परिचयः
भुइँ भेट्यो भुमाले कथाका रचनाकार अनन्त वाग्ले हुनुहुन्छ । कथामा राम्रा राम्रा चित्रहरू पनि छन् । ती चित्रहरू बनाउने काम उज्ज्वल तामाङ गर्नुभएकाे हाे । यस कथालाई परिचय पब्लिकेसनले प्रकाशन गरेको हो ।
कथावस्तुः
साँगुरोपोखरीको घेराभित्र बस्दा बस्दा दिक्क भएको भुमा भ्यागुतो आफ्नो घर नदीमा भइदिएको भए धेरै आनन्द हुन्थ्यो भनेर मनमनै सोच्छ । उसले आफूलाई ताजा बनाउनका लागि बेलाबेलामा पोखरीबाट बाहिर निस्केर जङ्गलको अनुभव गर्दथ्यो तर यो पटक भुमाले गाउँघर हेर्न मन गर्यो । गाउँघरतिरको बाटोमा उसले गाई, बाख्रा, भैँसी, सुँगुर जस्ता जनावर देख्यो । यस्तो बेला तिनीहरूका निर्दयी पैतालाले किचिएला भनेर भुमा अलि सप्रिएको घाँस वा बुट्यानमुनि लुकेर आफ्नो ज्यान जोगाउँथ्यो । स्कुलले केटाकेटीले भुमालाई खेद्न र घोच्न थाले । आफ्नो ज्यान जोगाउन खोज्दा खोज्दै केटाको हातको लठ्ठीले भुमाको पिठ्युमा कोतरिहाल्यो । घाँसे झाङभित्र आराम गरेर केही तागत सञ्चय गर्यो । केहीबेरपछि झ्यापुल्ले कुकुरले आक्रमण गर्यो । भुमा झारपातभित्र लुक्याे । भुमा घाँसबाट निस्केर बस्तीतिर लाग्याे । बस्तीतिरको सुन्दर करेसाबारीमा भएकाे सागपात र फलफूलका बिरुवाबाट आएको मधुर हावाले उसकाे शरीरभरि नयाँ उमङ्ग भरिदियो । मानिसको बस्ती र तिनको रहनसहन बारे बुझ्न आएको भुमा पनि पर्खालबाट ओर्लियो । बिस्तारै मानिसले खाना खाएको देख्याे । उसलाई मान्छेले के खाँदा रहेछन् भनेर खुल्दुली लाग्याे । उज्यालो नपर्ने गरी गग्रेटमुनि गएर सबैका क्रियाकलाप र वरिपरिका चिजबिजलाई आँखा घुमाएर हेर्यो । गाग्रीबाट खसिरहेको पानीको थोपाबाट उसलाई स्फूर्ति अनुभव भयो । कता के छ भनी हेर्ने क्रममा मदानीको मुखबाट फुत्त खस्यो र दहीमा डुब्यो । उफ्रदा उफ्रदा त्यहाँ त मदानीले दही मच्छेर नाैनीको डल्लो पो बनेछ । भुमाले अलिकति नाैनी खाएर हेर्यो । अकल्पनीय खुसीले पुलकित भइरहेको भुमाले नाैनीको डल्लोबाट ओर्लिएर भुइँ भेट्यो ।
पात्रहरू :
यस कथाका मुख्य पात्र भुमा भ्यागुताे हाे । सहायक पात्रहरू मानिस, स्कुलले केटाकेटी, गाई, बाख्रा, भैँसी, सुँगुर आदि हुन् ।
निष्कर्षः
यो कथा पढ्दा मलाई धेरै रमाइलो भयो । कथाका चित्रहरू पनि साह्रै राम्रो लाग्यो । म सबैलाई यो कथा पढ्न अनुरोध गर्दछु ।
नाम : वेदाङ्ग अर्याल
कक्षा : तीन ‘मनास्लु’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : भुइँ भेट्यो भुमाले
Liked by: