यावत मल्ल · Feb २, २०२४
छलाङ्ग’ दिलिप ढकालद्वारा लिखित एक औपन्यासिक कृति हो । यो पुस्तक एक काल्पनिक उपन्यास मात्र नभएर नेपाली समाजको प्रतिबिम्ब र देशले समता र समृद्धिको वास्तविक छालङ्ग मारोस् भन्ने चाहनाको अभिव्यक्ति हो । चार जात र छत्तीस वर्णमा वर्गीकृत भएका नेपालीहरूमा संस्कृति र परम्पराको हिसाबले धेरै विविधता छ तर भिन्नतासँग, भेदभाव उत्पन्न हुन्छ ।
