Kale Bhalu | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

काले भालु




   उज्ज्वल ढकाल - Mar 01 2024

परिचय :
‘काले भालु’ कथा गीतेश प्याकुरेलले लेख्नुभएको हो । यस कथामा चित्र भर्ने काम सन्दीप कडेँलबाट भएको हो । यो कथा कथालय इन्क, काठमाडौँबाट प्रकाशन भएको हो ।

कथावस्तु :

चितवन जिल्लाको पटिहानी जङ्गलमा एक जोडी भालु दम्पती थिए । उनीहरूको एउटा काले भालु नाम गरेको छोरो थियो । ऊ धेरै चकचके स्वभावको थियो । आमा बुबाले उसलाई घरबाट निकाल्ने धम्की दिनुभयो । ऊ घर छोडेर गयो ।ऊ सौराहा पुग्यो । पर्यटकहरूले हात्तीको बच्चाको फोटो खिचेकाे देख्दा भालु छक्क पर्‍याे । एक जना नेचरलिस्टले दुरबिन लगाएर चारैतिर अवलोकन गर्न थाल्यो । अवलोकन गर्दा भालुलाई देख्यो । नेचरलिस्टले पर्यटकहरूलाई बोलाएर पुराण सुनाउन थाल्यो । पर्यटकहरू काले भालुको फोटो खिचिरहेका थिए । नेचरलिस्टले काले भालुको बारेमा बताइरहेको थियो । नेचरलिस्टको कुरा सुनेर काले भालु डरायो । ऊ डराएर धेरै टाढा पुग्यो । उसले आफ्ना बा आमालाई सम्झियो । अब उसले आफूले गरेको गल्तीप्रति पश्चाताप गर्‍याे । भालु धेरै भोकाएको थियो । भालुले खानेकुरा खोज्न धेरै प्रयास गर्‍याे । भालुले अरिङ्गालको चाका देख्यो र लार्भा खायो । मेहनतको फल मिठो हुन्छ भन्ने काले भालुले बुझ्यो । काले भालु लार्भाको स्वादमा मग्न थियो । ऊ लड्यो । ऊ बिस्तारै हिँड्दै खेतमा पुग्यो र आलु खान थाल्यो । त्यहीँ बेला किसानहरू आएर भालुलाई चुट्नु चुटे । ऊ रुँदै छटपटिन थाल्यो । चेपाङ मामा आएर उसलाई रूखमा डोरीले बाँधिदिए । चेपाङ मामा र काले भालु माइक्रो चढेर रत्नपार्क आइपुगे । रत्नपार्कमा बाजासहित भालुको नाँच प्रदर्शन हुने भयो । सबै उत्सुकतापूर्वक भालुको नाँच हेर्न थाले । चेपाङ मामा र काले भालु धनी भए । उनीहरूले मिठा मिठा खानेकुरा खाए र बैँकमा खाता खोलेर पैसा पनि जम्मा गरे । जनावरहरूलाई पाल्नु कानुनी अपराध हो भनेर मामाले भालुलाई सदर चिडियाखानामा छाडेर गाउँ गए । मामा तीन महिनापछि आए र उसले चिडियाखानाका सबै कुरा बतायो । यो भालु अहिले पनि सदर चिडियाखानामा छ ।

पात्रहरू :

यस कथाका मुख्य पात्रहरू काले भालु र चेपाङ मामा हुन् । सहायक पात्रहरूमा काले भालुका आमाबा, नेचरलिस्ट, पर्यटकहरू, आदि हुन् ।

परिवेश :

यो कथामा जङ्गल, खेत, खोला, सदर चिडियाखाना आदिको परिवेश समेटिएको छ।

निष्कर्ष :

यो कथा पढ्दा मलाई रमाइलो लाग्यो । यो कथामा हामीले आफूभन्दा ठुलाले भनेको कुरा मान्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । म मेरा सबै साथीहरूलाई यो पुस्तक पढ्न अनुरोध गर्दछु ।

नाम : उज्ज्वल ढकाल
कक्षा : ३ ‘धवलागिरि’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : काले भालु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.