मन्दिपलाल जाेशी · Jun २३, २०२३
तथापि एउटा ऐतिहासिक निबन्ध सङ्ग्रह हो, जसका लेखक साहित्यकार शीतल गिरी हुन् । यो पुस्तक बि.स. २०७७ मा प्रकाशन भएको थियो । यस पुस्तकको प्रकाशक ओरिएन्टल पब्लिकेसनले गरेकाे हो। निबन्ध सङ्ग्रहमा कुल १३ ओटा फरक फरक शीर्षकमा रचना गरिएका छन् । शीर्षक फरक भए पनि एकअर्कामा अन्तर्निहित चाहिँ छन् ।
