पुस्तक समीक्षाः खुशीकाे बिहानी | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पुस्तक समीक्षाः खुशीकाे बिहानी




   सुभी लामिछाने - Aug 05 2022

परिचय
‘खुशीकाे बिहानी’ भन्ने कृति एउटा बाल उपन्यास हो । यो उपन्यासका लेखक सजनी नौवागे हुन् । उपन्यासमा भएका चित्रहरू सुनिता रोक्काले बनाउनु भएको हो । यो उपन्यासको सम्पादन डा.रामप्रसाद ज्ञवालीले गर्नु भएको हो । उपन्यासको प्रकाशन कथालय इन्क, काठमाडौं, नेपालले गरेको हो ।

कथावस्तु
रातकाे समयमा बाहिर कुकुर कराइरहेका हुन्छन् । बुबाले हजुरआमालाई आमा ढोका खोल्नुस् न भन्छन् । हजुरआमाले ढोका खोल्नुहुन्छ । हजुरआमाले भन्नु हुन्छ बुहारीलाई गाह्राे भएजस्तो छ । जाऊ, माइलादाइलाई बोलाएर आऊ भनेर हजुआमाले बुबालाई भन्नुहुन्छ । हजुरआमाले सुशीलालाई बोलाउछिन् सुशीला आँखा माड्दै आउँछे यो देखेर हजुरआमा रिसाउनुहुन्छ र सुशीलालाई कराउनु हुन्छ । सुशीला त्याे घरमा काम गर्ने केटी हुन्छिन् । हजुरआमाले सुशीलालाई दुध तताएर लिएर आऊ भनेर भन्नुहुन्छ । बुबा पनि माइलादाइलाई लिएर आउनुहुन्छ । समिता र अमिता आमाकाे पीडामा देखेर रुन थाल्छन् । माइला दाइले यिनलाई अस्पताल लिएर जानुपर्छ भनेर भन्नु हुन्छ र सबैजना अस्पताल जान्छन् । केही दिनपछि समिता र अमिताकी आमा आइरहनुभएको थियो । आमा खुसी हुनुहुन्थ्यो । हजुरआमा शारदाकी आमासँग बोलिरहनुभएको थियो र एकछिन बोलेपछि हजुरआमा माथि गएर श्यामेलाई बोलाउनुहुन्छ । श्यामे पनि त्यहाँ काम गर्थ्याे । श्यामेलाई हजुरआमाले बजार गएर सामान ल्याउन लगाउनुहुन्छ । श्यामेले के सामानहरू भनेर सोध्छ । हजुरआमाले एकछिनमा भनौला पहिला सुशीलालाई बोला भनेर भन्नु हुन्छ । श्यामे तल गएर र भन्छ आज बजैलाई के भएछ । सुशीलाले भन्छे किन श्यामेले भन्छ आज मलाई गाली नै गर्नुभएको छैन । सुशीलाले भन्छे तँलाई थाहा छैन उनको नाति जन्म्यो रे ! श्यामेले त्यसो भए आज मेरो खाना नपच्ने भयो । सुशीलाले सोध्छे किन बजैको गाली मेरो हजमोला जस्तै थियो । यो सुनेर सुशीला हाँस्छे । हजुरआमाले माथिबाट कराउनु हुन्छ । उता समिता र अमिता स्कुल जान तयार भइरहेका थिए । समिताले भन्छे आज आमा आउने रे समिताले अरु केही भन्न आटेकी थिई अमिता कुदेर आज आमा आउने रे भनेर चिच्याइरहेकी थिई । कुदिरहेकी पनि थिई त्यहि बेला ऊ श्यामेसँग ठोकिन्छे । श्यामे रिसाउँछ र भन्छ आज भाइ आउने भएर खुसी भएकी कि क्या हो । भाइ आउने रे भनेर ऊ फेरि कुदेर समिताकाेमा जान्छे आज भाइ आउने रे । अँ त्यही त भन्न आटेकी थिएँ । तिमी भागिहाल्यौ र उनी स्कुल जान्छन् । स्कुल पुग्दासम्म अमिताले समितालाई सोधि राख्छे । स्कुल पुगेपछि राधा मिसले रोल नं. सात भनेर बोलाउँछिन् र अमिताले सुन्दिनन् र पारुलले भन्दा मात्र सुन्छिन् । राधा मिसले अमितालाई गाली गर्नु हुन्छ । घन्टी लाग्छ र सबै जना खाना खान जान्छन् । अमिता र समिताले खाजा खान्छन् । कुनै कक्षापछि फेरि घन्टी लाग्छ र सबै जना घर जान्छन् । अमितालाई स्कुलमा रमाइलो लाग्दैन र घरमा पुगेपछि अमिता र समिता दुबै आमाको कोठामा जान्छन् । अमिताले आमाको पेट छोइ रहेकी थिई । हजुरआमा आमाको कोठाभित्र आउनुहुन्छ र समिता र अमितालाई मलाई नभनीकन तिमीहरूलाई कसले यहाँ आउनुभन्यो आजदेखि तिमीहरू मेरो कोठामा सुत्छौ भन्नुहुन्छ । हजुरआमाले सुशीलालाई सुनपानी लिएर आउन भन्नुहुन्छ र सुनपानी ल्याएपछि हजुरआमाले समिता र अमितामा छड्किनुहुन्छ र जाओ भन्नुहुन्छ । अमिताले भन्छे मलाई त्यो बच्चा मन परेन । समय बित्दै जान्छ बच्चाको न्वारन हुन्छ र सुशीला हजुरआमाको किचकिच सहन नसकेर काम छोड्छे । समय बित्दै गयो । कुलदीप रोयो कि अरुले गाली खान्थे । एकदिन समिता कुलदीपसँग केही गरिरहेकी थिई । अमिताले कुलदीपको गाला चिमोट्छे । कुलदीप रुन्छ र समिताले गाली खान्छे । त्यो राती हजुरआमा र समिता र अमिताका बुबा र आमा बोलिरहेका थिए । हजुरआमाले अब सुशीलाले पनि काम छोडिसकी अनि बुहारीलाई काम गर्न जानुपर्छ त्यसैले अब समिताले कुलदीपको हेरचाह गर्छे । आमाले भन्नुहुन्छ तर ऊ स्कुल जानु पर्दैन ? हजुरआमाले गर्दा अब समिताको स्कुल जाने काम राेकिन्छ । यो विषयमा उनीहरू कुरा गरि रहन्छन् र एकछिनपछि सुत्न जानु हुन्छ । आमा रुदै हुनुहुन्थ्यो । अर्को दिन समिताले कुलदीपलाई लिटो खुवाइरहेकी थिइन् । अमिताले यो हिस्सि परेको बच्चालाई छोड्दिनुहोस् स्कुल जान तयार हुनुहाेस् । हजुरआमाले भन्नुहुन्छ अब समिता स्कुल जादिन भाइलाई हेरेर बस्छे । अमिताले ठूलो स्वरमा भन्छे के रे उसको बुबाले सुन्नुहुन्छ र भन्नुहुन्छ आफूभन्दा ठूलोसँग त्यसरी कुरा गर्नुहुन्छ र अमितालाई एक झापड हान्नुहुन्छ र उसलाई तानेर स्कुल लग्नुहुन्छ । समिता रुँदै आमाकाेमा जान्छे र भन्छे आमा म अब स्कुल नजाने अरे । समिता र अमिताको स्कुलमा समिताले स्कुल जान नपाएको भनेर कुरा बढ्दै जान्छ र समितालाई स्कुल जान दिनुपर्छ भनेर फैलिन्छ । अमिताको छुटि थियो । हजुरआमाले समितालाई कुलदीपको लुगा धोइदे भनेर मन्दिर जानु भएको थियो । समिताले लुगा धोएर सुकाउन गइरहेकी थिई र अमितालाई कुलदीपलाई हेर्दै गर है भनेर गएकी थिइ । अमिताले कुलदीपमाथि चिसो पानी घोप्ट्याइदिन्छे । कुलदीप रुन्छ । समिताले सुन्छे र अमिताले घोप्ट्याइरहेको देख्छे र अमितालाई झापड हान्छे र कुलदीपलाई न्यानो लुगा लगाइ दिन्छे । अमिता माथि छतमा गएर रीस पोख्छे र छाना बज्छ । अमिताले त्यहिबेला हजुरआमा परबाट आइ रहनुभएको देख्छे र तल झर्छे । हजुरआमा मन्दिरबाट ल्याउनु भएको प्रसादी समिता अमितालाई दिनुहुन्छ र कुलदीपलाई बोक्नुहुन्छ । केहि दिन पछि गाईले बाच्चालाई जन्म दिइरहेको हुन्छ बाच्चा बाच्छो थियो । हजुरआमाले भन्नुहुन्छ बाच्छो पो पाएछ । बाच्छी पाउँछ होला भनेको बाच्छो पो पाएछ । बाच्छी भएको भए कुलदीपको लागि दुध हुन्थ्यो । टाढा बसेर हेरीरहेकी समिताले सोच्छे गाइको बाच्छी हुदाँ चाही नराम्रो किन । केही दिनपछि समिता र अमिताका बा आमा र कुलदीप मन्दिर गएका थिए । समिता भाडा माज्दै थिई । अमिता खेल्दै थिइ र हजुरआमा माथि छतमा सुतिरहनु भएको थियो । हेर्दा हेर्दै भुईं हल्लीन थाल्यो अमिता कुद्छे तर समिता हजुरआमालाई लिन जान्छे । हजुरआमालाई तानेर समिता तल लग्छे । हजुरआमाको खुट्टामा काठ झर्‍याे । भुइँचालो रोकेपछि छिमेकीहरू आएर हजुरआमालाई अस्पताल लग्छन् । त्यसपछि मात्र समिताले आफ्नो हातमा हेर्छे त्यहाँ रगतै रगत हुन्छ र समिता बेहोस हुन्छे र उसलाई पनि अस्पताल लग्छन् । त्यहाँ त्रास मात्र थियो केवल त्रास । सबैजना चउरमा बसेका थिए । त्यहाँ मान्छेहरू पालको मुनी बसीरहेका थिए र कुनै कुनै भुइँचालो आउँदा म के गरिरहेको थिए भनेर अरुलाई भनिरहेका थिए । श्यामेले पनि बच्चाहरूलाई एक ठाउँमा राखेर सुनाइरहेको थियो । म मन्दिरमा थिएँ त्यहाँ एउटा बोतल थियो भुँइचालो आउँदा बोतलको पानी त निस्किरहेको थियो तर बोतल हल्लिएको थिएन । त्यसै बिचमा अमिताले प्वाक्क भन्छे अनि के भयो दाइ श्यामेले भन्छ, भनिराको छु त बिचमा प्वाक्क नबोल । अनि श्यामेको गफ चलिरहन्छ । अर्को दिन समिता रअमिताका बा र आमा हजुरआमा र समितालाई हेर्न अस्पताल जान्छन् । समितालाई अझै ठिक भएको थिएन आमाले भन्नुहुन्छ आज घरमा चामल र गुन्द्रुक लिन जानुपर्छ र उनीहरू गइरहेका थिए कि अमिताले उनलाई देख्छे र सोध्छे आमा तपाईँ कहाँ गइरहनु भएको ? आमाले घर गइरहेको भन्छिन् । अमिताले म पनि जान्छु भनेर जिद्दी गर्छे । अन्त्यमा आमाले अमितालाई पनि लग्छिन् । आमाले अमितालाई भाइलाई हेर भनेर भान्छा कोठामा जा र गुन्द्रुक लिन जानुहुन्छ । फेरि भुँइचालो आउँछ र घर भत्किन्छ । कुलदीप र अमिता कही पनि हुँदैनन् । आमा रुन्छिन् र पछाडिबाट कसैले आमा भन्छ । ऊ अमिता थिई । उनले कुलदीपलाई बोकेकी हुन्छिन् । उनीहरू सबै समिता र हजुरआमालाई भेट्न जान्छन् । समिता सुतिरहेकी हुन्छे । बुबाले उठाउन जाँदा हजुरआमाले सुत्ने बिचरीलाई तर समिता उठ्छे र अमिताले भाइलाई बचाएकी भनेर सुन्छे र ऊ छक्क पर्छे र साध्छे अमिता तिमीले किन भाइलाई बचाएकी अमिताले भन्छे हजुरआमाले दिदी तपाईलाई माया गर्नुभयो भने म पनि भाइलाई माया गरिहाल्छु नि । समिताले मेरी बहिनी कति बुझ्ने भइसकेकी भन्छे । धेरै दिन बित्छ । समिता ठिक हुन्छे र उनीहरू घर भएको ठाउँमा जान्छन् अनि हजुरआमाले भन्नुहुन्छ घर भत्के केही पनि छैन फेरि बनिहाल्छ । तिमीहरू ठिक छौ त्यही ठुलो कुरा हो । समय बित्दै जान्छ हजुरआमाको स्वभाव परिवर्तन हुँदै जान्छ । हजुरआमाले समितालाई माया गर्न थाल्नुहुन्छ र अमिताले कुलदीपलाई माया गर्न थाल्छे । समिता स्कुल जान थाल्छे र सुशीला फेरि काम गर्न आउँछे ।

परिवेश

उपन्यासमा समिता र अमिताको घर, घरका कोठाहरू, समिता र अमिताको स्कुल, स्कुल जाने बाटो, स्कुलका कोठाहरू, अस्पताल, मन्दिर, चउरलगायतका ठाउँहरू स्थलगत परिवेशहरूका रूपमा आएका छन् । उपन्यासमा भुँइचालो गएको हुन्छ र समितालाई हजुरआमाले जति कराए पनि हजुरआमालाई बचाएको अवस्थागत परिवेश छ । यो उपन्यास भुँइचालो गएको साल २०७२ मा लेखिएको छ ।

पात्रहरूः

यो उपन्यासका पात्रहरू समिता, अमिता, समिता र अमिताका बुबा र आमा, हजुरआमा, सुशीला, माइला दाइ, छिमेकीहरू, शारदाकी आमा, श्यामे, पारुल, राधा मिस, कुलदीप, गाई, बाच्छो, चराहरू, कुकुर, शारदा आदि हुन् ।

असल पात्र
यो उपन्यासमा मलाई समिता असल पात्र लागिन् किनभने उनले हजुरआमाले जे भने पनि शान्त बसिरहिन् र उनले भुँइचालोमा पनि हजुरआमालाई बचाइन् ।

खराब पात्र
यो उपन्यासमा मैले खासै कुनै खराब पात्र भेटाइन ।

प्रमुख पात्र
यो उपन्यासको प्रमुख पात्रहरू हजुरआमा, कुलदीप समिता र अमिता हुन् ।

सहायक पात्र

यो उपन्यासमा सहायक पात्रहरू समिता र अमिताका बा आमा, पारुल, राधा मिस, सुशीला, शारदाकी आमा, श्यामे, माइलादाइ, छिमेकी हुन् ।

मानवीय पात्र
यो उपन्यासमा मान्नवीय पात्रहरू समिता, अमिता, समिता र अमिताका बा आमा, हजुरआमा, माइलादाई, छिमेकीहरू सुशीला, शारदाकी आमा, पारुल, श्यामे, कुलदीप, राधा मिस आदि हुन् ।

मानवेतार पात्र
यो उपन्यासमा मानवेतार पात्रहरू गाई, बाच्छो, कुकुर, चराचुरुङ्गी आदि हुन् ।

सिफरिस
उपन्यासकाे भाषा सरल र सहजै बुझ्न सकिने खालकाे छ । पाठहरूमा श्यामश्वाेत चित्रहरू पनि राखिएका छन् , चित्रहरू चाहिँ रङ्गीन भइदिएकाे भए अझ राम्राे हुन्थ्याे भन्ने मेराे बुझाइ हाे । उपन्यासमा हामीले सबैको मद्दत गर्नुपर्छ । मान्छेहरू बद्लिन सक्छन् अरूजस्तै व्यवहार गरेमा उसमा र आफूमा के नै फरक भयाे र ! मान्छेलाई सुध्रिने माैका दिनुपर्छ भन्ने कुरा उपन्यासमा छ त्यसैले पनि म यो उपन्यास सबैलाई एकचोटि मात्र भए पनि पढ्न सिफरिस गर्छु ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.