Ulaar Upanyasma Simantikirtiharuoko Aavaj | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

उलार उपन्यासमा सीमान्तीकृतहरूकाे आवाज




   याेजना गाैतम - Aug 16 2022

विषय प्रवेश:
नयनराज पाण्डे जन्म (सन् १९६६, ९ जुन) चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथा सङ्ग्रह पनि चर्चित छन् । आख्यानकार पाण्डेका संस्मरणमात्मक कृति पहिलो गैरआख्यान पुस्तक "यार" पनि प्रकाशित भएको छ । सामान्य जीवनमा घट्ने स-साना घटनाका आधारमा जीवन र जगतका जटिल मुद्दाहरूको पनि यो पुस्तकमा निकै राम्ररी छलफल गरिएको छ । नेपाली समाजको एक अतिनै उत्पीडित वर्गको वास्तविक चित्रण गरेर लेखकले हामी पाठकहरूमाज यस कृति प्रस्तुत गरिएको छ। नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्वैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसको तेस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ। चौथो संस्करणको प्रकाशक फाइन प्रिन्ट, काठमाडौ रहेको यो पुस्तक २०७१ मा मोटो गातामा र पाँचौ २० वर्षे संस्करण, २०७२ मा प्रकाशित भएको हो । उपन्यासको शीर्षक सार्थक रहेको छ । उलार भनेको बिच कतै बढी र कतै कम भएको कारणले हुने असन्तुलन हो । उपन्यासले जनताको जीवन र राजनीतिमा उठेको मानिसको आम जनताको जीवनमाथि हुने प्रभाव केलाएर उलार भएको पाठकलाई सम्झाएको छ |

कथावस्तु:
प्रेमललवा आठ वर्षको हुँदा नहुँदै उसले आफ्नो आमा बुबा गुमायो । प्रेमललवाको यो संसारमा अरू कोही पनि थिएनन् । जीवन धान्नको लागि उसले आठ वर्षको उमेरदेखि टाँगा चलाउन थाल्यो । ऊ एक छाक मात्र खाएर पनि जीवन धानिरहेको थियोे। त्यो कहाँ छ कति दिनसम्म भोक्कै हुन्थ्यो। तर एक पटक निमोनियोले एकदम नराम्रोसँग ग्रसित हुन्छ र आर्थिक अभावबाट च्यापिन्छ । धेरै नै आपतमा परेपछि आफूले सबैभन्दा भरोसा लाग्ने व्यक्ति राजेन्द्रराज कहाँ जान्छ। राजेन्द्रराज त्यही गाउँका नेता हुन्, जसले उसलाई उसको बुबा मार्ने ट्रक मालिकबाट आठ हजार दिलाएका थिए । राजेन्द्रराजले प्रेमललवाको नाममा रहेको एउटै मात्र पुर्ख्यौली घर जग्गा बेच्न सुझाव दिन्छन् । प्रेमललवाले एक लाख पर्ने त्यो जग्गालाई तीस हजारमा शिलाबाबु (राजेन्द्रराजको नेता साथी) लाई उसले राजेन्द्रराजमार्फत बेच्छ । द्राैपदीलाई उसको यस अवस्थाबाट निकालेर सुन्दर जीवन पनि । उसले बीस हजार तिरेर कोरियनपुरामा आधा कठ्टा जग्गा किनेर सानो छाप्रो बनाउँछ र दस हजारबाट घोडी किन्छ। प्रेमललवा द्राैपदीलाई असाध्य नै माया गर्छ । द्राैपदीले वेश्यावृत्ति गरे पनि प्रेमललवा ऊ प्रतिको माया र आदर उत्तिकै थियो । हुन त द्राैपदी यो काम गर्न बाध्य छे र यो कुरा प्रेमललवाले बुझेको थियो । उसको आमा दीर्घरोगी, बुबा कान नसुन्ने र छोरी सानी छे ।
खटीय प्रेमललवा राजेन्द्रराजको अन्धो भक्त सरह थियो । उसले राजेन्द्रराजलाई चुनाव जिताउन बिना स्वार्थ लगातर खटीय पनि राजेन्द्रराजले चुनाव जित्दैन्न । तीन घण्टा घोडा चलाएर १०० रूपैया कमाउन शान्तिराजाको जुलुसमा ऊ जान्छ । उसकी घोडी वसन्ती एकदमै बिरामी भए पनि जुलुसमा जान्छ। ऊ जसरी पनि पुजी जम्मा गरेर द्राैपदीलाई उसको अवस्थाबाट निकालेर द्राैपदीसँग राम्रो जीवन जिउन चाहन्छ । वसन्ती (घाेडा) अरु दिन जस्तो राम्ररी हिडिरहेकी थिइन । अझ त्यसमाथि झन टाँगामा धेरै ठिटाहरू चढे । प्रेमललवाले भार बढी भो भन्दा पनि ठिटाहरू मानेनन् । बिस्तारै आधा बाटोतिर वसन्ती अगाडि अगाडि बढ्न छोड्छे र बसन्ती जोरसित पछारिएर अचेत हुन्छे । यसरी उसले वसन्तीलाई लगेर जचायो के गर्यो तर वसन्तीले उसको साथ छोडी । न त प्रेमललवाले जुलुसमा खटेको पैसा पनि पाएन । ऊ राजेन्द्रराज कहाँ मदत माग्न जान्छ । राजेन्द्रराजको चिठी लिएर प्रेमललवा शान्तिराजको दरबारमा पुग्छ तर उनले उसलाई भेट्न भोलि बोलाउँछन् । भोलि भेट्न । काठमाडौंमा मन्त्री क्वाटर, बालुवाटार भौतारिन्छ तर पनि शान्तिराजसँग उसको भेट हुँदैन। बिस्तारै उसँग अरूसँग मागेर ल्याएको पैसा सकिदै जान्छ । अन्ततः अफिसमा प्रजातन्त्रको पुरानो योद्धासँग उसको भेट हुन्छ र उनकै सुझावमा ऊ राजधानीबाट फर्किने निश्चय गर्छ । अब ऊसँग घर फर्किनका लागि काट्ने टिकटको पैसामात्र थियो । त्यही पैसाबाट ऊ घर फर्किन्छ। घर फर्केपछि उसले थाहा पाउँछ कि ऊसँग भएको एउटा मात्र टाँगा पनि चोरी भयो र टाउको छोप्ने घर पनि भत्किएको हुन्छ। पानीले ढलेको घरबाट दिलाहाहरू, पटाराहरू, खम्बाहरू सबै चोरी भइसकेको हुन्छ। ऊसँग अब केही भने छैन न त टाउको छोपेका घर न त घरखर्च चलाउने र उसको सपना पूरा गर्ने माध्यम घोडा । मानौ उसको त एकक्षणमा सम्पूर्ण जीवन नै खोसियो । उसले राजेन्द्रराजकोमा गएर ९० हजारको कागज भएको जमिन शिलाबाबुलाई बेचेर ३० हजारमात्र लिन्छ र कोरियनपुरवा भन्दा टाढाको गाउँमा गएर जग्गा टागा र घोडा किन्छ र द्राैपदीलाई भगाउने निश्चित गरी द्राैपदी कहाँ जान्छ ।

मूल भाव :
नेपाली समाजको एक अति नै उत्पीडित वर्गको वास्तविक चित्रण गरेर लेखकले हामी पाठकहरूमाज यस कृति प्रस्तुत गरेका छन् । २०/२५ वर्ष भइसक्दा पनि हाम्रो समाजमा अहिले पनि यो उपन्यास उत्तिकै महत्व राख्दछ। उक्त कुरा विचार गर्दा हामीले यत्रो समयमा हाम्रो समाजलाई कुन दिशातिर मोड्यौ भनेर आफैलाई प्रश्न गर्न यस उपन्यासले बाध्य गरिदिन्छ। समाजका विभिन्न वर्गहरूबिचको खाडल अझै पनि व्याप्त अथवा फराकिलो हुँदै आएको महसुस हुन्छ। दण्डहीनता, अन्याय र दमन जताततै व्याप्त छ, आम जनतालाई आफ्नै उपज मानिएको स्वतन्त्रताको आयतन दिन दिनै कसिदै आएको देखिन्छ। भ्रष्टाचार उदाङ्गो हुँदै छ र जनप्रतिनिधिहरूको सुबिधा प्रतिको मोहले सीमा नागिरहेको अवस्थामा हामीमाझ यस्तै लेख र रचनाको टड्कारो खटेको देखिन्छ। मधेशी लवजका मिहिन चित्रसहितका संवादहरूले पाठकलाई किताब पढेको हैन, घटनाहरूलाई प्रत्यक्ष देखेको भान दिलाउँछ। कसरी थोरै शब्दमा फराकिलो कथा भन्न सकिन्छ। र कसरी सरल भाषामा कठोर अभिव्यक्ति दिन सकिन्छ भनेर लेखनमा रूचि हुनेले त नपढी नहुने पुस्तक नै हो उलार।उपन्यासमा मध्यपश्चिमको तराईको कथा समेटिनुले पाठकलाई नयाँ स्वाद त दिन्छ नै साथसाथै यसले मधेस र नेपालको अन्य समुदाय जोड्ने पुलको कामसमेत गर्छ । उपन्यास पढिसकेपछि मधेसका पात्रहरूसँग एक किसिमको भावनात्मक सामिप्यता बढ्छ । सानो आकारको भएकोले पढ्न खासै समय लाग्दैन । पाण्डेको लेखनी राम्रो लाग्नुको पछि उनी घटना पस्कन्छन् र त्यसप्रति दुःख मनाउ गर्ने या खुशी हुने जिम्मा पाठकमा छोड्छन् ।

निष्कर्ष:
उलार मैले आजसम्म पढेको मध्य एकदम फरक किताब हो । यो किताब निकै रोचक पनि छ। लेखकको लेखनशैली निकै छरितो र मन छुने छ। उनी फिक्सनको नक्कली औपचारिकताबाट बाहिर निस्किन सफल छन् । भाषा सरल र सटिक छ । सामान्य जीवनको जटिलता र रोचकपनालाई उनले मजासँगले आफ्नो लेखाइमा उतारेका छन् । उलार अब उलार भाग–२ लेखिनु र्छ जस्तो लाग्यो । २० वर्षमा प्रेमललवाको भोगाइ र अनुभूतिसँगै फेरिएको व्यवस्था र अवस्थाबारे चित्रण भइ दिए भावी पुस्ताका लागि पनि राम्रै अध्ययन गर्ने कृति मिल्नेछ होला कि ! पुस्तकमा खट्केको अर्को पक्ष के भने आफूले विगतमा यौनसम्पर्क राखेका महिलाहरूको वास्तविक नाम र ठेगाना फटाफट लेख्ने काम शोभनीय छैन । उलारको प्रेमललवा, द्रौपदी र वसन्तीको कथा मार्मिक अनि हृदयस्पर्शी छ । राजनीति पक्कै आफैंमा नराम्रो होइन तर सोझो प्रेमललवाको जीवनमा राजनीतिले पारेको असर हेर्दा चाँहि साच्चै, “छ्या! राजनीति अनि त्यसमा लागेका चोरहरू” भन्न मन लाग्छ । राजनीतिमा अहिले पनि धेरै मानिसहरू छन् जो प्रेमललवा जस्तै राजनीतिमा लागेर फसिरहेका छन् जो नेताहरूले दिएको झुटा बचनहरूमा फसिरहेका छन्। हामीले त्यसरी फस्नु हुँदैन भन्ने यो किताबले दिन खोजेको मुख्य सन्देश हो ।


याेजना गाैतम
कक्षा - १२ ‘खुम्बुत्से’
डियरवाक सिफल स्कुल 




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.