आशुतोष काफ्ले · Nov २२, २०२४
‘रमाइला दिन’ एउटा कथा सङ्ग्रह हो । यो किताबका लेखक रञ्जुश्री पराजुली हुनुहुन्छ । यो किताब बाल संसार प्रा. लि काठमाडौँले बजारमा ल्याएको हो । यो किताबमा पाँचवटा कथाहरू रहेका छन् । जसमा कृष्णाष्टमीकाे दिन, रमाइलाे इन्द्रजात्रा, तिहारकाे रमझम, श्रीपञ्चमीकाे राैनक र रङैरङकाे हाेली कथाहरू छन् । याे कथा सङ्ग्रहमा १८ पाना रहेका छन् । सबै कथाहरू चाडपर्वसँग सम्बन्धित छन् ।
