परिचय
वीर बलभद्रक पुस्तक राेशन पाेखरेलले लेखेका हुन् । याे पुस्तककाे चित्राङ्कनकर्ता धूर्व प्रजापती हुन् । याे ऐतिहासिक कथा हाे ।
कथावस्तु
वि.सं.१८४६ सालकाे माघ १७ गते अम्बिका देवीकाे गर्भबाट सरदार चन्द्रवीर कुँवरकाे माइलाे छाेराकाे रुपमा एक बालक जन्मिए । उनकाे नाम बलभद्र कुँवर राखियाे । उनी सानैदेखि सुरा, जुझारू र तीक्ष्ण बुद्धिका थिए । उनले सानैदेखि घरेलु औजार चलाउन सिकिसकेका थिए । त्यति बेला छिट्टै विवाह गर्ने चलन भएकाले उनकाे विवाह वि.सं. १८६२ मा मालिका देवीसँग भयाे । उनकाे विवाह भएकाे १ वर्षपछि उनकाे पल्टनमा जागिर खाने इच्छा पूरा भयाे । बाठा अङ्ग्रेजहरूले व्यापार गर्ने निहुँमा लडाइँ गरेर इण्डिया कब्जा गरे । उनीहरूकाे नेपाल पनि कब्जा गर्ने दाउ थियाे । उनीहरू कब्जा गर्ने सही समयकाे खाेजीमा मात्र थिए । नेपाल सरकारले पनि सीमा सुरक्षाकाे लागि अनुभवी, आँटिला र जाेसिला सैनिकहरूलाई खटाउँदै थियाे । त्यसैक्रममा वीर बलभद्रलाई गढवाल खटाइयाे। चारैतिर भिरालाे ठाउँमा चढ्न थप कठिन हुने उद्देश्य लिएर नालापानीमा किल्ला खडा गरिएकाे थियाे । हातहतियारलाई लडाइँकाे लागि तयारी अवस्थामा राखियाे ।नेपालप्रति हेपाहा व्यवहार देखाउँदै युद्ध गर्ने घाेषणा गरेकाे आठ दिनअघि नै पाँच ठाउँ कब्जा गरी बसेका थिए ।
इण्डियालाई लाेभलालच देखाएर हराइयाे भने नेपाललाई किन हराउन सकिदैन भन्ने साेँच लिएर अङ्ग्रेजहरूले नेपालीहरूलाई धन-सम्पति दिने पत्र लेखे तर वीर बलभद्रले पत्र नै नपढीकन च्यातिदिए । अङ्ग्रेजहरूसँग लडाइँ गर्न तयार भए । नेपालीहरू पनि चिच्याउँदै आक्रमण गर्न महिला केटाकटीहरूसमेत ढुङ्गा वर्षाउँदै आए र घुयँत्राे, गुलेलीले प्रहार गर्न थाले । नेपालीहरूकाे अङ्ग्रेजहरूपछि हट्दै गए । दाेस्राे पटक वि.सं. १८७१ कार्तिक १६ गतेकाे युद्धमा पनि पछि हट्न बाध्य भए । तेस्राे पटककाे युद्धमा अङ्ग्रेज फाैजले आफ्नाे सेनापतिलाई गुमाए र गुमाउँदा उनीहरूकाे मनाेबल घट्याे। अङ्ग्रेजहरूले गाैँडा-गाैँडा ढुकेर नालापानीसम्म कुनै उपाय नलाग्ने वातावरण मिलाए र पानीकाे मुहान बन्द गरिदिए । उनीहरूकाे सङ्ख्या घट्याे र भित्रभित्रै लाश कुहिन थाले । ६०० काे सङ्ख्या अब ६०-७० मा पुगेकाे थियाे । साथीहरूकाे कुरा मान्दै वीर बलभद्रले किल्ला परित्याग गरे । नेपालीकाे निडरता देखेर अङ्ग्रेजहरू छक्क परे । पानीढलाेमा गएर ३-४ दिनकाे प्यास मेटिने गरी पानी पिएर आए । उनीहरूकाे अवस्थालाई ध्यान दिँदै बलभद्रले सन्धी गरे । याे सन्धीले गर्दा नेपालकाे एक तिहाइ भाग गुम्याे। त्याे दिनदेखि युद्ध पनि समाप्त भयाे । त्यसपछि याे चिन्तामा वीर बलभद्र लाहाैर गए । उनलाई त्यहाँकाे सेनापति बनाइयाे। उनी अफगानिस्तानकाे यद्धमा वि. सं. १८७१ चैत्र ३ गते स्वर्गे भए ।
परिवेश
त्यहाँकाे परिवेशमा हातहतियार बाेकेका सैनिकहरू रहेका छन् । त्यहाँ धेरै यद्ध भइरहेकाे ठाउँ प्रस्तुत गरिएकाे छ । उकाला ओराला बाटाहरू, छियाछिया परेका किल्लाहरू स्थलगत परिवेशका रूपमा आएका छन् । लडाइ भएकाे दृश्य, मरेका लाशकाे अवस्था यहाँ अवस्थातग परिवेशका रूपमा आएका छन् । झण्डै २०० वर्ष अघिकाे नेपाल र अङ्ग्रेजहरू बिचकाे लडाइँकाे कुरा यहाँ कालगत परिवेशका रूपमा आएकाे छ ।
पात्रहरूः
कथामा असल पात्रहरूका रूपमा चन्द्रवीर कुँवर, अम्बिका देवी, वीर बलभद्र, वीर बलभद्रका दाइ, वीर बलभद्रका साथीहरू, ज्याेतिषी, मालिका देवी थापा, सेना, एउटी महिला, गाँउलेहरू, अमरसिंह थापा, बम शाह, भीमसेन थापा आएका छन् अनि खराब पात्रहरूका रूपमा अङ्ग्रेजहरू, जनरल जिलेस्पी आएका छन् ।
नाम : दिनिशा शिवाकाेटी
कक्षा : पाँच ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : वीर बलभद्र
Liked by: