसँग अवसर आउछ तर हामीले आफ्नो बाटोको चुनौतीको सामना गर्नुपर्छ र अवसरको उपयोग गर्न सिक्नुपर्छ। एकलव्यको अगाडि पनि धेरै ठुलो समस्या थियो तर उसले त्येसको उपयोग गर्यो र चार औँलाबाट बाण चलाउन सिक्यो । उसको यस पराक्रमकोले गर्दा धेरै नाम कमायो । यो कुरा सबै सम्भव छ भन्ने पाठमा आएको छ ।
जीवनमा हामीले आफ्नो आदर्शहरूलाई बिर्सिनु हुँदैन। आफूले मानेको कुरा यदि सत्य छ भने त्यसको लागि लड्न सिक्नुपर्छ । अभयले आफ्नो आदर्शलाई बिर्सेनन् र परिस्थिति एकदमै कठिन भए तापनि उसले आफ्नो गुरुको समर्थन गरे त्यसैकारण नव्यमुनिले उसलाई वरदान दिएक थिए । यो संधर्व वरदान पाठमा व्यक्त गरिएको छ ।
हामीले समय पर्दा आफ्नो र आफ्नो परिवारको लागि लड्न सक्नुपर्छ। जसले आफ्नो परिवार र समाजको सुरक्षाको निम्ति काम गर्न सक्छ ऊ नै असल व्यक्ति हो । एकलव्यले पनि परिवारको निम्ति युद्धमा लड्यो र विजय प्राप्त गर्यो । आक्रमण पाठमा यो सन्दर्भ व्यक्त गरिएको छ।
कामधेनुगुणा विद्या ह्यकाले फलदायिनी ।
प्रवासे मातृसदृशी विद्या गुप्तं धनं स्मृतम् ॥
अर्थात् विद्यामा कामधेनु जस्तै गुणहरू छन्, त्यसैले यसले अनिकालमा पनि फल दिन्छ र परदेशमा आमाको जस्तै हुन्छ, त्यसैले ज्ञानलाई गोप्य धन पनि भनिन्छ। एकलव्यले पनि आफ्नो परिश्रम, मेहेनत, र दृढ निश्चयले सफलता प्राप्त गर्यो । एउटा असल शिष्य, एउटा महान् धनुर्धर र व्यक्तित्वको बन्न पुगेको छ। यसै कारण उसलाई मगधको राजा जरासन्धले आफ्नो सेनामा सम्मिलित गरेको थिए। एकलव्य एउटा यस्तो युवाको रुपमा आएको छ जसले हामीलाई प्रेरित मात्र हैन विभिन्न महत्वपूर्ण विषयहरूको बारेमा शिक्षा पनि दिएको छ ।
निष्कर्ष :
एकलव्य पौराणिक उपन्यास हाे । यसले द्वापरयुगको परिवेश देखाएको छ। महाभारतको समयमा एउटा महत्वपूर्ण पात्र एकलव्यको बारेमा धेरै चर्चा गरिएको छैन । उसलाई एउटा असल शिष्यको रुपमा मात्र प्रस्तुत गरेको छन् । तर यस किताबले एकलव्यको महान् व्यक्तित्वलाई हाम्रो अगाडि प्रस्तुत गरेको छ। उसको दृढ निश्चय, परिश्रम, र मेहेनतले आफूलाई अभिद्युमबाट अभय बनायो । उसले आफ्नो भित्र केही भय र प्रश्न नराखेर आफूमाथि विश्वास गरेर त्यसअनुसार अगाडि बढ्यो । उसले एउटा लक्ष्य राखेर एकलव्य बन्न पुगे । सबै जना एकलव्य बन्न सक्दैनन् उसको जति सङ्घर्ष गर्नु आफैमा धेरै ठुलो चुनौती छ । मेरो विचारमा युवावर्गका लागि यो किताब एउटा मार्गदर्शक बन्न सक्छ। तर युवा मात्र हैन सबैले केही न केही महत्वपूर्ण कुरा यस बाट प्राप्त गर्न सक्छन् । भाषाशैली सरल र सहज रहेको छ । त्यसैले म सबैलाई यो पुस्तक सिफारिस गर्न चाहन्छु ।
मुस्कान सिंह
कक्षा ११
डियरवाक सिफल स्कुल
Liked by: