परिचय:
यस पुस्तक यार्चा एक बालकथा हो । यार्चा पुस्तकका लेखक अनन्त वाग्ले हुन् । यस पुस्तकमा रहेका सुन्दर, आकर्षक र धेरै कुरा बुझाउने चित्रहरू चित्रकार कृष्णगोपाल श्रेष्ठले काेरेका हुन् । यस पुस्तकलाई प्रकाशक काठमाडौ पब्लिकेशन गरेकाे हाे ।
पात्रहरू:
यार्चा एउटा काल्पनिक बाल कथा हो । यस कथामा मानवेतर र मानवीय दुबै पात्रहरू छन् । मोतीशीला, लाले, आमा, बुबा, कालीबहादुर काका, पालाङ्मु, चोरहरू, काकी, पवन सर, कमल, आराधना, यार्चा आदि पात्रहरू छन् । यस कथाकी प्रमुख पात्र मोतीशीला हो भने सहायक पात्रमा लाले, आमा, बुबा, कालीबहादुर काका, पालाङ्मु, चोरहरू, काकी, पवन सर, कमल, आराधना, यार्चा हुन्। यस कथाकी सत् पात्र मोतीशीला हुन् न उनी असत् पात्र हुन् । यस कथामा सत् पात्र छैनन् भने असत् पात्र चोरहरू हुन् ।
कथावस्तु:
यार्चा टिप्ने बेला हुँदै थियो । मोती विद्यालय जान ढिला भैसकेकी थिइन्। विद्यालयले यस वर्ष विद्यालय यार्चा टिप्नका लागि विद्यालय बन्द नगर्ने निर्णय गरेछ। यसै सिलसिलामा मोतीकी साथी पालाङ्मुले उसको जिल्ला उडाइन् । मोतीले उसको कुराको विरोध गरिन् । सबैले विरोध गरेपछि विद्यालयले १ महिना विदा दिने निर्णय भयाे । लेक चड्ने दिन आयो । सबै जना उत्सुक थिए । बुबाले लाले र मोतीलाई नयाँ जुत्ता किनिदिएका थिए। दुबैजनाले लेक उक्लने दिन त्यही जुत्ता लगाएर गएका थिए । लालेको जुत्ता ठूलो थियो भने मोतीको जुत्ता सानो थियो । मोतीलाई लेक उक्लने बेला जुत्ताले धेरै दुखाएको थियो । आमा र बुबालाई त्याे कुरा मोतीले भनी त्यसैले सबैजना चौतारामा बसेको बेला हेर्दा मोतीको खुट्टामा धेरै घाऊ भएको थियो त्यसैले लेक उक्लने बेला मोतीले जूता नलाईकन हिँडिन् । लेक चढ्दै जाँदा अर्को समूह आयो त्यतिबेला उनीहरूको एकजना सहायक भीरबाट खसेर धेरै घाइते भएका थिए । त्यसैले उनलाई घर पठाइएको थियो । यो सुनेर सबैजना दिक्क भएका थिए । लेक उक्लदै गर्दा लालेलाई सास लिन धेरै अप्ठ्यारो भइरहेको थियो। उसलाई लेक लागेछ। यो थाहा पाएर आमाले आफ्नो पटुकीबाट एउटा प्याज काटेर त्यसको बोक्रा लाले र मोतीलाई दिइन् । त्यस प्याजबाट आमाको पटुकीको अमिलो गन्ध लाले र मोतीको नाकमा पर्याे । त्यस दिन मोतीले सपनामा यार्चालाई देखिन् । यार्चाले दुई हात जोडेर मोतीलाई स्वागत गर्याे । यार्चाले आफ्नो कथा मोतीलाई सुनायो ।" मेरी आमा एक सुन्दर पुतली हुन् । म उनी जस्तै बन्न चाहन्थे त्यसैले म अण्डाबाट निस्किदा म धेरै खान थाले । तर मौसम चिसो थियो । मेरो शरीर भरी ढुसी पलाउन थाल्यो । ढुसीमाथि हिउँ पर्याे । म चलमलाउन नसक्ने भएँ । मेरो टाउकोबाट एउटा डाँठ पलायो । यसरी अहिले म यार्चा बने।" लेक उक्लि सकेपछि त्यहाँ मोतीका साथीहरू पनि थिए । उनीहरू सबैले कालीबहादुर काकाको दु:खद निधनको बारेमा सुने । उनलाई लेक लागेछ र निमोनियाले पनि भेटेछ । त्यसैले उनी बाँच्न सकेनन्। यो सुनेर सबैजना दुःखी भए । उनको घरमा दुईजना साना बच्चा, एउटी श्रीमती र बूढा आमाबुबा थिए । काली बहादुर काका मात्रै पैसा कमाउने थिए । सबैजना लागि साना बच्चाहरूको बारेमा सोधेर आाशु रोक्न सकेनन् । पाटनमा एउटा घुम्ती विद्यालय खुलेको थियो त्यहाँ लाले र मोतीका उमेरका बच्चाहरू जान पाउने थिए। यस विद्यालय खुल्न अझै तीन दिन बाँकी थियो। आमा र बुबा बाहिर गएका थिए। त्यसैले पालमा लाले र मोती मात्र थिए । बाहिरबाट दुईजना मानिस बोलेको आवाज सुनियो । एकजनाले भन्दै थियो ओहो यहाँ त बच्चाहरू रहेछन् । हामी जाम । यो सुनेर लाले र मोती बाहिर चिहाउन पुगे । दुईजना चोरहरू रहेछन् । लाले र मोतीले चोरपछि लागे। अचानक चोरहरू हराए । मोतीको दिमागमा एउटा उपाय आयो । उसले भनी "बुबा पुलिसलाई लिएर यतै आउनु । यो सुनेर लाले छक्क पर्याे । न त बुबा यहाँ हुनुहुन्थ्याे न त पुलिस नै । मोतीले फेरि त्यसैगरी चिच्याइन् । त्यस बेला दुइटा चोरहरू नजिकैको पालबाट निस्के। उनीहरूले सबै चोरेको सामान झारे । बेलुकी लाले र मोती भात खाँदै गर्दा त्यस पालकी आएर लाले र मोदीलाई कराउन थालिन् । लाले र मोती साँचो कुरा नपाईकन कराएको भन्दै भित्तातिर फर्के। काकी पनि आफ्नै पालतिर गइन् । बिहान रेडियोमा दुई जना चोरहरू पक्राउ परेको सुनियो । काकी पुलिस चौकी जानुभयो आफ्नो सामान उहाँ चिनी हाल्नुभयाे । उहाँले लाले र मोती सँग माफी मागिन् । पाटनको घुम्ती विद्यालय पनि सुरु भयो । लाले र मोती दुबै त्यहाँ गए । उनीहरू जस्तै बालबालिकाहरू पनि त्यहाँ थिए । उनीहरूको स्वागत ताली सहित भयो । त्यहाँ पढाउने शिक्षकको नाम पवन सर रहेछ। उनले मोतीलाई एउटा किताब दिनुभयो। त्यो किताब एउटा कथा थियो । त्यहाँ एक जना कमल भन्ने व्यक्ति थिए । एक जना विदेशीहरू नेपालको पोखरामा गएर बसिरहेका थिए । उनीहरूको एकजना छोरी थिइन् । उनको नाम आराधना थियो। एकदिन आराधना एउटा दुलोभित्र पसिन् । उनी रोएको आवाज बाहिर सुनिन्थ्यो तर कोही पनि भित्र जान सकिरहेका थिएनन्। त्यति बेला एकजना व्यक्ति आए उनले आफ्नो भाइले यो काम गर्नसक्छ भने । उनी घर गएर कमलाई लिएर आए । सबैले नजान भनिरहेका थिए । तर कमलले जिद्दी गरिरहेको थियो । त्यसैले ऊ तल गयो । उसले त्यहाँ आराधनालाई देख्यो । उसले आरधनालाई एउटा बोरामा बोकेर आफूसँगै माथि लग्यो । यो कथा मोतीलाई एकदमै धेरै मन पर्याे । त्यसैले उनले यो कथा आफ्नो कापीमा सारिन् र त्यो किताब पवन सरलाई दिइन् । मौसम बिग्रियो । लाले पनि बिरामी पर्याे। एकदमै बिरामी परेपछि चिकित्सकहरूले पनि उसलाई फिर्ता घर लैजाने सल्लाह दिए। तर कसले लैजाने भन्ने ठूलो चिन्ता परेको थियो। धेरै समय यही बसेपछि सबैजना फिर्ता घर गए । त्यहाँ लाले र मोतीका हजुरआमाहरूले उनीहरूलाई देखेर एकदमै खुसी हुनुभयो तर लाले धेरै नै दुब्लाएको, पातलो र कमजोर भएको थियो।
परिवेश:
यस कथामा विद्यालय, घर, लेक, पाल, पोखरा, चिकित्सा घर आदि स्थलगत परिवेशकाे रूपमा आएका छन् । यार्चा टिप्नु, लेक उक्लनु, यात्रा टिप्ने क्रममा लेक लाग्नु, बिरामी भएर मर्नु, वर्षभरि जहान परिवार पाल्ने सपना यात्रा टिप्न नपाएसँगै तुहिनु आदि अवस्थागत परिवेशका रूपमा आएका छन्। कालगत परिवेशका रूपमा हेर्दा सबै घटना हुन १ महिना लागेको अनुमान गर्न सकिन्छ ।
निष्कर्ष:
यस पुस्तकका लेखक अनन्त वाग्ले हुन् । यस किताबले दुर्गम ठाउँमा रहेका बालबालिकाको कठिन अवस्था देखाउँछ । यस किताबमा मोती र लालेको जीवन छर्लङ्ग पार्छ । आफ्नो परिवार पाल्न कति सङ्घर्ष गर्नुपर्छ भन्ने पनि देखाउँछ । यस किताबले हामीलाई सबैसँग मिलेर बस्नुपर्ने पनि सिकाउँछ । हिमाली भेगमा पाहिने अत्यन्तै बहुमूल्य जडिबुटी यार्चा वास्तवमा के हाे त ? त्यसकाे जानकारी पनि पुस्तकले सरल र सरस भाषामा दिएकाे छ । त्यसैले म यो पुस्तक एकपटक पढ्नका लागि सबैलाई सिफारिस गर्दछु ।
अनुश्री आचार्च
कक्षा ७ ‘पुमरी’
डियरवाक सिफल स्कुल
Liked by: