जिया सापकाेटा · Aug ५, २०२२
सुदेश सत्यालको “अन्तरिक्षको धर्ती” नामक कविता सङ्ग्रह एउटा उत्कृष्ट कविता सङ्ग्रह हो । कविले रचेका सुन्दर कविताको समूह मिलेर यो एउटा सुन्दर सङ्ग्रह बन्न पुगेको हो । यसमा कुल मिलाएर ५८ वटा कविताहरू छन् र सबै कविताहरू छन्द भएका छन् अर्थात् यहाँ प्रस्तुत कविताहरू पद्य कविताहरू हुन् । यहाँ भएका कविताहरू शर्दूलाविक्रीडित, भुजङ्गप्रयात, शिखरिणी, पञ्चचामर, अनुष्टुप, इन्दिरा, मालिनी, उपजाति, वसन्ततिलका, पृथ्वी, स्रग्विणी, मन्दाक्रान्ता, तोटक, स्रग्धरा छन्दहरूमा रचिएका छन् जसले ५८ वटा कविताहरू भएको कविता सङ्ग्रहमा १४ वटा छन्द प्रयोग भएको बताउँछ ।