Upahar Rahasya | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

बालककाे चलाखीपूर्ण कार्यः उपहार रहस्य




   प्रसिद्धि डङ्गाेल - Jul 07 2023

परिचय:
‘उपहार रहस्य’ कथाका यसका रचनाकार कृष्णदीप सिग्देल हुन् । यसमा आकर्षक चित्रहरू समित श्रेष्ठले बनाएका हुन् । यो पुस्तक मुख्यतः एउटा सानो केटा र उसकी दिदीको बारेमा रहेकाे छ जसले एउटा अनौठो पुस्तकको बारेमा खोजी गर्दछ तर उनीहरूले त्यो कोबाट आएको होला भनेर भेट्टाउछन् कि भेठ्टाउँदैनन् ? यो एक धेरै चाखलाग्दो पुस्तक हो र प्रत्येक अध्याय सकिएपछि के हुन्छ होला जान्ने इच्छा निरन्तर लागिरहन्छ र अझैँ पढुूँ पढूँ लाग्छ । पुस्तक छोटो भएता पनि यसको पूर्ण कथानक छ र यसको अन्त्यमा हामी एउटा कुराकानी पनि पढ्न सक्छौँ । यस पुस्तकका लेखक र पात्रहरूले हामीलाई यस किताबको बारेमा अझ स्पष्ट र सही रूपमा ज्ञान पाउन मद्दत गर्दछन् ।

कथावस्तु:
एकदिन आमाले उनको चस्मा कहाँ छ भनेर खोजिरहनु भएको थियो । त्यतिबेला नै सरोज त्यहाँ आयो र उनलाई चस्माको बारेमा सोध्यो र त्यसपछि यताउता हेर्‍याे । उसले त्यहाँ एउटा चिया खाएको डाम र एउटा र एउटा राैँ भेट्यो । त्यसपछि उसलाई लाग्यो कि त्यो चस्मा उसको बुबा वा एउटा बिरालोले लगेको हुनुपर्छ तर त्यतिबेला नै सलोजा त्यहाँ आएर हेर्न थाली । उसले त्यसपछि आमा बुबाको दराज खोली र त्यहाँ बुबाको कोटभित्र उसले त्यो चस्मा भेटी । त्यो चाँहि बुबाको नै थियो र उसले थाहा पाई कि बुबाले थाहा नपाएर आमाको चस्मा लगाएर जानु भएको रहेछ । त्यतिबेला नै बुबाको फोन पनि आयो र उहाँले भन्नुभएको थियो कि अहिले टाउको दुखिरहेको थियो र उहाँ फर्किने बेला एउटा डाक्टर कँहा गएर आउने छु तर त्यतिबेला नै सलोजाले उनलाई डाक्टर कहाँ जानुपर्दैन भनी किनभने बुबाले आमाको चस्मा लाएर गएका थिए त्यतिबेला नै सलोजाले सरोजलाई फुच्चे भनेर जिस्काई र रिस उठे पनि ऊ चुप लागि बस्यो। त्यसपछि उनीहरूको विद्यालय जाने बेला भयाे र दुबै सँगै विद्यालय गए । पछि उनीहरूको बिदा पनि सुरु भयो र उनीहरू मेलामा जाने विचार गरे । मेलामा जाँदा उनीहरूलाई भित्र पस्नको लागि ५० रुपैँया तिर्नुपर्थ्यो । सलोजाले त्यतिबेला नै आफ्नो विद्यार्थी परिचयपत्र निकाली । र सरोजलाई पनि उसको परिचय पत्रको लागि सोधी तर सरोजले ल्याएको थिएन । त्यसैले सरोजले ५० रुपेैयाँ तिर्नुपर्‍याे र सलोजाले जम्मा १० रुपैँया तिर्नुपर्‍याे । भित्र गएर यता-उता हेरिसकेपछि सरोजले आफ्ना साथीहरू भेटेर पछि दिदी आफ्ना साथीहरूसँग जान्छिन् होला भनेर उसले आफ्नो दिदीलाई छोडेर गयो । ऊ आफ्नो साथीहरूसँग धेरै ठाउँँहरूमा गयो । विभिन्न खेलहरू खेल्यो, पहिला त रिङ छिराउने खेलमा उनीहरू गए तर बल्लतल्ल जानकीले त्यसमा जितेर एउटा बिस्कुट जितिन् । त्यसपछि उनीहरू बेलुनहरू फुटाउने खेलमा गए जुनमा सरोजले २०० रुपैयाँ जति खर्च गर्‍याे । त्यसपछि उनीहरूले खाजा खाने विचार गरे र उनीहरू आफ्नो घर जाने विचार गरेकाले सरोजले खाजा खाएर आफ्नी दिदीलाई भेटेपछि मात्र उनीहरूबाट छुट्यो । त्यसपछि ऊ आफ्नो दिदीसँग जान लागेको थियो तर त्यतिबेला नै उसले दिदी भएको पसल सँगै एउटा खेलको सामग्री पाइने पसल देख्याे त्यहाँ गयो र उसले एउटा दुरबिन पनि भेट्यो । दुरबिनको लागि ऊसँग पैसा थिएन त्यसैले उसले सलोजासँग माग्न गयो र पैसा पाएपछि उसले गएर दुरबिन किनेर उनीहरू दुबै घर फर्किए । अर्को दिन सलोजाले केही फुटेको आवाज सुन्छे, त्यो सुनेर उसलाई डर लाग्छ त्यसैले ऊ कहाँबाट आएको रहेछ भनेर खोज्न जान्छे तर उसले त्यो आवाज सरोजको कोठाबाट आएको हो भनेर थाहा पाएपछि सरोजको कोठाभित्र पस्छे । सरोज चाहिँ एउटा खुत्रुके फुटाइरहेको थियो । त्यसपछि सलोजाले सरोजलाई उसले उसलाई त्यति छिटो पैसा पर्दैनथ्यो भन्छे तर त्यतिबेला नै सरोजले पनि भन्छ कि सलोजलाई पैसा दिन ऊ खुत्रुके फुटाइरहेको थिएन । उसलाई एउटा जासुस चाहिने सामान सामग्री किन्न ऊ खुत्रुके फुट्याइरहेको थियो । त्यसपछि सलोजा एकैछिन रिसाई तर हाँस्दै बाहिर गई । बुबा एक दिन घर फर्किदा ढोकामा साँचो लागिरहेको थियो । जहिले पनि सलोजा र सरोज अघि नै आएर साँचो खोलेर बसिसकेका हुन्थे तर त्यस दिन साँचो लागिरहेको थियो । त्यसपछि त्यहाँ केही बेरपछि सलोजा आइपुग्छे र त्यसपछि उसलाई बुबाले सरोज कहाँ थियो भनेर बुबाले सोध्नुभयो र सरोजले भनेनन् कि सरोजको कक्षा छिटै छुटेको भएर ऊ बाहिर जान्छु भनेर गएको थियो तर आएको छैन । साथीकै घर गएको हुनुपर्छ ! त्यसपछि बुबा र सलोजा भित्र पस्छन् र उनीहरू लुगा फेरेर आइसकेपछि बुबाले पिठो मुछिरहनुभएको थियो । त्यसपछि आज जोगी तरकारी खाने भनेर भन्छन् । जोगी तरकारी भनेको चाहिँ सबै तरकारीहरूलाई एकअर्कासँग मिलाएर बनाउने तरकारी थियो । त्यसपछि बुबा र सलोजा भएर राेटी तयार पार्न थाले । केहीबेरमा आमा पनि आउनुभयो र सरोजको बारेमा सोध्नुभयो । उनीहरूले साथीको घरमा छ होला भनेर भने तर उहाँले भन्नुभयो कि त्यस्तो भनेर कहाँ हुन्छ र ? सरोज कहाँ छ भनेर अहिले नै सोधिहाल्नुपर्छ । त्यसपछि उनीहरूले सरोजका साथीहरूका घरमा फोन गरेँ तर उनीहरूको घरमा सरोज थिएन तर त्यतिबेला सरोज आइपुगिहाल्यो र उसले भन्यो कि ऊ आइरहेको थियो तर बाटोमा उसको साथी नरेशको दिदीको औँठी खसेको रहेछ र त्यँही खोज्नको लागि उसले त्यँही दिदीको एउटा क्लिपले त्यसलाई बाहिर निकालेर दिएको थियो । त्यसैले ढिलो भयो तर त्यतिबेला सलोजाले सोधिन् कि,”कुन औंलामा उनले औंठी लगाइन् ?” त्यसपछि साइँली औंलामा लगाएकी थिइन् भनेर सरोजले भन्यो तर पछि सलोजाले भनी कि बिहे गरेको मान्छेले मात्रै साइँली औंलामा लगाउँछन् । त्यसैले उसले झुटो बोलेको कुरा पनि पक्डियो । अर्को दिन सलोजाको जन्मदिन थियो । बिहानमा नै उसले सरोजको कोठामा घन्टी बजाउँदै आएकी थिर्इ र सरोजले पनि उसलाई जन्मदिनको बधाई छ भनेर भनेको थियो । उसले भनेको थियो कि उसको उपहार सलोजालाई सबैभन्दा पहिले आउने थियो । त्यस दिन विद्यालयमा पुण्य गुरूबाले मित्रता दिवसको बारेमा एउटा भाषण पनि दिइरहनुभएको थियो र त्यस दिन सलोजाको जन्मदिनको अवसर पनि थियो भनेर उनले भनेका थिए । त्यसपछि निउटन सरले सरोजालाई एउटा उपहार दिएका थिए जुन उसको शुभचिन्तकबाट थियो। सरोजालाई त्यो उपहार लिन मन लागेको थिएन तर उसले अगाडि गएर लिर्इ। पुरै दिन उसलाई त्यो उपहार हेरेर असजिलो लागिरहेको थियो । खाजा खाने बेलामा पनि उसका केही साथीहरू ऊ भएको ठाउँँमा आएर उसको ब्वाइफ्रेन्ड छ भनेर उसलाई जिस्काइरहेका थिए तर त्यसपछि उसले उनीहरूलाई भनेकी थिइन् कि उसको कोही ब्वाइफ्रेन्ड थिएन । त्यो दिन घर फर्केर सरोजले विद्यालयमा भएका सबै कुरा पनि भनेको थियो कि कसरी पुण्य गुरुबाले पछि आएर विद्यालयमा अबदेखि कसैले पनि आफ्नो नाम नलेखी कसैलाई पनि उपकार दिन पाउँदैन भनेर भनेका थिए । यी सबै कुराहरू सरोज आमाबुबालाई पनि बतायो । त्यसपछि आमा र बुबाले त्यस उपहार र चिठी हेर्न मागे र सलोजाले ल्याएर दिइन् तर आमाबुबाले भने कि यसमा सभ्य भाषा थियो र उपहार पनि त्यति नराम्रो थिएन । त्यो उपहार भनेको इन्साइक्लोपीडिया अफ प्लान्टस् ए्यान्ड एनिमल्स् जुन सलोजाले मेलामा किन्न पाएकी थिइनन् । त्यसपछि उसले आफ्नो तर्कहरू राखी कि कसरी यसमा लेखेका अक्षरहरू ४ वा ५ वा कक्षाका भाइबहिनीले लेखेको जस्तो थियो र उसलाई किताब चाहिन्छ भन्ने कुरा थाहा भएको मान्छे भनेको सरोज मात्र थियो। त्यसपछि सबैले थाहा पाए कि त्यस उपहार सरोजले दिएको थियो । त्यसपछि सरोजले पनि आफ्नी दिदीलाई भन्यो कि,”मैले तपाईलाई भनेकै थिएँ कि मेरो उपहार तपाईंलाई सबैभन्दा पहिलो आउँछ!” त्यसपछि उनीहरू सबै हाँसे र सरोजाले भनी कि त्यो उपहार उसको शुभचिन्तकबाट आएको हो तिमीबाट होइन!

पात्र:
यस पुस्तकका पात्रहरू सरोज, सलोजा, न्यूटन सर, पुण्य गुरुबा, बुबा,आमा, नरेश, जानकी, झुमा र मिना हुन् । यस पुस्तकको मुख्य पात्र भने सरोज र सलोजा हुन् । मलाई लाग्छ कि सबैजना राम्रा पात्र हुन् तर सलोजाका साथीले उसलाई ब्वाइफ्रेन्डको बारेमा जिस्क्याएको नराम्रो लाग्यो किनभने यो उनीहरूको सम्बन्धमा बस्ने उमेर होइन, यो बच्चाहरूको नयाँ कुरा सिक्ने र समग्र रुपमा विकास हुने उमेर हो । पुस्तकमा यो पनि उल्लेख गरिएको छ कि ४ वा ५ कक्षामा पढ्ने बच्चाहरूले समेत ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाएका छन् तर म बुझ्छु कि हामीलाई यस प्रकारका कामहरू नगर्न प्रस्तुत गरिरहेको छ। तर यो कुरा राम्राे हाे किनभने उसका साथीहरूले उसलाई कुनै शारीरिक हानि गरेका होइनन् जिस्काएका मात्रै हुन् र एक अर्कासँग ठट्टा मात्र गरिरहेका थिए । समग्रमा यस पुस्तकमा सबै मानवीय पात्र र असल पात्र छन् । किताब पढ्दा त लाग्दैन तर सरोज एक चतुर पात्र हो किनभने उसले आफ्नो दिदीलाई जन्मदिनको उपहार दिंँदा धेरै रचनात्मक रुपले जुक्ति लगाएको पनि थियो।

परिवेश:
यस पुस्तकमा स्थलगत परिवेश स्पष्ट रूपमा दिइएको छैन तर सलोजा र सरोजको घर, विद्यालय, मेला र बिहानको सभा स्थल हुन् । कालगत परिवेश लगभग १ महिनाको छ । यसको अवस्थागन परिवेश यो हो: आमाको चस्मा हराउँछ, सलोजाले फेला पार्छे, सलोजा र सरोज स्कुल जान्छन्, उनीहरूको वार्षिक बिदा सुरु हुन्छ, उनीहरू मेलामा जान्छन्, सरोज आफ्ना साथीहरूलाई भेट्छन्, सरोज आफ्ना साथीहरूसँग जान्छ, उसले दुर्बिन किन्छ, उसले जासुस बन्न सामानहरू किन्न आफ्नो खुत्रुके फुटाउँछ, बुबा भोलिपल्ट घरमा आउनुहुन्छ, ढोका बन्द हुन्छ, सलोजा आउँछे र ढोका खोल्छे, सरोज सलोजासँग हुदैँन, ऊ बुबालाई भन्छे । भाइ सायद साथीको घरमा छ, उनीहरू जोगी तरकारी बनाउँछन्, आमा घर आउनुहुन्छ, आमा सरोजको बारेमा चिन्तित हुन्छिन्, सरोज घर आउँछ, किन ढिलो भयो बताउँछ, सलोजाले झूटो बोलेको थाहा पाउँछे, भोलिपल्ट सलोजाको जन्मदिन हुन्छ, पुण्य गुरुबाले फ्रेन्डसिप दिवशको बारेमा भाषण दिन्छन्, न्युटन सरले सलोजालाई गिफ्ट दिन्छन्, साथीहरूले त्यसको बारेमा सलोजालाई जिस्काउँछन्, उनी घर जान्छिन्, सरोजले उनीहरूका आमाबुवालाई के भयो भनेर बताउँछ, सलोजाले थाहा पाउँछिन् कि सरोजले उसलाई उपहार दिएको थियो, उनीहरू सबै खुसी हुन्छन्। यसकाे कालगत परिवेश लगभग १५ दिन भएकाे अनुमान लगाउन सकिन्छ ।

निष्कर्ष:
निष्कर्षमा यो पुस्तक धेरै रोचक छ र हामीलाई पढ्न उत्सुक बनाउँछ । यसमा धेरै स-साना घटनाहरू छन् जुन कथासँग जोडेर यसलाई थप रोचक बनाउँछन् । जसरी सलोजाले आफ्नो उपहार प्राप्त गरिन् त्यो पनि धेरै चलाख तरिका थियो । यसले हामीलाई किशोरावस्थामा मानिसहरू केटीहरू र केटाहरूप्रति कसरी आकर्षित हुन्छन् भन्ने बारेमा सिकाउँछ तर यो हाम्रो लागि सम्बन्ध सुरु गर्ने समय होइन र यो हाम्रो जीवनको सिकाइकाे चरण हो जसमा हामीले बढी ध्यान पढाइमा केन्द्रित गर्नुपर्छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । यस बेलामा धेरै मानिसहरू खराब बाटोमा पनि लाग्न सक्छन् र त्यसबाट बच्न महत्त्वपूर्ण छ । त्यसैले म यो पुस्तक अरूलाई पनि यो ज्ञान बाढ्न सिफारिस गर्न चाहन्छु ।

प्रसिद्धि डङ्गाेल
कक्षाः ८
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.