मीमांसा आचार्य · Jun १२, २०२३
कृष्ण धरावासीद्वारा लिखित राधा उपन्यास २०६२ सालमा साझा प्रकाशनद्वारा प्रकाशित एक लीला लेखन हो । यस उपन्यासमा पौराणिक विषयवस्तुलाई आधुनिक चश्माले हेर्ने प्रयास गरिएको छ। यस उपन्यासले २०६३ सालको मदनपुरस्कार प्राप्त गरेको थियाे । उपन्यासमा कृष्ण, सूर्यजस्ता दैविक पात्रलाई कथामा सामान्य व्यक्तित्वको रूपमा लिइएको छ। पुराणहरूमा बिचमा छोडी राम्रोसित पनि उल्लेख नगरिएकी राधाको लेखकले यस उपन्यासमा उसको जन्म, बालापन र यौवन एवम् मनोविज्ञानलाई प्रस्तुत गर्दै राधाको आत्मकथा लेखेका छन् । अरु थुप्रै इतिहासमा दबिएका, हेपिएका, उल्लेख नगरिएका तर महत्त्वपूर्ण भूमिका रहेका नारी पात्र जस्तै यशोदा, कलावती, रुक्मिणी, द्राैपदी, एकनंशाको कथा र उनीहरूको मनोविज्ञान, तपस्या, त्याग, समर्पणलाई उपन्यासमा देखाइएको छ । यो उपन्यास पाँच अध्यायमा विभाजित छ ।
