परिचय:
यस किताबको लेखक मञ्जु ज्ञवाली हुन् । सम्पादक विनय कसजु हुन् । भाषा सम्पादक प्रमोद प्रधान हुन् । यस किताबको पहिलो संस्करण २०७६ साल साउनमा भएको थियो भने दोस्रो संस्करण २०८० साल असारमा भएको थियो । यस कथा सङ्ग्रहमा दशवटा कथा रहेका छन् तर म ‘उजेलीको उज्यालो’ भन्ने कथाको कथावस्तु लेख्न गइरहेको छु।उजेलीको आमाले उजेलीलाई बिहे गर, पल्लाघरे कान्छा दाइले बिहेको कुरो लिएर आ’थे भनेर भनिरहेकी थिइन् तर उजेलीलाई बिहे गर्न मन छैन त्यसैले उनले त्यो कुरामा रुचि देखाइनन् । उजेलीको आमा चाहिँ धेरै बिरामी छिन् । त्यसैले उजेलीले भनिन् कि हजुर अहिले बिरामी हुनुहुन्छ । यो घरमा हजुरलाई कसले हेर्छ ? त्यसैले मलाई बिहे गर्नु छैन । उनीहरूको गाउँमा भर्खरै बिजुली आएको थियो तर उजेलीकाे घरमा चाहिँ बिजुली आएको थिएन । उजेलीले मनमनै सोचिन् कि हाम्रो घरमा पनि कहिले बिजुली आउने होला ? रेडियोमा त्यतिखेरै यस्तो विज्ञापन आउँछ कि तिनीहरूको गाउँमा बिजुली जडान गर्ने तालिम दिने रे । पैसा लाग्दैन रे । उनले आमासँग तालिम सिक्न जाने अनुमति माग्छिन् । उनकी आमाले छाेरी मान्छेले यस्तो कुरा सिक्नु हुँदैन भनेर भन्नुहुन्छ । उजेलीले रिसाउँदै भन्छिन् “समाजले के भन्ला भनेर डराउनु हुँदैन ।” उजेली १९ वर्षकी थिइन् ।कक्षा नौमा पढ्दै थिइन् । उनी सानै छँदा उनका बा वीरमान तराईमा बसाइँ सरेका थिए । परिवारलाई तराईमा राखेर आफू लाहुर जान हिँडेका कहाँ गए पत्तै भएन रे ! बालाई खोज्न जान्छु भनेर गएको भाइको पनि अत्तोपत्तो थिएन रे ! उनी जसाेतसाे आमाकाे चित्त बुझाएर तालिममा सहभागी भइन् । उनले तालिममा पुरूष मात्र सहभागी भएकाे देखिन् । कतै महिलाहरुले तालिम लिन र काम गर्न पाउने हो कि होइन भनेर उनलाई चिन्ता लाग्यो । त्यसैले उनले रामनारायणल सरसँग सोधिन् । सरले पाइन्छ भन्नुभयो । अहिले काम गर्ने मान्छे नपाएर इन्डियाबाट मान्छे आएका छ्न् । कहिलेकाहीँ हल्का करेन्टको झट्का लाग्दा पनि उनी अत्तालिएर चिच्याउँथिन् । केटाहरूले उनलाई जिस्काउँथे । एक्टिङ सरले भन्नुभयो “बिजुली सम्बन्धी कामको ठेक्का लिने ठुलो कम्पनीमा बिजुली फिटिङ गर्ने कामको रेखदेख गर्न एकजना सुपरभाइजर चाहिएको छ ।” उजेलीले इन्कार गर्न सकिनन् । सरसँगै उनी ठेकेदार कम्पनीको कार्यालयमा गइन् र नियुक्तिपत्र लिएर आइन् । उनको कोठामा पुरानो रेडियो थियो । उनले रेडियो बजाउन खोजिन् तर रेडियो बजेन आखिरमा उनले ब्याट्री झिकिन् । चारैवटा ब्याट्री गलेर च्यापच्याप भएको रहेछ । उनलाई हाँसो उठ्यो । सबैका घरमा बिजुलीले रेडियो बजाउने मेरै घरमा ब्याट्रीवाल रेडियो छ।
परिवेश:
फेक आइ डी कथा सङ्ग्रहमा सङ्ग्रहित उजेलीको उज्यालो कथामा स्थलगत परिवेशकाे रूपमा उजेलीको घर, तालिम सिक्ने ठाउँ रहेकाे छ । उजेलीलाई आमाले बिहे गर् भन्नु, रेडियोमा विज्ञापन आउनु, उजेली विज्ञापन खुलेकाे ठाउँमा जानु, उनले त्यहाँ रोजगारी पाउनुले अवस्थागत परिवेशलाई बुझाउँछ । यस कथामा दुईदेखि तीन दिनको समय कालगत परिवेशकाे रूपमा आएकाे छ ।
असल पात्र:
असल पात्र उजेली हो किनभने उनले नयाँ कुरा सिक्ने इच्छा गरिन् ।
खराब पात्र:
खराब पात्र तालिम सिक्न आउने केटाहरू हुन् किनभने तिनीहरूले उजेलीलाई जिस्काउँथे ।
निष्कर्ष तथा सुझाव:
निष्कर्षमा फेक आइ डी कथासङ्ग्रहमा किशोरकिशाेरीहरूले पढ्ने धेरै राम्रा राम्रा कथाहरू छन् । म यो किताब अरूहरुलाई पढ भनेर सुझाव दिन चाहन्छु किनभने यो किताबमा भएका कथाहरूले धेरै नै ज्ञान दिन्छन् ।
बिसप चालिसे
कक्षा ८
डियरवाक सिफल स्कुल
Liked by: