
यस किताबको लेखक मञ्जु ज्ञवाली हुन् । सम्पादक विनय कसजु हुन् । भाषा सम्पादक प्रमोद प्रधान हुन् । यस किताबको पहिलो संस्करण २०७६ साल साउनमा भएको थियो भने दोस्रो संस्करण २०८० साल असारमा भएको थियो । यस कथा सङ्ग्रहमा दशवटा कथा रहेका छन् तर म ‘उजेलीको उज्यालो’ भन्ने कथाको कथावस्तु लेख्न गइरहेको छु।उजेलीको आमाले उजेलीलाई बिहे गर, पल्लाघरे कान्छा दाइले बिहेको कुरो लिएर आ’थे भनेर भनिरहेकी थिइन् तर उजेलीलाई बिहे गर्न मन छैन त्यसैले उनले त्यो कुरामा रुचि देखाइनन् ।
