विषयप्रवेश :
मन्जु ज्ञवालीद्वारा लिखित ‘फेक आइडी’ भन्ने किताब एक किशोर कथा सङ्ग्रह हो। यसलाईभुँडीपुरण प्रकाशनले प्रकाशन गरेको हो । किताबमा १० ओटा छुट्टाछुट्टै कथाहरू रहेका छन् । यसमा १२० पृष्ठ छन् । यो किताबबाट मलाई फेक आइडी भन्ने कथा सबैभन्दा धेरै मन पर्याे । यो कथा १२ पानामा संरचित छ। कथा साइबर अपराधको बारेमा लेखिएकाे छ ।
कथावस्तु :
कविताले एसइईको परीक्षामा ए प्लस ल्याइन् । उनको खुसीको सीमा थिएन । उनी भन्दा खुसी उसका आमा बुबा थिए । पढेर ठुलो मान्छे बनी बा आमाको दु:ख कम गर्ने सपना थियो उसकाे । उनलाई सहरमा पढ्ने इच्छा जागेको थियो तर उच्च शिक्षा गराउने उसको बाको हैसियत थिएन । एक दिन खेत मालिक पहाडबाट आए । उनले कवितालाई सहर लग्ने प्रसङ्ग निकाले । कविताले सहमति दिइन्। सहर जाने तयारी गर्न थालिन् । आमाले उसलाई चाहिने सबै कुरा राखिदिनुभयो। आफ्ना बा, आमा र भाइ छोडेर जाँदा उनी दु:खी थिइन् । काठमाडौँमा मालिकको घर उसलाई नौलो लग्यो । मालिक्नीले उनलाई पुरै घर देखाइन् । त्यहाँ एउटी शर्मिला भन्ने केटी पनि थिइन् । कविता उनीसँगै सुत्दथिन् । अर्को दिन उनको स्कुलमा भर्ना भयो । केही दिनपछि उनी शर्मिलासँग घुलमिल हुन थालिन् । शर्मिला कहिले आफ्नो बोय फ्रेन्डको कुरा गर्थिन् त कहिले घरको । उनलाई शर्मिला आफ्नै दिदी जस्तो लाग्थ्यो । हेर्दाहेर्दै उनले एघारको परीक्षामा पनि राम्रो अङ्क ल्याइन् । शर्मिलाको व्यवहारमा परिवर्तन आएको थियो । उनको हाउभाउ, लुगा लाउने तरिका सबै कुरामा फरक थियो । कविताले शर्मिलाको पुरानो फोन पाएकी थिइन् । उनले फेसबुक, स्नाप्च्याटमा अकाउन्ट खोलेकी थिइन् । एकरात शर्मिलाले उनलाई अश्लिल तस्बिरहरू पठाइन् । नराम्रा म्यासेजहरू पठाइन् । कवितालाई शर्मिलादेखि घिन लग्यो । अर्काे बिहान कविता स्कुल गइन् । सबैले उनकाे मजाक उडाए । कसैले उनको फेक आइडी बनाएर नराम्रा तस्बिरहरू हालेको रहेछ । उसलाई डर लग्यो । त्यसपछि मिसले सबैलाई साइबर अपराधको बारेमा सम्झाउनुभाे । उनीहरूले पुलिसमा खबर गरे । त्यसपछि एक बिहान पुलिस आए र शर्मिलालाई लिएर गए । त्यसपछि उनी बेपत्ता भइन् ।
परिवेश :
फेक आइडी भन्ने कथामा कविताको गाउँ, खेत, कविताको घर, काठमाडौँ, मालिकको घर, भान्छा, कविता सुत्ने कोठा, स्कुल, पसल, कक्षा, पुलिस थाना लगायतका ठाउँहरू स्थलगत परिवेशका रुपमा आएका छन् । कविताले एसइईको परीक्षामा पास भएपछि मालिकसँग काठमाडौँमा मालिकको घर जान्छिन् । त्यहाँ एउटी शर्मिला भन्ने केटी थिइन् । उनीहरू साथीजस्ता भए । उनकाे पढाइ पनि सुरू भयाे । सँगै काम पनि थर्न थाले । एकरात शर्मिलाले उसलाई अश्लिल तस्बिरहरू पठाइन् । कवितालाई शर्मिलादेखि घिन लाग्यो। अर्काे बिहान कविता स्कुल गइन्। सबैले उनको मजाक उडाए । कसैले उसको फेक आइडी बनाएर नराम्रा तस्बिरहरू हालेको रहेछ । त्यसपछि मिसले सबैलाई साइबर अपराधको बारेमा सम्झाइन र उनीहरूले पुलिसमा खबर ग रे। त्यसपछि एक बिहान पुलिस आए र शर्मिलालाई लिएर गए । उनी बेपत्ता भइन् । उल्लिखित कुराहरू अवास्थागत परिवेशका रुपमा आएका छन्। यी सबै घटना घट्न काम्तिमा एक डेड वर्ष लागेको हो भन्ने अनुमान लगाउन सकिन्छ ।
पात्र :
कथा प्रमुख पात्र कविता हुन् । उनलाई सहरमा पढ्ने धेरै रहर हुन्छ। कसैले उनको फेक आइडी बनाएर अस्लिल तस्बिरहरू राखिदिएको हुन्छ । सहायक पात्र बा, आमा, मालिक, मालिक्नी, शर्मिला, कबिताका साथीहरू, मिस आदि हुन्। यसका गौण पात्र भाइ, मालिकका छोराछोरी, शर्मिलाको बोय्फ्रेंद, पुलिस आदि हुन् ।
निष्कर्ष र सिफारिस :
यो पुस्तक पढ्नको लागि एक राम्रो पुस्तक हो । यसले वास्तवमै राम्रो कथावस्तु देखाउँछ र हामीलाई किशोर अवस्थाको बारेमा जानकारी दिन्छ । यस उपन्यासका पात्रहरू र परिवेश रमाइला थिए । यस किताबमा केही मन नपरेका कुराहरू भनेको पुस्तकको आखिरमा एक्कासी सबै कुरा बताइएको थियो । यो किताबमा अलिकति चित्र हरू राखिदिएको भए झन् आकर्षक देखिन्थ्यो । यस पुस्तकमा प्रयोग गरिएका शब्दहरू बुझ्न सजिलो थियो र यो किताब को लेखन पनि सरल छ । पात्रहरूको भूमिका र संयाेजन पनि राम्रो छ । अन्तिममा यो पुस्तक धेरै राम्रो र जानकारी दिने छ । म यो पुस्तक १०-१३ वर्षका विद्यार्थीलाई सिफारिस गर्छु किनभने यो किशोर कथा सङ्ग्रह हो र यस उमेरकालाई यो किताब बुझ्न सजिलो हुन्छ ।
Liked by: