गुइँठे र गुलेली | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

गुइँठे र गुलेली




   एरोन सिंह - Feb 18 2024

परिचयः
गुइँठे र गुलेली बालकथा सङ्ग्रह शाश्वत पराजुलीले लेख्नुभएको हो। यो बालकथा सङ्ग्रह मेला बुक्सले प्रकाशन गरेको हो । यसमा भएका कथाकाे कला उत्तम नेपालकाे हाे । यो बालकथा सङ्ग्रह ज्ञानवर्धक र रमाइलो छ। यी चार कथाले हामीलाई केही न केही सिकाएको छ । यस बालकथा सङ्ग्रहमा बत्तीस पृष्ठ रहेका छन् । यस बालकथा सङ्ग्रहमा नानीशोभा नर्सरी, बिनु र रणमत्त महाचील, माटोसँग मिलेर, गुँइठे र गुलेली नाम गरेका विभिन्न चाखलाग्दा कथाहरू छन्।

कथावस्तुः
नानीशोभा नर्सरी कथा मचाकाजी र तोयनाथको बारेमा हो । नानीशोभा नर्सरीमा एकअर्काको रिस नगरी आआफ्नो व्यवसाय गरेर एकले अर्कालाई सहयोग गर्दै अगाडि बढ्नुपर्छ भनेर सिकाएको छ। यो कथाले हामीलाई एकअर्कासँग मित्रता गरेर मात्र सफल भइन्छ भन्ने सन्देश दिन्छ। त्यसैगरी बिनु र रणमत्त महाचील चराहरू बारेकाे कथा हो। बिनु र रणमत्त महाचिलले हामीले सबै प्रकृति र प्रकृतिमा बस्ने जीवजन्तुको संरक्षण गर्नुपर्छ भन्ने सिकाएकाे छ । माटोसँग मिलेर कथा रमाइलो र रोचक छ। यसका पात्र गँड्याैला, गाजर, बन्दा, फर्सी र मुला हुन्। माटोसँग मिलेर कथाले हामीलाई माटोको संरक्षण गर्नुपर्छ । माटाेमा रासायनिक मलकाे प्रयाेग नगरी बाली र बिरुवा राेप्नुपर्छ । जसले गर्दा हामी स्वस्थकर हुन्छाैँ भन्ने सिकाएकाे छ । यो किताबमा मलाई सबैभन्दा मन पर्ने कथा गुँइठे र गुलेली हो । यसमा एक दिन गुइँठे नाम गरेकाे केटाले एउटा गुलेलीेले चरालाई हान्न खोज्छ तर मट्याङ्ग्रा सीसामा लागेर फुट्छ । उसले फुटेका सिसा बटुल्न खोज्छ । त्यतिकैमा सिसा फुटेकाे घरबाट एकजना मानिस आउँछ र उसले सीसा बटुलेको काम राम्राे हाे भन्छ । यो कथाले नराम्रो काम गर्नहुँदैन । हामीले आफ्नाे अध्ययन र अनुशासनमा ध्यान दिनुपर्छ । अरुलाई दुःख दिनुहुँदैन भन्ने कुरा सिकाएकाे छ ।

निष्कर्षः
यी विभिन्न कथाहरूले हामीलाई जीवनाेपयोगी शिक्षा दिएको छ। यो कथामा यी चारवटा रमाइला र रोचक कथाहरू छन्। त्यसैले मैले सानासाना बालबालिकाहरूलाई यो कथा सिफारिस गर्छु ।

नाम : एरोन सिंह
कक्षा : चार ‘हिमालचुली’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : गुइँठे र गुलेली



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.